२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

विराटनगरका व्यापारी अग्रवाल पक्राउ

दुई लाख बिगो नबुझाए दुइ बर्ष जेल हुने
Logo
प्रकाशित शनिबार, कार्तिक ३०, २०७६

विराटनगर, कार्तिक ३०
अदालतले गरेको फैसला अनुसार २ लाख रुपैयाँ बिगो नर्तिदा विराटनगरका व्यापारी नरेश कुमार अग्रवाल पक्राउ परेका छन् । अंकित अग्रवालको नामले समेत चिनिने नेरशको विराटनगरमा एलजीको सोरुम छ ।
अदालतले दिएको ३५ र ७ दिनको म्याद भित्र पनि बिगो नबुझाएपछि उनलाई प्रहरीले आदालतको आदेश अनुसार पक्राउ गरेको हो ।
जिल्ला अदालत,मोरङले शुक्रबार अग्रवाललाई पक्राउ गरि अदालतमा उपस्थीति गराउन आदेश दिएपछि अग्रवाल पक्राउ पेरका हुन् । शनिबार विदा परेकोले पक्राउ परेका अग्रवाललाई आइतबार अदालतमा उपस्थीति गराईने छ ।
नगेन्द्र ठकुरीले नाम गरेका एक व्यक्तिले केहि समय अघि व्यापारी अग्रवाललाई प्रतिवादी बनाएर जिल्ला अदालत मोरङमा ‘लेनदेन बिगो’ मुद्दा दर्ता गराएका थिए । २०७५ साल मंसिर ६ गते बिगो रकम प्रतिवादीबाट भराउन अदालतले फैसला गरेको थियो
बिगो रकम २ लाख रुपैयाँ नबुझाए अग्रवाललाई २ वर्ष कैद हुनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]