१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

साउथएसीयामै सबैभन्दा महँगो इन्धन नेपालमा

Logo
जनचर्चा संवाददाता

पछिल्लो एक महिनामा चार पटक मूल्य बढाएर पेट्रोल २१९ र डिजेल २०७ रुपैयाँ पुगेको छ। चैत १ गतेको तुलनामा पेट्रोलमा ४०% र डिजेलमा ४५.७७% वृद्धि भएको छ। दक्षिण एसियामा सबैभन्दा महँगो इन्धन अहिले नेपालमा छ। बुधबार मात्र सरकारले डिजेल र मटितेलमा ३० रुपैयाँ बढाएकाे छ ।

अन्य देशले दिएको सहुलियत:

  • भारत: आफ्ना नागरिकलाई ९० रुपैयाँमा डिजेल दिँदै भारत (नेपालले सरकारले २३५ रुपैयाँमा बेच्दैछ)
  • भुटान: पेट्रोल र डिजेल मात्र ९७-९८ भुटनीज (नेपाली १५५ रुपैयाँ)
  • श्रीलंका: पेट्रोलमा २० र डिजेलमा १०० रुपैयाँ सहुलियत
  • चीन: ५०% सहुलियत
  • पाकिस्तान: १२९ अर्ब पाकिस्तानी रुपैयाँ राहत प्याकेज
  • इन्डोनेसिया: २०२६ को अन्तसम्म मूल्य नबढाउने निर्णय
  • बंगलादेश: दैनिक १६७ करोड टाका सहुलियत

नेपाल सरकारको प्रतिक्रिया

सरकारले गत चैत २४ मा भन्सार र पूर्वाधार कर ५०% घटाएर पेट्रोलमा १७ र डिजेलमा १२ रुपैयाँ मात्र छुट दियो। तर अन्तर्राष्ट्रिय अभ्यासको तुलनामा यो निकै अपर्याप्त छ। पेट्राेलियकाे मुल्य बढेपछि करपनि बृद्धि हुन्छ तर त्यसमा सरकारले राेक लगाएकाे छैन ।

आयल निगमले उपभोक्तालाई इन्धन बचत गर्न अपिल गरेको छ भने सरकारले सार्वजनिक बिदा शनि-आइत गर्ने निर्णय गरिसकेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]