१८ साउन २०८३, सोमबार
03-08-2026 , Mon
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

कोरोना प्रकोप : पसलको भाडा घटाउन व्यापारीको माग

Logo

काठमाडौं, चैत ५
कोरोनाको प्रकोपले व्यापार ओरालो लागेको भन्दै बानेश्वरका व्यापारीहरुले घर बाहलमा ५० प्रतिशत छुटको माग गरेका छन् ।
उक्त मागलाई मध्यनजर गर्दै नयाँ बानेश्वर व्यापार व्यवसायी सँघले घरधनीसँग ५० प्रतिशतसम्म छुटका लागी अनुरोध गर्ने आज सांगठनिक निर्णय गरेको छ । संघका अध्यक्ष रामशरण गिरीले कोरोनाको प्रक्रोप निरुपण नहुनजेल भाडा घटाउनु पर्ने हिसाबले संघले कुरा अघि बढाउने बताएका छन् । त्यस्तै, यस संक्रमणकालको अवस्थामा व्यापारीहरुले लिएको ऋणको ब्याज दर घटाउन समेत संघले बैंक तथा वित्तिय संस्थालाई अनुरोध गर्ने दोस्रो निर्णय गरेको छ ।
त्यसैगरी पशु तथा वनस्पतीजन्य र अन्य खाद्यवस्तु मालसमानहरुको आयतनिर्यातमा लगाइएको प्रतिवन्धलाई यथासिघ्र फुकुवा गर्न संघले सरकारलाई दाबाब स्वरुप ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । भाइरसलाई रोकथाम गर्न भन्दै सरकारले कुनैपनि वैज्ञानिक पुष्टी विनै हचुवाको भरमा पशु तथा बनस्पतीजन्य मालबस्तु आयत निर्यातमा प्रतिबन्ध लगाएको संघको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]

५ साउन, काठमाडौं । बिल लिने बानीलाई प्रोत्साहन दिन सरकारले नगद पुरस्कार योजना ल्याएको छ । अर्थ मन्त्रालयले “करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३” जारी गरी यो व्यवस्था लागू गरेको हो । योजनाअनुसार हरेक दिन एक जना उपभोक्ताले १ लाख ३३ हजार ३४ रुपैयाँ जित्नेछन् भने महिनामा दुई पटक हुने बम्पर उपहारमा दुई जनाले […]