२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

विराट एक्स्पोमा बरमझियाको पेडा पाइने

Logo
प्रकाशित बिहिबार, फाल्गुण ०१, २०७६

विराटनगर, फागुन १
विराटनगरमा हुन लागेको विराट एक्स्पो २०७६मा यसपटक बरमझियाको पेडा समेत पाईने भएको छ । आयोजक उद्योग संगठन मोरगले बुधबार एक्स्पोको तयारी बारे पत्रकारहरुलाई बताउँदै एक्स्पोमा बरमझियाको पेडा राखिने जानकारी गराएको हो ।
सप्तरीको कञ्चनरुप नगरपालिकाको बरमझिया गाँउमा पाइने पेडाको स्वादको प्रंशसा देशै भरि हुने गर्दछ । पुर्वबाट काठमाडौं तर्फ जानेहरुले बरमझियाको पेडालाई विषेश कोशेली समेत बनाएर लाने गर्दछन् । स्वादले उत्कृष्ट र पुर्वका मानिसहरुविच लोकप्रिय रहेकाले पनि बरमझियाको पेडा एक्स्पोको लागी एउटा आर्कषण हुनसक्ने आयोजकको बुझाई छ ।
उक्त एक्स्पो विषेशगरी कृषी तथा उद्यौगीक उत्पादनहरुलाई प्रद्धशनी गर्ने उद्देश्यका साथ आयोजना हुदैछ । एक्स्पोमा ३ सय ४० वटा स्टल रहने बताइएको छ । आयोजकका अनुसार ४० वटा विदेशी कम्पनी, ६० वटा कुषि, घरेलु तथा हस्तकलाका स्टलहरु रहने छन् । त्यस्तै औद्योगिक उत्पादनहरुका लागी १६० वटा , अटो मोवाइल्स ३८, खाद्यन्नका १२ स्टल रहने छ ।
त्यसबाहेक पनि मेलामा जुम्लाको स्याउ, मार्सि चामल, पोखराको पाउ, उदयपुरको खरायो र बरमझियाको पेडा पनि राखिने आयोजकले जनाएको छ ।

विराट एक्स्पो मेला फागुन २ गतेवाट शुरु भएर फुागन १० गते सम्पन्न हुनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]