२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

घर किन्न ३० प्रतिशत तपाई तिर्नुस , ७० प्रतिशत बैंकले दिन्छ

Logo
प्रकाशित आइतबार, कार्तिक १७, २०७६

कात्तिक १७, विराटनगर ।
तपाईं घर किन्ने वा आफ्नै घरमा बस्ने योजना बनाउँदै हुनुहुन्छ भने अब बैंकले तपाईंलाई सहयोग गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका २०७६ जारी गर्दै आवास वा घर कर्जा सम्बन्धी नयाँ योजना मार्फत सो सहयोग गर्ने भएको हो । बैंकले घर कर्जा सम्बन्धी नयाँ योजना अन्र्तगत ३० प्रतिशत रकम बुझाएर ७० प्रतिशतसम्मको घर कर्जा लिन सकिने व्यवस्था गरेको छ ।

यसअघि काठमाडौं उपत्यकामा घर किन्दा कम्तिमा ५० प्रतिशत रकम सुरुमै तिर्नुपर्‍थ्यो । बाँकी पैसा बैंकले ऋण दिन्थ्यो , र ऋणीले किस्ताबन्दीमा श्रृण स्वरुप बैंकबाट लिएको रकम चुक्ता गर्नुपर्‍थ्यो । तर उक्त निर्देशिका अनुसार अब देशैभरिसुरुमा ३० प्रतिशत रकम तिरेपछि घर किन्न सकिने छ । बाँकी रहेको ७० प्रतिशत रकम भुक्तानी गर्न भने बैंकले ऋण दिन्छ । त्यसलाई मासिक रुपमा किस्ताबन्दीमा तिर्दै जान सकिने छ ।

निर्देशिकामा उल्लेख भएअनुसार आवास वा घर कर्जा सुविधा पाउनको लागि अन्य केही मापदण्ड पुरा गर्नुपर्छ । एकपटक ऋण लिएर घर खरिद गरिसकेको व्यक्तिले यो योजनाको लाभ उठाउन पाउने छैनन् । पहिलो पटक घर किन्न निवेदन दिएका ऋणीले मात्रै यो सुविधा पाउने छन् ।

यो ऋण सुविधा पाउन घर ३ हजार वर्गफिट सम्मको क्षेत्रफलमा बनेको हुनुपर्नेछ । त्यो भन्दा ठुलो क्षेत्रफल ओगटेको घरले पनि यो सुविधा पाउँदैनन । यस्तो ऋण पाउनको लागि ऋणीले मासिक रुपमा कर्जा भुक्तान गर्ने स्रोत अनिवार्य रुपमा देखाउनै पर्छ । जुन स्रोत बैंकले विश्वास गर्ने खालको हुनुपर्दछ । यस्तो आम्दानीको स्रोतको रुपमा घर भाडामा लगाएर आएको आम्दानी भने मान्य नहुने निर्देशिकामा प्रष्ट उल्लेख गरिएको छ । यस्तै, ऋणीले बैंक तथा वित्तीय संस्थाको समझदारीमा ऋणको अवधिभरी ऋणको ब्याजदर स्थिर पनि राख्न सक्नेछन ।

पछिल्लो समय घर कर्जासम्बन्धी कडा व्यवस्थाका कारण घरजग्गाको कारोबार कम हुँदै आएको थियो । त्यसैले राष्ट्रले बैंकले भने घरजग्गाको कारोबारलाई थप प्रर्वद्धन गर्न घर कर्जासम्बन्धी खुकुलो नीति लिएको देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]