२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

लुक्न सकेन कृष्णबहादुरको भष्ट्रचार

कमाइ भन्दा सम्पत्ती १० करोड बढी
Logo

विराटनगर,पौष २
तातोपानी भन्सारका निवर्तमान तथा विराटनगर भन्सारका पुर्व प्रमुख कृष्णबहादुर बस्नेतले १० करोड ५६ लाख रुपैयाँ गैरकानुनी आर्जन गरेको भेटिएको छ । ३० वर्षको अवधिमा तलबभत्ता र अन्य सुविधाबापत उनले ५१ लाख रुपैयाँ मात्र कमाएको गरेको देखिन्छ ।
२०४५मा लेखापाल भएका उनले आफ्नो आर्जनलाई वैध बनाउनकै लागि ०४४ देखि जागिर खाएको दाबी गरेका थिए । २०५४ मा शाखा अधिकृत देखी हाल उपसचिव रहेका उनीले यस अवधिमा अर्थ मन्त्रालय अन्तर्गत विभिन्न विभाग, भन्सार, राजस्व र कर कार्यालयमा काम गरेका देखिन्छ ।
कृष्णबहादुर विराटनगर भन्सारमा प्रमुख हुँदा ठुलो रकम संखुवासवाको खाँदबारीमा बैंकमार्फत ट्रान्सफर भएको देखिन्छ । उनले लिएको घूस संखुवासभाको खाँदबारी बस्ने जेठान नवीनकुमार गौलीको खातामा जम्मा गरेको अख्तियार स्रोत बताउँछ ।
कृष्णबहादुरले आयलाई वैध बनाउन छोरी कृष्टिनाको कमाइ पनि आफ्नै सम्पत्तीमा समावेश गरेका थिए । कृष्टिनाले रोड सो कन्स्ट्रक्सनबाट ३ लाख ३६ हजार र सीई कन्स्ट्रक्सनबाट ३ लाख ८५ हजार रुपैयाँ पारिश्रमिक बुझेको देखिन्छ ।
सम्पत्तीको स्रोत खुलाउन उनले विभिन्न ठाउँबाट ४७ लाख ५९ हजार रुपैयाँ ऋण लिएको दाबी गरेका थिए । तर यस विषयमा छानबिन हुँदा २४ लाख १७ हजार रुपैयाँ मात्रै यथार्थ ऋण भेटिएको थियो । यदपी उनको खातामा पहिलैबाट पर्याप्त रकम रहेको अख्तियारको आरोपत्रमा उल्लेख छ ।
कृष्णबहादुरले काठमाडौंमा पत्नी सविताको नाममा रहेको घरबाट घरबहाल आउने गरेको भनी दिएको बयानपनि अनुसन्धान पछि झुठो प्रमाणित भएको छ । अनुसन्धान अनुसार कृष्णबहादुरले विराटनगरमा दुईवटा र काठमाडौंमा पनि घर बनाएका देखिन्छ । त्यस्तै श्रीमतीको नाममा विराटनगरमा दुई कित्ता जग्गा किनेका र काकीसँग मिलेर मोरङको केरौनीमा थप दुई कित्ता जग्गा किनेको पनि खुलेको छ । आफ्नै नाममा खरिद गर्दा शंका हुने भएकाले कृष्णबहादुरले जेठानको नाममा जग्गा खरिद गरेर ‘बकसपत्र’ गरी पत्नीको नाममा नामसारी गराउने गरेको स्रोत बताउँछ ।
कृष्णबहादुरले ०५७ सालमा श्रीमती सवितालाई स्वीट्जरल्यान्ड र छोरी कृष्टिनालाई इजिप्टको कायरो घुम्न पठाएका थिए । उनले छोराछोरीलाई उच्च शिक्षाका लागि विदेश पठाउदा शिक्षादीक्षामा ८६ लाख ८४ हजार रुपैयाँ खर्च भएको अख्तियारले प्रमाण जुटाएको छ, त्यसको पनि पूर्णरुपमा स्रोत खुल्न सकेको छैन् ।
गत वर्ष मात्र छोरी नाममा कृष्ण बहादुरले आलिसान गाडी किनेका थिए ।
उनको खातापाता छानबिन गर्दा १५ लाख रुपैयाँ बैंक ब्यालेन्स भेटिएको छ । सबै जोडेर एक करोड ७८ लाख आर्जन गर्दा त्यसभन्दा बढी सम्पत्ती भेटिएको भन्दै उनीविरुद्ध अख्तियारमा छानविन जारी छ ।
अख्तियारको अनुसार विराटनगर भन्सार प्रमुख हुँदा जेठान गौलीको खातामा अस्वाभाविक रकम जम्मा भएको थियो । डिपोजिटर मध्येका एक कान्तिपुर क्यारिङका कर्मचारी भूषण थापाले बयानमा कृष्णबहादुरको निर्देशन अनुसार नै पैशा डिपोजिट बताएका छन् । त्यसबेला समान क्लियरिङ गर्दा प्रतिगाडीको हिसाबले रकम दिने प्रचलन रहेको थापाको भनाई छ ।

०००००००००

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]