११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

मोटो किताबजस्तो होइन, यसपटक छोटो र बुँदागत घोषणापत्र ल्याउँछौं: महामन्त्री घिमिरे

Logo
जनचर्चा संवाददाता

माेरङ्ग, माघ १७ । नेपाली कांग्रेसले आगामी चुनावका लागि तीव्र रूपमा घोषणापत्र बनाउने तयारी थालेको छ। पार्टीले यसपटक ‘भिजन-टेन’ र ‘डोजेन भिजन’ अन्तर्गत बढीमा एक दर्जन प्रतिबद्धतामात्र समेटेर छोटो र बुँदागत घोषणापत्र ल्याउने तयारी गर्दैछ। पार्टीका महामन्त्री गुरुराज घिमिरेले शुक्रबार मोरङको बनीगमामा पार्टीका कार्यकर्ताहरूको बैठकलाई सम्बोधन गर्दै पार्टीकाे घाेषणा पत्र तयारीसम्बन्धी जानकारी दिएका हुन्।

घिमिरेले यसपटकको घोषणापत्र छोटो, स्पष्ट र सारगर्भित  हुने बताए।  “पहिले पहिले घोषणापत्रमा धेरै विषयहरू समेटिने हुँदा धेरै प्रतिबद्धताहरू रहने भएकाले सबै बाचाहरु पूरा हुन सक्दैनथे।” उनले भने,”अहिले पार्टी नेतृत्वमा परिवर्तन आएसँगै हामीले घोषणापत्र बनाउने माेडलमा पनि परिवर्तन ल्याएका छौं । अधिकतम १० देखि १२ प्रतिबद्धताहरू रहनेछन्, जुन शतप्रतिशत पूरा हुन्छन्।”
घोषणापत्र छोटो रहँदा पार्टीका सबै वाचाहरू आम नागरिकले सजिलै बुझ्न र सम्झन सक्ने घिमिरेको तर्क थियो। ती प्रतिबद्धताहरू क्रमशः पूरा नभए जनताले पार्टीसँग जवाफदेहिता समेत खोज्न सहज हुने उनले बताए।

घोषणापत्रमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारी र सुशासनको सवालमा पार्टीले के के गर्ने भन्ने विषयमा स्पष्ट रूपमा उल्लेख हुने घिमिरेको भनाइ छ। हाल घोषणापत्र निर्माणको क्रममा पार्टीले जिल्लाहरूबाट सुझाव सङ्कलन गरिरहेको उनले जानकारी समेत दिए। नेपाली कांग्रेस सिंङ्गै देशकाे पार्टी रहेकाले पार्टीको घोषणापत्र कस्तो हुनुपर्ने भन्ने विषयमा सबै आम नेपालीलाई सुझाव पठाउन महामन्त्री घिमिरेले आह्वान समेत गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]