१६ मंसिर २०८२, सोमबार
01-12-2025 , Mon
Gold Silver Price (12 Mansir 2082, FRI)
Fine Gold 1 Tola NRs. 251100
Silver 1 Tola Nrs. 3360

कर्जा घोटाला: प्रभु बैंकका सीईओ, नायब सीईओ र कर्जा प्रमुख समातिए

Logo
जनचर्चा संवाददाता प्रकाशित सोमबार, मंसिर १६, २०८२

काठमाडौंमंसिर १५। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीन उच्च अधिकारीलाई बैंकिङ कसुर र कर्जा दुरुपयोगको आरोपमा पक्राउ गरेको छ।

सोमबार बिजुलीबजारस्थित बैंकको प्रधान कार्यालयबाट पक्राउ गरिएकामा सीईओ शेरचनसहित नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ रहेका छन्।

सीआईबीले जारी गरेको विज्ञप्तिअनुसार राष्ट्र बैंकबाट भएको निर्देशन तथा प्रचलित कानूनविपरीत काम गरी प्रभु बैंकलाई हानिनोक्सानी पुर्याएको आरोप लागेको छ। विभिन्न कम्पनीको नाममा करोडौं रुपैयाँ कर्जा प्रवाह गरी कर्जाको दुरुपयोग गर्ने तथा सोही अपराधलाई लुकाउने प्रयास गरेको आरोप उनीहरूमाथि छ।

यसअघि गत कात्तिक २२ गते सीआईबीले बैंकको केन्द्रीय कार्यालयमा छापा मारी महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो। सीआईबीले ११ कात्तिकमा प्रभु समूहका अध्यक्ष तथा एमालेका पूर्वसांसद देवीप्रकाश भट्टचनलाई पनि पक्राउ गरिसकेको छ।

प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको ९८ करोड रुपैयाँ ठगीको जाहेरीको विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ। नेपाल राष्ट्र बैंकको प्रतिवेदनका आधारमा प्रहरीले कारबाही अगाडि बढाएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, मंसिर १५ ।– अस्पताल चौकस्थित प्राइम अस्पताल आइतबारदेखि ‌‌‌औपचारिक रुपमा स‌ंचालनमा आएकाे छ। उद्यमी सनातन मण्डल सहित ७ जना चिकित्सकहरुकाे टाेलीले ११ करोड रुपैयाँको लगानीमा २५ शैयाको साे अस्पताल सञ्चालनमा ल्याएका हुन्। अस्पतालको आइतबार विशेष कार्यक्रमबीच उद्घाटन गरिएको थियो। उद्घाटन समारोहमा अस्पतालका सञ्चालक, अस्पतालमा कार्यरत चिकित्सक तथा तिनका अभिभावकहरूले संयुक्त रूपमा रिबन काटेर अस्पतालको […]

काठमाडाै‌ं, मंसिर १५ – नेपाल आयल निगमले केही इन्धनको मूल्य समायोजन गरेको छ। आइतबार सार्वजनिक गरिएको विज्ञप्तिअनुसार डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँको कमी गरिएको छ। तर, हवाइ इन्धनको मूल्य भने बढेको छ। आन्तरिक उडानका लागि प्रतिलिटर ६ रुपैयाँले वृद्धि भएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले घटेको छ। संशोधित […]

काठमाडौं , मंसिर १५। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीन उच्च अधिकारीलाई बैंकिङ कसुर र कर्जा दुरुपयोगको आरोपमा पक्राउ गरेको छ। सोमबार बिजुलीबजारस्थित बैंकको प्रधान कार्यालयबाट पक्राउ गरिएकामा सीईओ शेरचनसहित नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ रहेका छन्। सीआईबीले जारी गरेको विज्ञप्तिअनुसार राष्ट्र […]