१३ कार्तिक २०८२, बुधबार
29-10-2025 , Wed
Gold Silver Price (9 Kartik 2082, SUN)
Fine Gold 1 Tola NRs. 242400
Silver 1 Tola Nrs. 3030

१० रुपैयाँमा भरपेट भात खुवाउने धडेवा सम्मानित

Logo
प्रकाशित शुक्रबार, फाल्गुण ०२, २०७६

विराटनगर, फागुन २
भरपेट अभियानका संचालक समाजसेवी दिलीप धाडेवालाई भारत नेपाल समाजिक संस्कृति मंचले सम्मान गरेको छ । शुक्रबार मंचले विराटनगरमा एक कार्यक्रममको अयोजना गरी धडेवालाई सम्मान गरेको हो ।
धडेवाले विराटनगरमा विगतको दुई महिनादेखि १० रुपैयाँमा भरपेट भात खुवाउँने अभियान स‌चालन गर्दै आएका छन् । गरिब दुखीलाई सस्तोमा भरपेट भोजन गराउनु अभियानको मुल उद्देश्य रहेको अभियान्ता धेडेवा बताउछन् । धडेवाको उक्त कार्यवाट प्रेरित भएर विभिन्न व्यक्तिहरुले देशका विभिन्न ठाँउमा अहिले सोहि खाल्को अभियान संचालन गरिरहेका छन् ।
१० रुपैयाँमा एक कप चिया पाउने मुस्किल रहेको वर्तमान अवस्थामा भरपेट भात खुवाउनु ठुलो कुरा हो भन्दै कार्यक्रमा मंचका अध्यक्ष रजेश शर्माले समाजसेवी धडेवाको प्रसंशा गरे ।
राजपाका मोरङ जिल्ला अध्यक्ष समेत रहेकां भरपेटकै अर्का अभियानता महमद कादीरले समाजमा कोही पनि भोको नरहोस् भन्ने भरपेट अभियानको उद्देश्य रहेको बताए ।
कार्यक्रममा भारतको आशियान इंटरनेशनल जार्नलिस्ट काउंन्सिलका प्रतिनिधि मेराज सिद्धकी, मधेशी नागरिक समाजका अध्यक्ष सूर्यनाथ सिंह, मंचको अध्यक्ष राजेशकुमार शर्मा र सचिव निर्मला देवले संयुक्त रूपमा दोसल्ला ओडाएर समाजसेवी धाडेवालाई सम्मान गरेको थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]

काठमाडौँ २८ आश्विन  । नेपालबाट सरदर समयभन्दा आठ दिन ढिला गरी मनसुन बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीकाअनुसार मनसुन सरदर अक्टोर २ मा बाहिरिनु पर्ने भए पनि आठ दिन ढिला गरी शुक्रबार (अक्टोबर १० अर्थात असोज २४ गते)का दिन नेपालबाट बाहिरिएको हो। यस वर्ष नेपालमा १५ दिन अगावै (मे २९) मनसुन नेपाल भित्रिएको […]

विराटनगर,२४ असोज । सुदन गुरुङ नेतृत्वको जेनजीका सातै प्रदेशका संयोजकहरूले सुशिला कार्की नेतृत्वको सरकारलाई जेनजीकाे म्यान्डेटभन्दा बाहिर नजान  खबरदारी गरेका छन्। साे समूहकाे प्रदेशका संयोजकहरूले सयुक्त विज्ञप्ती जारी गरी साे कुरा बताएका हुन् । भदौ २३-२४ मा भएको भ्रष्टाचार विरुद्धको विद्रोहपछि गठित सरकारका सकारात्मक कार्यलाई समर्थन गर्ने तर विद्रोहको म्यान्डेटभन्दा बाहिर गए खबरदारी गर्ने उनीहरूले […]