२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

छुटको नाममा लुट : विराटनगर जुत्ता मेला

डियोल नागरिता विवादमा मुछिएका विकास चौधरीले दिदैछन् साथ
Logo

विराटनगर,पुष ७
पुष १ गेतबाट विराटनगरमा जारी जुत्ता मेलामा छुटको नाममा डिफेक्ट समानहरु सल्टाउने काम भईरहेको गुनासो बढ्न थालेको छ । नेपाली जुत्ता घरले आयोजना गरेको उक्त जुत्ता मेलामा १५ देखि ६० प्रतिशतसम्म छुट दिने बताईएको छ । तर छुटमा दिईने जुत्ताहरु कम्पनीवाट म्यानुफयाक्चर डिफेक्ट (उत्पादन हुदै बिग्रिएको) हुने समेत खुलासा भएको छ । त्यस्ता जुत्ताहरु साईज नमिलेको, उद्रिएको र पुरानो हुने गरेको समेत पाईएको छ ।
साथै जुत्ता मेलाका धेरै जुत्ताहरु स्टक किलियरेन्सको रुपमा राखिएको छ । स्टक किलियरेन्स अर्थात पुराना बिक्न नसक्ने जुत्ताहरु सल्टाउने काम भईरहेको छ ।
त्यतिमात्र नभएर जुत्ता मेलामा राखिएको जुत्ताहरु काठमाडौंबाट छनौट मालको रुपमा आएको समेत स्रोतको दावी छ । स्रोत भन्छ काठमाडौको भृकुटि मण्डपमा मंसिर ६ गते लागेको एक हप्ते जुत्ता मेलावाट छाटिएर आएको मालहरु विराटनगरको जुत्ता मेलामा राखिएको छ ।

उक्त जुत्ता मेलाको संचालक होमनाथ उपाध्याय हुन् । काठमाडौं निवासी होमनाथ उपाध्यायले विगतको दुई वर्षदेखि यसरी नै विराटनगरमा जुत्तामेलाको आयोजना गरी विराटनगरवासीलाई स्टाक र म्यानुफ्याक्चर डिफेक्ट जुत्ता बेचबिखन गरिरहेका छन् । उनलाई यस ठगीधन्धामा विराटनगर निवासी एवं हाईलाईफ शु का संचालक बिकास र विनय चौधरी (दाजुभाई) ले भरपुर साथ दिएका छन् । विकास चौधरी पटक पटक भारतिय र नेपाली दुवै (डियोल)नागरिता भएको विवाद मुछिदै आएका व्यक्ति समेत हुन् । उनको कयौं पटक संचारमाध्यमहरुमा भारितय मतदाता परिचय पत्र भएको समेत समाचारहरु बाहिर आइसकेका छन् । अन्य कुनै देशको नागरिता भए नेपालको नागरिता स्वतः खारिज हुने नेपालमा कानुनी प्रावधान समेत रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]