११ जेठ २०८३, सोमबार
25-05-2026 , Mon
Gold Silver Price (Jestha 11, 2083, MON)
Fine Gold 1 Tola NRs. 293300
Silver 1 Tola Nrs. 5165

देशैभरि नयाँ नोट वितरण शुरु, कहाँ कहाँ छ सटही सुविधा ?

Logo

काठमाडौं, असोज १०
बडा दैशालाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले आजबाट देशैभरी नयाँ नोट वितरण शुरु गरेको छ । राष्ट्र बैंकका अनुसार सटही सुविधा असोज १० देखि १७ गतेसम्म उपलब्ध हुनेछ ।
उपत्यकाभित्र बालुवाटरस्थित राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागवाट सेवाग्राहीले नयाँ नोट साट्न सक्नेछन् । त्यसबाहेक नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक लिमिटेडका शाखाबाट पनि सेवाग्राहीले नयाँ नोट साट्न सक्छन् । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयसँगै अन्य शाखाहरुबाट पनि नयाँ नोट सटही आजैबाट शुरु भएको छ ।
राष्ट्र बैंकले अन्य गैर सरकारी बैंक तथा वित्तीय संस्थालाई पनि नयाँ नोट उपलब्ध गराएको छ । गैर सरकारी बैंकहरुमा खाता हुनेले समेत सजिलै नयाँ नोट निकालन सक्ने राष्ट्र बैंकको भनाइ छ ।
उपत्यका बाहेक राष्ट्र बैंकका विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयबाट पनि आजैबाट नयाँ नोट वितरण गर्ने शुरु गरिएको छ । यी कार्यलयहरुमा पनि उपत्यकामा जस्तै असोज १० देखि १७ गतेसम्म नयाँ नोट वितरण हुने बताईएकोछ ।यस पटक एक व्यक्तिले अधिक्तम १८ हजार ५ सय रुपैयाँका मात्र साट्न पाउने छ । अघिल्लो वर्ष प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म सटहि गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ १०। बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीलाई अत्यधिक काममा लगाउन नपाउने गरी राष्ट्र बैंकले निर्देशन जारी गरेको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई कर्मचारी व्यवस्थापनमा प्रचलित कानून र आफ्नो निर्देशन कडाइका साथ पालना गर्न  कडा निर्देशन गरेको हो। नयाँ निर्देशन अनुसार, बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीलाई कार्यालय समयभन्दा बाहिर काममा खटाउनुपर्दा प्रचलित कानून […]

मोरङ, वैशाख ९ – प्रख्यात मास्टर शेफ सन्तोष साहले आफ्नो ‘मिथिला थाली’ र ‘जनकपुर फिस हाउस’ ब्रान्डलाई कोशी प्रदेशको राजधानी विराटनगरमा विस्तार गरेका छन्। बुधबार विराटनगरको दुधफार्म नजिकै मिथिला थालीको पाँचौं शाखा उद्घाटन गर्दै शेफ साहले मिथिला संस्कृति र परम्परागत खानपानको संरक्षण तथा प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता बताएका छन्। एउटै छानामुनि दुवै ब्रान्ड सञ्चालनमा ल्याइएको यो […]

विराटनगर, वैशाख १४  । विराटनगर वरपरका बोतल पानी व्यवसायीले पानीको मूल्यमा कार्टेलिङ गरेका छन्। कार्टेलिङ गरेर उनीहरुले जारको मूल्य दुई सय प्रतिशतले बढाएका छन्। यसअघि सामान्यतः खुद्रामा ४० रुपैयाँमा पाइँदै आएको पानी अहिले एक्कासि प्रतिजार ८० रुपैयाँ पुर्याइएको छ। यस विषयमा उत्पादकहरूसँग कुराकानी गर्दा उनीहरूले दुईवटा मुख्य कारण देखाएका छन्। पहिलो, पेट्रोलका कारण मूल्यवृद्धि भइरहेकोले […]