०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

गौरमा कर्फ्यु जारी

Logo
जनचर्चा संवाददाता

रौतहट, १० फागुन । जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिकामा जारी कर्फ्युलाई निरन्तरता दिएको छ। आज बिहान साढे ६ बजेदेखि साढे ८ बजेसम्म दुई घण्टाका लागि कर्फ्यु खुकुलो पारिए पनि त्यसपछि पुनः लागू गरिएको हो।

जिल्ला सुरक्षा समितिको निर्णयबमोजिम प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले अर्को सूचना जारी नहुञ्जेलसम्म कर्फ्यु कायम रहने जानकारी दिएका छन्। जिल्ला प्रशासनले नागरिकलाई शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गर्दै कर्फ्यु उल्लंघन गरेमा कानुनी कारबाही गरिने चेतावनी दिएको छ।

शनिबार बिहान गौर नगरपालिका–६ स्थित सनगडा गाउँमा मुस्लिम समुदाय नमाजका लागि प्रार्थनारत हुँदा हिन्दू समुदायले बाजा बजाएको भन्ने विषयबाट विवाद सुरु भएको थियो। उक्त विवाद  झडपमा परिणत भई गौरका अन्य वडाहरूसम्म फैलिएको थियो। प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्यासको प्रयोग गर्नुपरेको थियो।  त्यसपछि प्रशासनले शनिबार दिउँसो १ बजेदेखि कर्फ्यु लगाई सेना परिचालन गरेर स्थिति नियन्त्रणमा लिएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]