२१ बैशाख २०८३, सोमबार
04-05-2026 , Mon
Gold Silver Price (Baishak 16, 2083, WED)
Fine Gold 1 Tola NRs. 295000
Silver 1 Tola Nrs. 4930

विराट ट्रेड एक्स्पोमा पर्यटन छलफल: कोशीमा अपार सम्भावना, समन्वय र ब्रान्डिङमा जोड

Logo
जनचर्चा संवाददाता

विराटनगर, पुष १३ । विराट ट्रेड एक्स्पोमा हरेक दिन सञ्चालन हुँदै आएका थिमेटिक सेसनअन्तर्गत आइतबार पर्यटन उद्योग, अवसर र सम्भावनाबारे विस्तृत छलफल भएको छ । फस्टाउँदै गएको पर्यटन क्षेत्रलाई कसरी दिगो र प्रभावकारी बनाउने भन्ने विषयमा सरोकारवालाबीच विमर्श भएको हो ।

 

छलफलमा नेपाल पर्यटन बोर्डका निर्देशक रोहिणी खनालले नेपालको समग्र पर्यटन अवस्था, सम्भावना र चुनौतीबारे प्रस्तुति दिँदै कृषि, संस्कृति, पदयात्रा र आतिथ्यसँग जोडिएको पर्यटनबाट जनस्तरसम्म लाभ पुर्‍याउन सकिने बताए ।  पर्यटन सेवामूलक उद्योग भएकाले यसमा मानव जनशक्तिको भूमिका महत्वपूर्ण हुने उनले स्पष्ट पारे ।

नेपाल पर्यटन बोर्ड संघीय संरचनामा रहेर २६ वर्षदेखि अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवद्र्धन गर्दै आएको उल्लेख गर्दै खनालले आन्तरिक पर्यटन, उत्सव-महोत्सव प्रवद्र्धन र ब्रान्डिङमा समेत बोर्ड सक्रिय रहेको बताए ।  “नेपालको पर्यटन ब्रान्ड हिमाल हो, तर यससँगै कला, संस्कृति र पदयात्राको अनुभव पनि पर्यटकका लागि ठूलो आकर्षण हो,” उनले भने ।

उनले पर्यटन क्षेत्रको नेतृत्व निजी क्षेत्रले गरिरहेको उल्लेख गर्दै प्रदेशस्तरमै स्पष्ट ब्रान्ड र आकर्षक प्याकेज विकास गर्नुपर्नेमा जोड दिए ।

 

उद्घाटन सत्रमा बोल्दै संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालले नेपालमा थोरै दूरीमा नै फरक-फरक मौसम र भूगोल अनुभव गर्न सकिने विशेषता रहेको बताए । प्राकृतिक सुन्दरता र धार्मिक महत्वले नेपालमा पर्यटनबाट ठूलो रोजगारी सिर्जना गर्न सकिने सम्भावना रहेको उल्लेख गर्दै उनले प्रचार-प्रसारको अभाव चुनौती बनेको बताए । सामाजिक सञ्जालको प्रभावकारी प्रयोग आवश्यक रहेको उनको धारणा थियो ।

 

कोशी प्रदेशको पर्यटन सम्भावनाबारे पर्यटन व्यवसायी तथा कोशी पर्यटन वर्ष २०८२ निर्देशन समितिका सहसंयोजक भविषकुमार श्रेष्ठले प्रस्तुति दिए । उनले कोशी प्रदेशको आधार नै पर्यटन भएको भन्दै प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पदाबाट अझै धेरै अवसर सिर्जना गर्न सकिने बताए ।

“विभिन्न जातजातिका सांस्कृतिक महोत्सव र उत्सवलाई पर्यटन उत्पादनका रूपमा विकास गर्न सकिन्छ,” उनले भने । भारतसँगको सामिप्यतालाई अवसरका रूपमा उपयोग गर्दै बिहार, बंगाल र उत्तर प्रदेशबाट पर्यटक भित्र्याउन सकिने र क्रस–बोर्डर टुरिजमको ठूलो सम्भावना रहेको बताए ।

विराटनगर विमानस्थलबाट भुटान, म्यानमार र बंगलादेशसम्मको हवाई सम्पर्क विस्तार गर्न सके पर्यटन क्षेत्र चलायमान गराउन टेवा पुग्ने उनको भनाइ थियो ।

 

