२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

गल्फ लुब्रिकेन्ट बेच्‍नेलाई पनि उपहार

विराटनगरका बिक्रेताले पाए मोटसाइकल, वासिङ्ग मेसिन, फिरिच, टिभी
Logo

विराटनगर, मंसिर ७
विराटनगरका लागी गल्फ लुब्रिकेन्ट आधिकारीक डिलर जेबी इन्टर प्राइजेसले आफ्ना विक्रताहरूलाई स्कीम वितरण गरेको छ । डिलरले आज विराटनगरको जेनियल होटलमा एक कार्यक्रमको आयोजना गरी विक्रताहरूलाई स्कीम वितरण गरेको हो ।
वर्षभरीमा उत्कृष्ट कारोबार गर्ने विक्रेताहरूलाई स्कीम स्वरुप मोटसाइकल, फिरिच, टिभी, वासिङ्ग मेसिनलगायतको विभिन्न समाग्री वितरण गरिएको छ । स्कीम अन्तर्गत आर्थिक वर्ष ७५÷७६मा उत्कृष्ट कारोबार गर्ने जगदम्बा ब्यारिङ्ग सेन्टरले यमहा कम्पनीको मोटसाइकल प्राप्त गरेको छ । स्कीम प्राप्त गर्ने विक्रेताहरूलाई गल्फ लुब्रिकेन्टका प्रदेश १ डिलर इन्चार्ज सुमन दहाल र विराटनगरका डिलर संचालक एव् जेवी इन्टरप्राइजेजका प्रोपाइटर रुपेश बरालले सयुक्तरुपमा स्कीमका उपहारहरु वितरण गरेका थिए ।
रुपेश बरालले विगतको ३ वर्षदेखि गल्फ लुब्रिकेन्टको विराटनगर डिलर समाल्दै आएका छन् । शेल्समा उनले छोेटो समयमा नै विराटनगर र आसपासका गाँउ सहरमा मजबुद पकड बनाईसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]