२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

लुक्न सकेन उपसचिव राजेन्द्रको भष्ट्रचार

केहि समय अघि अर्थकै उपसचिव कृष्णबहादुर विरुद्ध पनि परेको थियो भष्ट्रचारको मुद्दा
Logo

विराटनगर, पुष १८
विगतमा विराटनगर भंसारका अधिकृत समेत रहेका अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुङ्गानाविरुद्ध साढे ४ करोड भन्दा बढीको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
ढुङ्गाना १९ साउन २०४९ मा सरकारी सेवामा प्रवेश गरेका थिए । ढुङ्गानाले त्यसयता विभिन्न क्षेत्रमा गरी कूल ५ करोड ४८ लाख ३ हजार ३ सय ५१ रुपैयाँ खर्च तथा लगानी गरेका अख्तियारको छानबिनमा देखिएको छ ।
उनले त्यस अवधिमा ७९ लाख ५४ हजार ७ सय ९५ रुपैयाँ मात्रै वैध रुपमा आम्दानी गरेको देखिएको छ । उनले लगानी तथा खर्च गरेको ४ करोड ६८ लाख ४८ हजार ५ सय ५६ रुपैयाँको स्रोत खुल्न सकेको छैन् ।
अख्तियारका अनुसार ढुङ्गानाले आफ्नी श्रीमती मघु कोइरालाका नाममा समेत चल तथा अचल सम्पत्ति खरिद गरेका छन् ।
अख्तियारले विषेश अदालतमा ढुङ्गानाविरुद्ध विगोअनुसार जरिवानाका र अवैध रुपमा आर्जिक सम्पत्ति जफतका साथै २ वर्ष कैद सजाय समेत मागदाबी गरेको छ । त्यसका साथै ढुङ्गानाकी श्रीमती मधुको नाममा कायम भएको संशकित सम्पत्ति जफतको समेत अख्तियारले मागदाबी गरेको छ ।
केहि समय अघि अर्थमन्त्रालयकै उपसचिव एवं विराटनगर भन्सारका पुर्व प्रमुख कृष्ण बहादुर बस्नेतविरुद्ध पनि १० करोडभन्दा बढी अवैध सम्पति आर्जन गरेको भष्ट्रचार मुद्दा अख्तियारले दायर गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]