०५ मंसिर २०८२, बिहिबार
20-11-2025 , Thu
Gold Silver Price (4 Mansir 2082, Thurs)
Fine Gold 1 Tola NRs. 243500
Silver 1 Tola Nrs. 3200

दुईतिहाइ बहुमतद्वारा मधेशका सभामुख मण्डल पदमुक्त

Logo
जनचर्चा संवाददाता प्रकाशित बिहिबार, मंसिर ०५, २०८२

काठमाडौं,४ मंसिर । मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् । मण्डलले पदअनुकूल आचरण नगरेको प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेसँगै उनी पदमुक्त भएका हुन् । मधेश प्रदेशसभाको बैठकमा प्रस्तावउपर छलफल भई मत विभाजन प्रक्रियामार्फत दुई तिहाइ बहुमतले उनलाई पदमुक्त गरेको हो ।

प्रस्तावको पक्षमा ७६ सांसदले मतदान गरेका थिए । प्रदेशसभाकी उपसभामुख बबिता कुमारी राउत ईशरले सभामुख मण्डल पदमुक्त भएको घोषणा गरेकी हुन् । आजको प्रदेशसभा बैठकमा कूल ७८ सांसदको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,४ मंसिर । जेनजी आन्दोलनपछि फागुन २१ गतेका लागि तोकिएको चुनावी प्रयोजनका लागि निर्वाचन आयोगमा ३६ वटा दल दर्ता हुने भएका छन्। आयोगले कात्तिक मसान्तसम्मको अवधि दिएर दल दर्ताका लागि समय दिएको थियो। दर्ता अवधिमा आयोगमा ३६ वटा दलले दर्ताका लागि निवेदन दिएका छन्। जसमा सातवटा दर्ता भएर प्रमाणपत्र प्राप्त गरेका छन् भने २९ वटा दलले दर्ताका […]

काठमाडौं,४ मंसिर । मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् । मण्डलले पदअनुकूल आचरण नगरेको प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेसँगै उनी पदमुक्त भएका हुन् । मधेश प्रदेशसभाको बैठकमा प्रस्तावउपर छलफल भई मत विभाजन प्रक्रियामार्फत दुई तिहाइ बहुमतले उनलाई पदमुक्त गरेको हो । प्रस्तावको पक्षमा ७६ सांसदले मतदान गरेका थिए । प्रदेशसभाकी उपसभामुख बबिता कुमारी […]

काठमाडौं, २ मंसिर – प्रहरीले दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले सोमबार मध्यरातमा भक्तपुरस्थित उनको आवासबाट प्रसाईंलाई नियन्त्रणमा लिएको हो। हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति दिएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ। राजावादी गतिविधिमा सक्रिय प्रसाईं यसअघि पनि प्रहरीको […]