२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

कोरोना प्रकोप : पसलको भाडा घटाउन व्यापारीको माग

Logo
प्रकाशित बुधबार, चैत्र ०५, २०७६

काठमाडौं, चैत ५
कोरोनाको प्रकोपले व्यापार ओरालो लागेको भन्दै बानेश्वरका व्यापारीहरुले घर बाहलमा ५० प्रतिशत छुटको माग गरेका छन् ।
उक्त मागलाई मध्यनजर गर्दै नयाँ बानेश्वर व्यापार व्यवसायी सँघले घरधनीसँग ५० प्रतिशतसम्म छुटका लागी अनुरोध गर्ने आज सांगठनिक निर्णय गरेको छ । संघका अध्यक्ष रामशरण गिरीले कोरोनाको प्रक्रोप निरुपण नहुनजेल भाडा घटाउनु पर्ने हिसाबले संघले कुरा अघि बढाउने बताएका छन् । त्यस्तै, यस संक्रमणकालको अवस्थामा व्यापारीहरुले लिएको ऋणको ब्याज दर घटाउन समेत संघले बैंक तथा वित्तिय संस्थालाई अनुरोध गर्ने दोस्रो निर्णय गरेको छ ।
त्यसैगरी पशु तथा वनस्पतीजन्य र अन्य खाद्यवस्तु मालसमानहरुको आयतनिर्यातमा लगाइएको प्रतिवन्धलाई यथासिघ्र फुकुवा गर्न संघले सरकारलाई दाबाब स्वरुप ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । भाइरसलाई रोकथाम गर्न भन्दै सरकारले कुनैपनि वैज्ञानिक पुष्टी विनै हचुवाको भरमा पशु तथा बनस्पतीजन्य मालबस्तु आयत निर्यातमा प्रतिबन्ध लगाएको संघको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]