२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

आयल निगमको गाडीमा तस्करी धन्धा चलाउने को ?

Logo
प्रकाशित मंगलबार, कार्तिक २६, २०७६

विराटनगर, कार्तिक २६
नेपाल आयल निगम (संस्थान)को गाडी तस्करीमा प्रयोग हुने गरेको पाईएको छ । आयाल निगमको विराटनगर एयरपोर्ट शाखा अन्तिर्गत रहेको बा १ ञ १६६८ पहेलो नम्बर प्लेटको गाडी तस्करीमा प्रयोग हुने गरेको पाईएको हो ।
आईतवार उक्त गाडीको प्रयोग गरी ६ थान राइसकुकर र थुप्रै लत्ता कपडाहरु विना भन्सार नेपाल भित्र्याईरहेको अवस्थामा शसस्त्र प्रहरीले बरामद गरेको थियो ।

नजिकै रहेको भारतिय बजार जोगबनीवाट तस्करी गरी समानहरु नेपाल भित्र्यादै गरेको अवस्थामा प्रहरीले गाडिसहित समानहरु रंगहात पक्राउ गरेको थियो ।
ठुलो मात्रामा भेटिएका उक्त समानहरु व्यक्तिगत प्रयोजनका लागी भन्दा व्यापारीक बेचबिखनको लागी तस्करी गरी ल्याइएको हुन सक्ने स्राते बताउछ । स्रोत भन्छ “६ वटा कुकर भेटिएको छ, लत्ता कपडाहरुपनि थुप्रै छन् , एउटा परिवारले प्रयोग गर्ने समान यति धेरै हुदैन्, बेचबिखनकै लागी तस्करी गरिएको हुनुपर्छ”
प्रायजासो सिमाना क्षेत्रमा आईराख्ने उक्त गाडी व्यवसायीक रुपमै तस्करीमा प्रायोग हुदै आएको स्रोतको दावी छ ।
उक्त गाडी संस्थानको कुन कर्मचारीले प्रायोग गर्ने गरेको भन्ने कुरा दुई दिन बितिसक्दा पनि खुल्न सकेको छैन् । यसरी कर्मचारीको परिचय नखुलिदा तस्करी गर्ने कर्मचारीको संरक्षण गर्न तर्फ आयल निगमको जिम्मेवार व्यक्तिहरु लागेको हुने सक्ने आशंका उब्जिएको छ ।
सरकारी गाडी झैं संस्थानको गाडी पनि निजि कामको लागी प्रयोग गर्न पाईदैन । अझ तस्करीकै लागी संस्थानको गाडी प्रायोग हुनु भनेको गम्भीर विषय हो । उक्त गाडी प्रयोग गर्ने कर्मचारीको पहिचान खोली तत्काल आवश्यक कारवाही गर्नुपर्ने जरुरी देखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]