२८ जेठ २०८३, बिहिबार
11-06-2026 , Thu
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

विराटनगरमा पानी जार ४० बाट ८० पुग्यो, छैन अनुगमन प्रशासन पनि मौन

Logo
दिनेश खड्का

विराटनगर, वैशाख १४  । विराटनगर वरपरका बोतल पानी व्यवसायीले पानीको मूल्यमा कार्टेलिङ गरेका छन्। कार्टेलिङ गरेर उनीहरुले जारको मूल्य दुई सय प्रतिशतले बढाएका छन्। यसअघि सामान्यतः खुद्रामा ४० रुपैयाँमा पाइँदै आएको पानी अहिले एक्कासि प्रतिजार ८० रुपैयाँ पुर्याइएको छ। यस विषयमा उत्पादकहरूसँग कुराकानी गर्दा उनीहरूले दुईवटा मुख्य कारण देखाएका छन्। पहिलो, पेट्रोलका कारण मूल्यवृद्धि भइरहेकोले उत्पादकहरूले पनि मूल्य बढाएको बताएका छन्। र दोस्रो, बजारमा जारको पानीको कुनै निश्चित मूल्य नभएकोले मूल्यमा एकरूपता कायम गरेको बताएका छन्।

तर विभिन्न स्रोतहरूबाट पत्ता लगाउँदा उत्पादकहरूले एक गोप्य बैठक गरी जारको खुद्रा मूल्य ८० रुपैयाँ पुर्याउने निर्णय गरेको खुल्न आएको छ। स्रोतका अनुसार हाल पेट्रोलियमको बहाना पारेर मूल्य दोब्बर बनाउँदा कसैले पनि आवाज उठाउन नसक्ने बैठकको निष्कर्ष समेत थियो। बोतल पानी बनाउने गोमारानी उद्योगद्वारा उत्पादित निकिगङ्गाको एक कर्मचारीका अनुसार जारको पानी ६० रुपैयाँभन्दा तल होलसेलमा समेत विक्री गर्न नपाइने पानी उद्योगका सञ्चालकबीच सहमति भएको बताए। यदि कसैले सो नियम तोडेमा २५ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने उनको भनाइ थियो।

विशेषगरी पानीजस्तो अत्यावश्यक वस्तुमा कार्टेलिङ गरी कृत्रिम मूल्यवृद्धि गरे कालोबजारी ऐन, प्रतिस्पर्धा ऐन र उपभोक्ता संरक्षण ऐन आकर्षित हुने देखिन्छ। सो ऐन अनुसार पानीमा कार्टेलिङ गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना हुने व्यवस्था छ। तर सो विषयमा हालसम्म जिल्ला प्रशासन, वाणिज्य तथा नगरपालिकाले अनुगमन गरेको छैन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]