कोशी प्रदेश पर्यटनसम्बन्धी प्यानल छलफलको सहजीकरण कृष्ण साहले गरेका थिए । प्यानलमा कोशी प्रदेश पर्यटन मन्त्रालयका सचिव डा. इन्द्रप्रसाद सापकोटा, होटल एसोसिएसन नेपालका केन्द्रीय सदस्य राजन श्रेष्ठ, सुन्दरहरैंचा उद्योग वाणिज्य संघका महासचिव आकाश दुलाल र आईएसएमटी कलेजकी अध्यापिका श्रृजा पोखरेल सहभागी थिए ।

 

छलफलमा व्यवसायी दुलालले हालैको आन्दोलनका कारण होटल क्षेत्रमा भएको क्षति, इन्स्योरेन्स प्रक्रिया र सरकारी सहुलियत नपाएको बताउँदै भने,‘‘हामीले होटल पुर्ननिर्माण गरेर संचालन नै गरिसकेपछि सुविधा पाइने भयो भनेर सूचना पाइयो । तर, त्यसअघि सरकारका निकाय धाउँदा धाउँदा थाकिएको थियो ।’’ पर्यटन मन्त्रालयका सचिव सापकोटाले निजी क्षेत्रले कठिन अवस्थामा पनि धैर्य देखाएको भन्दै प्रदेश सरकारले नीतिगत रूपमा राहत र सहजीकरण गर्ने प्रयास गरिरहेको बताए । प्राकृतिक रुपमा रहेका पर्यटन क्षेत्रको प्रचार गरेमात्र पनि ठूलो उपलब्धि लिन सक्ने र यसमा निजीक्षेत्र सँग साथै हिंड्न सरकार तयार रहेको बताए ।

 

पोखरेलले पर्यटन क्षेत्रमा करियरको सम्भावनाबारे विद्यार्थीमा जानकारीको अभाव रहेको उल्लेख गर्दै नेपालमै अवसर सिर्जना गर्न सकिने सन्देश दिनुपर्ने बताइन् ।

होटल एसोसिएसनका केन्द्रीय सदस्य राजन श्रेष्ठले विराटनगरलाई भारतीय पर्यटकका लागि गेटवेका रूपमा विकास गर्न सकिने भन्दै पदयात्रा, साहसिक पर्यटन र होटल उद्योगमा युवालाई जोड्नुपर्ने धारणा राखे । श्रेष्ठले कोशी प्रदेशमा समेत ठूलाठूला होटल निर्माण हुने क्रम बढेको जानकारी दिए ।

 

छलफलले कोशी प्रदेशमा पर्यटनको अपार सम्भावना रहे पनि त्यसका लागि स्पष्ट ब्रान्डिङ, समन्वय, पूर्वाधार र प्रभावकारी प्रचार आवश्यक रहेकोमा विज्ञ तथा प्यानलिष्टको निष्कर्ष थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, वैशाख १४  । विराटनगर वरपरका बोतल पानी व्यवसायीले पानीको मूल्यमा कार्टेलिङ गरेका छन्। कार्टेलिङ गरेर उनीहरुले जारको मूल्य दुई सय प्रतिशतले बढाएका छन्। यसअघि सामान्यतः खुद्रामा ४० रुपैयाँमा पाइँदै आएको पानी अहिले एक्कासि प्रतिजार ८० रुपैयाँ पुर्याइएको छ। यस विषयमा उत्पादकहरूसँग कुराकानी गर्दा उनीहरूले दुईवटा मुख्य कारण देखाएका छन्। पहिलो, पेट्रोलका कारण मूल्यवृद्धि भइरहेकोले […]

विराटनगर,१२ चैत्र  । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा बिहीबारदेखि ‘घर निर्माण प्रदर्शनी’ सुरु भएको छ । विराटनगरस्थित जैन भवनमा आयोजित एक विशेष समारोहका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदर्शनीको उद्घाटन गरे । चैत १२ गतेदेखि १६ गतेसम्म चल्ने यस प्रदर्शनीमा निर्माण क्षेत्रका विभिन्न आयामबारे छलफल र अन्तर्क्रियाका लागि ११ वटा थिमेटिक सेसन सञ्चालन गरिने […]

काठमाडाै‌ं २०८२ चैत ३ । वाणिज्य तथा आपूर्ति विभागले ग्यास उद्योगी र वितरकहरूलाई कृत्रिम अभाव सिर्जना नगर्न कडा निर्देशन दिएको छ। ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योगको गोदाममा अनुगमनका क्रममा ६ हजार ३ सय ७७ वटा भरिएका सिलिन्डर लुकाइराखेको फेला परेपछि सो उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ। साथै, ती सिलिन्डर नेपाल आयल निगमको रोहवरमा […]