०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

रास्वपा छाडेर पराजुली फर्किए कांग्रेसमा । किन ?

Logo
जनचर्चा संवाददाता

काठमाडौं, फागुन ११ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरत पराजुलीले पार्टी परित्याग गर्दै आफ्नो पुरानै पार्टी नेपाली कांग्रेसमा फर्किएका छन् । ३० वर्षको राजनीतिक जीवन बिताएका पराजुलीलाई कांग्रेस सभापति गगनकुमार थापाले सर्लाहीमा पार्टी प्रवेश गराएका हुन् ।

पराजुलीले पार्टी परित्यागको कारण खुलाउँदै भने, “रास्वपाले देश बनाउला जस्तो लागेको थियो, तर पछिल्लो समय रास्वपामा समेत विवादहरू बढ्न थालेपछि कांग्रेस नै ठिक लागेर फर्किएको हुँ।”

रास्वपा पछिल्लो समय प्रि–इलेक्सनको नाममा उम्मेदवारहरूसँग २५ हजार उठाएको, आफ्नो र आसपासकालाई टिकट वितरण गरेको तथा हिन्दु धर्मलाई प्रवर्द्धन नगरेको लगायतका विवादमा मुछिएको छ । यसका अतिरिक्त बालेनले आफ्नै मतदातालाई धक्कामुक्का र गालीगलौच गर्दै अभद्र व्यवहार गरेको विषयले जनता सशंकित छन् । त्यसबाहेक बालबालिकालाई उक्साएर देश जलाउन लगाएको भन्ने गम्भीर आरोप पनि रास्वपामाथि छ ।

यसका साथै, आगामी २१ फागुनको प्रतिनिधिसभा उपनिर्वाचनमा उम्मेदवारी माग गर्न काठमाडौं पुगेका पराजुलीलाई पार्टीले टिकट नदिएपछि उनी असन्तुष्ट बनेका थिए । उनकै गाउँपालिकाका २५ वर्षीय प्रशान्त उप्रेतीले टिकट पाएपछि पराजुली रित्तै फर्किएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]