२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

विराटनगरका व्यापारी अग्रवाल पक्राउ

दुई लाख बिगो नबुझाए दुइ बर्ष जेल हुने
Logo

विराटनगर, कार्तिक ३०
अदालतले गरेको फैसला अनुसार २ लाख रुपैयाँ बिगो नर्तिदा विराटनगरका व्यापारी नरेश कुमार अग्रवाल पक्राउ परेका छन् । अंकित अग्रवालको नामले समेत चिनिने नेरशको विराटनगरमा एलजीको सोरुम छ ।
अदालतले दिएको ३५ र ७ दिनको म्याद भित्र पनि बिगो नबुझाएपछि उनलाई प्रहरीले आदालतको आदेश अनुसार पक्राउ गरेको हो ।
जिल्ला अदालत,मोरङले शुक्रबार अग्रवाललाई पक्राउ गरि अदालतमा उपस्थीति गराउन आदेश दिएपछि अग्रवाल पक्राउ पेरका हुन् । शनिबार विदा परेकोले पक्राउ परेका अग्रवाललाई आइतबार अदालतमा उपस्थीति गराईने छ ।
नगेन्द्र ठकुरीले नाम गरेका एक व्यक्तिले केहि समय अघि व्यापारी अग्रवाललाई प्रतिवादी बनाएर जिल्ला अदालत मोरङमा ‘लेनदेन बिगो’ मुद्दा दर्ता गराएका थिए । २०७५ साल मंसिर ६ गते बिगो रकम प्रतिवादीबाट भराउन अदालतले फैसला गरेको थियो
बिगो रकम २ लाख रुपैयाँ नबुझाए अग्रवाललाई २ वर्ष कैद हुनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]