०५ साउन २०८३, मंगलबार
21-07-2026 , Tue
Gold Silver Price (Shrawan 5, 2083, TUE)
Fine Gold 1 Tola NRs. 286100
Silver 1 Tola Nrs. 4385

लाईसन्स देखाएर पनि भाेट खसाल्न पाईने

Logo
जनचर्चा संवाददाता

१४ फागुन, काठमाडौं । आगामी निर्वाचनमा मतदाता नामावलीमा नाम दर्ता भएका नागरिकले मतदाता परिचयपत्र नभए पनि अन्य सरकारी परिचयका कागजातका आधारमा मत खसाल्न पाउने भएका छन् ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन (मतदान) निर्देशिका २०८२ ले मतदाता परिचयपत्र अनिवार्य रूपमा साथमा राख्नुपर्ने व्यवस्था गरे पनि सो उपलब्ध नभएको अवस्थामा नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमतिपत्रमध्ये कुनै एउटा कागजात प्रस्तुत गरी मतदान गर्न सकिने छ ।

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले मतदान केन्द्रमा खटिने सुरक्षाकर्मी, कर्मचारी तथा सम्बन्धित सरोकारवालाहरूलाई यस व्यवस्थाबारे स्पष्ट जानकारी दिने निर्णय गरेको छ, ताकि कुनै पनि योग्य मतदाता मतदानबाट वञ्चित हुन नपरोस् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]

५ साउन, काठमाडौं । बिल लिने बानीलाई प्रोत्साहन दिन सरकारले नगद पुरस्कार योजना ल्याएको छ । अर्थ मन्त्रालयले “करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३” जारी गरी यो व्यवस्था लागू गरेको हो । योजनाअनुसार हरेक दिन एक जना उपभोक्ताले १ लाख ३३ हजार ३४ रुपैयाँ जित्नेछन् भने महिनामा दुई पटक हुने बम्पर उपहारमा दुई जनाले […]

विराटनगर, जस  । नेपालकै पहिलो उद्योग वाणिज्य संघ मोरङ उद्योग व्यापार संघले अन्तर्राष्ट्रिय व्यापारिक संस्था इन्टरनेशनल चेम्बर अफ कमर्श (आईसीसी) अन्तर्गत उपलब्ध हुने विश्वस्तरीय सेवा, सुविधा र नेटवर्कमा भर्खरै मात्र पूर्ण पहुँच पाएको छ । संघले सन् २०२५ देखि नै आईसीसीको सदस्यता प्राप्त गरे पनि सोअन्तर्गतका वास्तविक सुविधा र अवसरहरु उपयोग गर्ने बाटो भने भर्खरै […]