२१ कार्तिक २०८३, शुक्रबार
06-11-2026 , Fri
Gold Silver Price (Kartik 17, 2083, TUE)
Fine Gold 1 Tola NRs. 275500
Silver 1 Tola Nrs. 3690

दाङमा पानी ट्याङ्कीभित्र दुई जनाको शव फेला, अक्सिजन अभावकाे अनुमान

Logo
जनचर्चा संवाददाता

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो।
प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको छ, तर उनीहरूको स्पष्ट पहिचान अझै हुन बाँकी छ। घटनाको विस्तृत अनुसन्धान जिल्ला प्रहरी कार्यालय दाङले जारी राखेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, १९ कात्तिक। पदबाट हटाइएको भन्दै निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन पेस गर्न पुगेका छन्। उनको रिट बोकेर केही समयअघि वकिलहरू सर्वोच्च पुगेका हुन्। सरकारले  कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरेको थियो। आफूमाथि अन्याय भएको दाबी गर्दै उनी अदालतको शरणमा पुगेका हुन्। अदालतको प्रशासनिक प्रक्रिया पूरा भएपछि […]

काठमाडौं, १९ कात्तिक। रसुवाको भोटेकोशीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग थपिने क्रम अझै रोकिएको छैन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिएको जानकारीअनुसार आज बिहान ९ बजेसम्म यी कोषका विभिन्न खातामा जम्मा रकम १८ अर्ब ३७ करोड ४७ लाख ११ हजार ५७४ रुपैयाँ पुगेको छ। यसमध्ये प्रधानमन्त्री दैवी प्रकोप […]

काठमाडौं, १७ कात्तिक – सरकारको मन्त्रिपरिषद् बैठक आज अपराह्न बस्दैछ। प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक ४ बजे बस्ने गरी बोलाइएको हो। करिब दुई साताको अन्तरालपछि बालेन शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन्। सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ।