काठमाडौं, १९ कात्तिक। रसुवाको भोटेकोशीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग थपिने क्रम अझै रोकिएको छैन।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिएको जानकारीअनुसार आज बिहान ९ बजेसम्म यी कोषका विभिन्न खातामा जम्मा रकम १८ अर्ब ३७ करोड ४७ लाख ११ हजार ५७४ रुपैयाँ पुगेको छ।
यसमध्ये प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषअन्तर्गत नौ वटा वाणिज्य बैंकका खातामा १३ अर्ब ६२ करोड ५३ लाख ३६ हजार ९७१ रुपैयाँ मौज्दात छ। साथै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा ३ करोड १४ लाख ९ हजार ७५७ अमेरिकी डलर जम्मा भएको छ।