इटहरी, माघ १ । विराटनगर स्थित रोयल मार्बलको सामग्री ढुवानी गर्न प्रयाेग भएकाे मालबाहक ट्रक दुर्घटना हुँदा बिहिबार पाँच जना मजदुरको ज्यान गएको छ।टाइलको कामका लागि मालबाहक ट्रकको पछाडि टाइलसँगै मजदुरहरुलाई पनि राजविराजतर्फ लगिँदैथियो। तर जाँदाजाँदै बीचबाटोमा बिहीबार बिहान ट्रक दुर्घटना भयो जसमा पाँचै जाना मजदुरहरुले ज्यान गुमाए।
ओभरलोड टाइल्स बोकेर जाँदै गरेको को १ ख ४५४१ नम्बरको साे ट्रक बिहान करिब ५:३० बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनीयाहीमाअनियन्त्रित भई पल्टिएको थियाे। पाँचै जाना मजदुर टाइलमाथि सवार थिए। ट्रक पल्टिँदा ओभरलोड गरिएको टाइल्सको थुप्रोले थिचेपछि पाँचै जाना मजदुरको ज्यान गएको बुझिएको छ।
मृत्यु हुनेमा ३२ वर्षीय धिरेन्द्र गुरुङ, ५५ वर्षीय बर्मदेश गुरुङ, ५० वर्षीय टंक गुरुङ, ४५ वर्षका चन्द्र गुरुङ र २८ वर्षीय निशु गुरुङ रहेका छन्। सबै मृतक एउटै गाउँका बासिन्दा रहेको प्रहरीले जनाएको छ।रोयल मार्बलका मुख्य संचालक अमित सिंघल लगायत अन्य साझेदारहरु सम्पर्कविहीन छन्। पाँचै जाना मजदुरहरु लामो समय रोयल मार्बलमा काम गर्दै आएको बुझिएको छ। तर घटनापश्चात ती मजदुरहरु ज्यालादारीमा रहेको भन्दै रोयल मार्बलका प्रतिनिधिहरु पन्छिन खोजिरहेका छन्। विस्तृत समाचार आउँदै…….