११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

सात नयाँ दल दर्ता, २९ वटा प्रक्रियामा

Logo
जनचर्चा संवाददाता

काठमाडौं,४ मंसिर । जेनजी आन्दोलनपछि फागुन २१ गतेका लागि तोकिएको चुनावी प्रयोजनका लागि निर्वाचन आयोगमा ३६ वटा दल दर्ता हुने भएका छन्।

आयोगले कात्तिक मसान्तसम्मको अवधि दिएर दल दर्ताका लागि समय दिएको थियो।

दर्ता अवधिमा आयोगमा ३६ वटा दलले दर्ताका लागि निवेदन दिएका छन्। जसमा सातवटा दर्ता भएर प्रमाणपत्र प्राप्त गरेका छन् भने २९ वटा दलले दर्ताका लागि निवेदन दिएका छन्।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार २९ वटा दलले ढिलो गरी आवेदन दिएकाले उनीहरुको पेश गरेको कागजातको अध्ययन भइरहेको छ।

हालसम्म आयोगले श्रम संस्कृति पार्टी, गतिशिल लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, राष्ट्रिय परिवर्तन पार्टी, राष्ट्रिय जनमत पार्टी, कम्युनिष्ट पार्टी नेपाल, राष्ट्रि निर्माण पार्टी दर्ता भएका छन्।

आयोगका अनुसार कात्तिक २ गतेसम्म १२४ वटा दल दर्ता भएका थिए। जसमा माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका पाँचवटा दल एकीकृत भएर नेपाली कम्युनिष्ट पार्टी दर्ता भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]