२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

विराट जुत्ता चप्पल मेला, अब ७ दिन मात्र

Logo
प्रकाशित बुधबार, पुष २३, २०७६

विराटनगर, पुष २३
पुष १ गतेबाट विराटनगरको जैन भवनमा शुरु भएको विराट जुत्ता–चप्पल मेला अब एक हप्तासम्म मात्र रहने भएको छ । आजयोकले पुष २९ गते मेलाको समापन हुने बताएको छ ।
आयोजकका अनुसार विराट जुत्ताचप्पल मेलामा हालसम्म १ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ । दैनिक ८ लाखदेखि १२ लाख रुपैयाँसम्मको कारोबार भएको व्यापारीहरूले बताएका छन् ।
मेलामा दैनिक करीब ८ हजारसम्म ग्राहक आउने गरेको आयाेजकले जनाएकाे  छ । १ लाख ५० हजार दर्शकको भ्रमणबाट ५० हजार जोर जुत्ता विक्री गरी १ करोड ५० लाख रुपैयाँ कारोबार गर्ने लक्ष्य राखिएको मेलाले समयअघि नै कारोबार लक्ष्य पूरा गरेको आयोजकको भनाई छ ।
मेलामा शिखर सुज, बिएफ डियर हिल सुज, रन सुज, शु लैण्ड, लैण्ड वाक र हाइ लाईफ सुज एण्ड स्लीपरका ब्राण्डका जुत्ताचप्पल उपलब्ध छन् । १ सयदेखी १० हजार मुल्यसम्मका जुत्ता चप्पल मेलामा राखिएका छन् । विभिन्न ब्राण्डका जुत्ताचप्पलहरुमा ग्राहकलाई ६० प्रतिशतसम्म छुट दिईएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]