१२ कार्तिक २०८२, मंगलबार
28-10-2025 , Tue
Gold Silver Price (9 Kartik 2082, SUN)
Fine Gold 1 Tola NRs. 242400
Silver 1 Tola Nrs. 3030

लुक्न सकेन कृष्णबहादुरको भष्ट्रचार

कमाइ भन्दा सम्पत्ती १० करोड बढी
Logo
प्रकाशित बुधबार, पुष ०२, २०७६

विराटनगर,पौष २
तातोपानी भन्सारका निवर्तमान तथा विराटनगर भन्सारका पुर्व प्रमुख कृष्णबहादुर बस्नेतले १० करोड ५६ लाख रुपैयाँ गैरकानुनी आर्जन गरेको भेटिएको छ । ३० वर्षको अवधिमा तलबभत्ता र अन्य सुविधाबापत उनले ५१ लाख रुपैयाँ मात्र कमाएको गरेको देखिन्छ ।
२०४५मा लेखापाल भएका उनले आफ्नो आर्जनलाई वैध बनाउनकै लागि ०४४ देखि जागिर खाएको दाबी गरेका थिए । २०५४ मा शाखा अधिकृत देखी हाल उपसचिव रहेका उनीले यस अवधिमा अर्थ मन्त्रालय अन्तर्गत विभिन्न विभाग, भन्सार, राजस्व र कर कार्यालयमा काम गरेका देखिन्छ ।
कृष्णबहादुर विराटनगर भन्सारमा प्रमुख हुँदा ठुलो रकम संखुवासवाको खाँदबारीमा बैंकमार्फत ट्रान्सफर भएको देखिन्छ । उनले लिएको घूस संखुवासभाको खाँदबारी बस्ने जेठान नवीनकुमार गौलीको खातामा जम्मा गरेको अख्तियार स्रोत बताउँछ ।
कृष्णबहादुरले आयलाई वैध बनाउन छोरी कृष्टिनाको कमाइ पनि आफ्नै सम्पत्तीमा समावेश गरेका थिए । कृष्टिनाले रोड सो कन्स्ट्रक्सनबाट ३ लाख ३६ हजार र सीई कन्स्ट्रक्सनबाट ३ लाख ८५ हजार रुपैयाँ पारिश्रमिक बुझेको देखिन्छ ।
सम्पत्तीको स्रोत खुलाउन उनले विभिन्न ठाउँबाट ४७ लाख ५९ हजार रुपैयाँ ऋण लिएको दाबी गरेका थिए । तर यस विषयमा छानबिन हुँदा २४ लाख १७ हजार रुपैयाँ मात्रै यथार्थ ऋण भेटिएको थियो । यदपी उनको खातामा पहिलैबाट पर्याप्त रकम रहेको अख्तियारको आरोपत्रमा उल्लेख छ ।
कृष्णबहादुरले काठमाडौंमा पत्नी सविताको नाममा रहेको घरबाट घरबहाल आउने गरेको भनी दिएको बयानपनि अनुसन्धान पछि झुठो प्रमाणित भएको छ । अनुसन्धान अनुसार कृष्णबहादुरले विराटनगरमा दुईवटा र काठमाडौंमा पनि घर बनाएका देखिन्छ । त्यस्तै श्रीमतीको नाममा विराटनगरमा दुई कित्ता जग्गा किनेका र काकीसँग मिलेर मोरङको केरौनीमा थप दुई कित्ता जग्गा किनेको पनि खुलेको छ । आफ्नै नाममा खरिद गर्दा शंका हुने भएकाले कृष्णबहादुरले जेठानको नाममा जग्गा खरिद गरेर ‘बकसपत्र’ गरी पत्नीको नाममा नामसारी गराउने गरेको स्रोत बताउँछ ।
कृष्णबहादुरले ०५७ सालमा श्रीमती सवितालाई स्वीट्जरल्यान्ड र छोरी कृष्टिनालाई इजिप्टको कायरो घुम्न पठाएका थिए । उनले छोराछोरीलाई उच्च शिक्षाका लागि विदेश पठाउदा शिक्षादीक्षामा ८६ लाख ८४ हजार रुपैयाँ खर्च भएको अख्तियारले प्रमाण जुटाएको छ, त्यसको पनि पूर्णरुपमा स्रोत खुल्न सकेको छैन् ।
गत वर्ष मात्र छोरी नाममा कृष्ण बहादुरले आलिसान गाडी किनेका थिए ।
उनको खातापाता छानबिन गर्दा १५ लाख रुपैयाँ बैंक ब्यालेन्स भेटिएको छ । सबै जोडेर एक करोड ७८ लाख आर्जन गर्दा त्यसभन्दा बढी सम्पत्ती भेटिएको भन्दै उनीविरुद्ध अख्तियारमा छानविन जारी छ ।
अख्तियारको अनुसार विराटनगर भन्सार प्रमुख हुँदा जेठान गौलीको खातामा अस्वाभाविक रकम जम्मा भएको थियो । डिपोजिटर मध्येका एक कान्तिपुर क्यारिङका कर्मचारी भूषण थापाले बयानमा कृष्णबहादुरको निर्देशन अनुसार नै पैशा डिपोजिट बताएका छन् । त्यसबेला समान क्लियरिङ गर्दा प्रतिगाडीको हिसाबले रकम दिने प्रचलन रहेको थापाको भनाई छ ।

०००००००००

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]