०१ माघ २०८२, बुधबार
14-01-2026 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

विराटनगरबाट MBBS प्रवेशपरिक्षामा उत्कृष्ट नतिजा ल्याएका आफ्ना छात्र महतोलाई कान्तिपुर कलेजले गर्‍यो सम्मान

Logo
जनचर्चा संवाददाता प्रकाशित आइतबार, मंसिर ०८, २०८२

विराटनगर, मंसिर ५ ।  चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट नतिजाका साथ नाम निकाल्न सफल भएका आफ्ना विद्यार्थीहरूलाई विराटनगरको कान्तिपुर कलेजले सम्मान गरेको छ।

विराटनगर महानगरपालिका–१० मा अवस्थित कलेजले शुक्रबार एक विशेष कार्यक्रम आयाेजना गरी एमबीबीएस प्रवेश परीक्षामा नाम निकाल्न सफल तीन विद्यार्थी सहित वार्षिक परीक्षामा उत्कृष्ट अंक ल्याउने ४३ विद्यार्थीहरूलाई सम्मान गरेको हो।

एमबीबीएस प्रवेश परीक्षामा सम्मिलित १८ हजार परीक्षार्थीहरूमध्ये मिर्चैया नगरपालिकाका राजनारायण महतो ३९औं स्थानमा सफल भएका छन्। यसअघि  कक्षा १२ को परीक्षामा नेपालकै सर्वोत्कृष्ट नतिजा ३.९६ जीपीए ल्याएका राजनारायणलाई कलेजले एक लाख रुपैयाँ नगद सहित सम्मान गरिएकाे छ।

बिराटनगरबाट पहिलो पटकमै नाम निकाल्ने एक मात्र विद्यार्थी राजनारायण सहित करुणा कुमारी शाह र प्रिन्सन श्रेष्ठलाई पनि सम्मान गरिएको थियो। राजनारायणका दाजु राजु महतो पनि अघिल्लो वर्ष एमबीबीएसमा नाम निकाल्न सफल भएका थिए।

यसैगरी कक्षा ११ र १२ को विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापनअन्तर्गत वार्षिक परीक्षामा उत्कृष्ट अंक ल्याउने १२ जना विद्यार्थी र त्रैमासिक परीक्षामा राम्रो अंक ल्याउने १८ जना विद्यार्थीलाई पनि सम्मान गरिएको छ। साथै कलेजले उत्कृष्ट ३१ जना विद्यार्थीलाई एक लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गर्ने घोषणा समेत गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सोलुखुम्बु, पौष १८ — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा थुलुङ दूधकोशी गाउँपालिका–१ निवासी विवेक बाबु लामिछानेले सोलुखुम्बुबाट चुनाव लड्ने घोषणा गर्नुभएको छ। उहाँको यो घोषणाले जिल्लाको राजनीतिक परिवेशमा नयाँ बहस र चासो सिर्जना गरेको छ। जनताको विश्वास र अपेक्षालाई केन्द्रमा राखेर राजनीतिमा प्रवेश गरेको बताउँदै लामिछानेले परम्परागत राजनीतिक अभ्यासले जनताको वास्तविक […]

विराटनगर,१७ पुस । हरेक वर्ष पुस १७ गते मनाइँदै आएको राष्ट्रिय पोशाक दिवस आज नेपालसहित विश्वभर रहेका नेपालीहरूले विभिन्न कार्यक्रम गरी मनाएका छन्।विदेशी संस्कृति र पहिरनको बढ्दो प्रभावका कारण नेपाली मौलिकता संकटमा पर्न थालेपछि त्यसको प्रतिकारस्वरूप यो अभियान सुरु गरिएको अभियन्ताहरूले बताएका छन्। ढाका तथा भादगाउँले टोपी नेपालीपनको प्रतीकका रूपमा विश्वभर चिनिएको भन्दै यसको ऐतिहासिक र […]

विराटनगर, पुष १७। मोरङ उद्योग व्यापार संघको आयोजनामा सञ्चालन भइरहेको विराट एक्स्पो अन्तर्गत बिहीबार ‘सीप प्रमाणीकरणदेखि रोजगारीसम्म’ विषयमा विशेष छलफल भएको छ। एक्स्पो अवधिभर उद्योग, व्यवसाय र श्रम बजारसँग सम्बन्धित विविध समसामयिक विषयमा दैनिक छलफल भइरहेका छन्। कार्यक्रममा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयकी शैक्षिक योजना महाशाखाकी उपसचिव लक्ष्मी न्यौपाने, सिटिईभिटी इटहरीका सह–निर्देशक दुर्गा प्रसाद ओझा, […]