२१ साउन २०८३, बिहिबार
06-08-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

कालोबजारी गर्नेलाई छुटाउन मन्त्री स्वयम सक्रिय, राज्यमन्त्री ढुगड सिफारिस लिएर पुगे प्रधानमन्त्री निवास

Logo

काठमाडौं, २६ चैत

कोरोना भाइरसको महामारी फैलिन नदिन राज्यले लकडाउन घोषणा गरेको छ । कोरोना भाइरस संक्रमण रोक्नका लागि चिकित्सक र स्वास्थ्यकर्मीले अपनाउनुपर्ने मेडिकल सामग्रीको अभाव छ । तर यही अभावको मौका छोपेर कमाउने धुनमा ३ हजार ५ सयको थर्मोगनलाई १५ हजारदेखि २२ हजार रुपैयाँसम्म बिक्री गर्ने नेपाल उद्योग परिसंघका उपाध्यक्ष तथा शंकर गु्रुपका संचालक अरबपति ब्यापारी सुलभ अग्रवाल मंगलबार पक्राउ परेका छन् ।

उनलाई बुधबार काठमाडौं जिल्ला प्रशासन कार्यालयले ७ दिनको म्यादथप गरेको छ । उनलाई छुटाउन मंगलबारदेखि नै ब्यापारीहरु सक्रिय भएका छन् ।राष्ट्र सकंटमा परेको बेला मेडिकल उपकरणमा कालोबजारी गर्ने ब्यापारी अग्रवाल छुटाउन उद्योग, बाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगड पनि सक्रिय भएका छन् । मारवाडी समुदायले उनीमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीसम्मै पहुँच पु¥याएर अग्रवाल छुटाउने पहल गरेको छ । राज्यमन्त्री दुगड बुधबार बिहानै अग्रवालका बाबु शंकर गोल्यानलाई लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । उनी करिब १०.३० बजेसम्म बालुवाटारमै प्रधानमन्त्री ओलीलाई भेट्न प्रतीक्षारत थिए । तर प्रधानमन्त्रीलाई भेटे नभेटेको भने स्रोतले पुष्टी गर्न सकेन ।

शंकर गोल्यानका छोरा सुलभ अग्रवाल र साहिल अग्रवाल दुवैले कोरोनाको महामारीका बेलामा मेडिकल आपूर्तिको कालोबजारी गर्दैआएका थिए । सुलभलाई प्रहरीले ग्राहकको भेषमा पक्राउ गर्न सफल भएको थियो । चैत २० मा चीनबाट नेपाल वायुसेवा निगमको जहाजमा ल्याएको मेडिकल उपकरण नै अग्रवालले कालोबजारीमा बिक्री गर्दैआएका थिए । चैत २२ मा त्रिपृुरेश्वरका विशाल सर्जिकल, तिरुपति सर्जिकल र कृष्ण इन्टरप्राइजेजबाट २२ हजार रुपैयाँसम्म थर्मोगन र ७ सयमा मास्क बिक्री भइरहेको सूचना अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुल थापाकोमा पुग्यो । त्यसपछि अनुसन्धान गर्दै जाँदा प्रहरी कालोबजारीको नाइक सुलभ अग्रवालसम्म पुग्यो । उनीसँग थर्मोगन खरिदको डिल गरी ग्राहक भनेर मंगलबार पक्राउ गर्न सफल भएको थियो । चैत २० मा चीनबाट मेडिकल उपकरण ल्याउन नेपाल वायुसेवा निगमको विमान चार्टर गर्ने चौधरी फाउन्डेसन थियो ।

 

 

 

 

 

 

 

 

नेपालफेस डट कमबाट ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]

५ साउन, काठमाडौं । बिल लिने बानीलाई प्रोत्साहन दिन सरकारले नगद पुरस्कार योजना ल्याएको छ । अर्थ मन्त्रालयले “करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३” जारी गरी यो व्यवस्था लागू गरेको हो । योजनाअनुसार हरेक दिन एक जना उपभोक्ताले १ लाख ३३ हजार ३४ रुपैयाँ जित्नेछन् भने महिनामा दुई पटक हुने बम्पर उपहारमा दुई जनाले […]