०१ माघ २०८२, बुधबार
14-01-2026 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

सात नयाँ दल दर्ता, २९ वटा प्रक्रियामा

Logo
जनचर्चा संवाददाता प्रकाशित बिहिबार, मंसिर ०५, २०८२

काठमाडौं,४ मंसिर । जेनजी आन्दोलनपछि फागुन २१ गतेका लागि तोकिएको चुनावी प्रयोजनका लागि निर्वाचन आयोगमा ३६ वटा दल दर्ता हुने भएका छन्।

आयोगले कात्तिक मसान्तसम्मको अवधि दिएर दल दर्ताका लागि समय दिएको थियो।

दर्ता अवधिमा आयोगमा ३६ वटा दलले दर्ताका लागि निवेदन दिएका छन्। जसमा सातवटा दर्ता भएर प्रमाणपत्र प्राप्त गरेका छन् भने २९ वटा दलले दर्ताका लागि निवेदन दिएका छन्।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार २९ वटा दलले ढिलो गरी आवेदन दिएकाले उनीहरुको पेश गरेको कागजातको अध्ययन भइरहेको छ।

हालसम्म आयोगले श्रम संस्कृति पार्टी, गतिशिल लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, राष्ट्रिय परिवर्तन पार्टी, राष्ट्रिय जनमत पार्टी, कम्युनिष्ट पार्टी नेपाल, राष्ट्रि निर्माण पार्टी दर्ता भएका छन्।

आयोगका अनुसार कात्तिक २ गतेसम्म १२४ वटा दल दर्ता भएका थिए। जसमा माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका पाँचवटा दल एकीकृत भएर नेपाली कम्युनिष्ट पार्टी दर्ता भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सोलुखुम्बु, पौष १८ — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा थुलुङ दूधकोशी गाउँपालिका–१ निवासी विवेक बाबु लामिछानेले सोलुखुम्बुबाट चुनाव लड्ने घोषणा गर्नुभएको छ। उहाँको यो घोषणाले जिल्लाको राजनीतिक परिवेशमा नयाँ बहस र चासो सिर्जना गरेको छ। जनताको विश्वास र अपेक्षालाई केन्द्रमा राखेर राजनीतिमा प्रवेश गरेको बताउँदै लामिछानेले परम्परागत राजनीतिक अभ्यासले जनताको वास्तविक […]

विराटनगर,१७ पुस । हरेक वर्ष पुस १७ गते मनाइँदै आएको राष्ट्रिय पोशाक दिवस आज नेपालसहित विश्वभर रहेका नेपालीहरूले विभिन्न कार्यक्रम गरी मनाएका छन्।विदेशी संस्कृति र पहिरनको बढ्दो प्रभावका कारण नेपाली मौलिकता संकटमा पर्न थालेपछि त्यसको प्रतिकारस्वरूप यो अभियान सुरु गरिएको अभियन्ताहरूले बताएका छन्। ढाका तथा भादगाउँले टोपी नेपालीपनको प्रतीकका रूपमा विश्वभर चिनिएको भन्दै यसको ऐतिहासिक र […]

विराटनगर, पुष १७। मोरङ उद्योग व्यापार संघको आयोजनामा सञ्चालन भइरहेको विराट एक्स्पो अन्तर्गत बिहीबार ‘सीप प्रमाणीकरणदेखि रोजगारीसम्म’ विषयमा विशेष छलफल भएको छ। एक्स्पो अवधिभर उद्योग, व्यवसाय र श्रम बजारसँग सम्बन्धित विविध समसामयिक विषयमा दैनिक छलफल भइरहेका छन्। कार्यक्रममा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयकी शैक्षिक योजना महाशाखाकी उपसचिव लक्ष्मी न्यौपाने, सिटिईभिटी इटहरीका सह–निर्देशक दुर्गा प्रसाद ओझा, […]