२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

किन घट्दैछ विराटनगर भन्सारको राजस्व ? भन्सार प्रमुखको असक्षमता वा मिलेमतो ?

Logo
प्रकाशित सोमबार, बैशाख ०१, २०७७

विराटनगर, वैशाख १
विराटनगर भन्सार कार्यलय पछिल्लो समय राजस्व संकलनमा असक्षम बनेको देखिएको छ । यसको मुख्य कारक विराटनगर भन्सारको प्रमुख शिव भण्डारीनै हुन् भन्ने बुझिएको छ । तथ्याङ अनुसार विराटनगर भन्सारले पछिल्लो चार महिनादेखि सरकारको लक्ष्य अनुसार राजस्व संकलन गर्न सकिरहेको छैन । जसका कारण भन्सार विभागले पनि विराटनगर भन्सारलाई आघोषित रुपमा असक्षम भनेर फिगरआउट गरीसकेको विभागीय स्रोत बताउँदछ ।

राजस्व संकलनको आकडा
चालू आर्थिक वर्षको मंसिर महिनामा तीन अर्ब ९५ करोड ४० लाखको लक्ष्य दिएकोमा विराटनगर भन्सारले दुई अर्ब ४६ करोड १६ लाख मात्र राजस्व सकंलन गरेको थियो । पुस महिनामा पनि केन्द्र सरकारले तीन अर्ब ८७ करोड २१ लाखको लक्ष्य तोकेकोमा विराटनगर भन्सारले दुई अर्ब १९ करोड २४ लाखमात्र राजस्व संकलन गरेको थियो ।
त्यसैगरी माघ महिनामा तीन अर्ब ६८ करोड ८९ लाखको लक्ष्य तोकेकोमा दुई अर्ब ८२ करोड ८० लाख विराटनगर भन्सारले संकलन गरेको थियो । त्यस्तै फागुन महिनामा पनि सरकारले दिएको लक्ष्यअनुसारको विराटनगर भन्सार राजस्व संकलन गर्न सकेन । फगुनमा लक्ष्यअनुसार तीन अर्ब ९६ करोड ६९ लाख राजस्व संकलन गर्नुपर्नेमा तीन अर्ब चार करोड ८२ लाख मात्रमा विराटनगर भन्सार सिमित भयो । यसरी तथ्याङले पनि विराटनगर भन्सारका प्रमुख शिव भण्डिर असक्षम भएको देखाएको छ ।
चैत पनि आंशिक रुपमा लकडाउन भएकाले, चैतमा पनि राजस्व संकलन गर्न नसकेको बाहान दिन भन्सार प्रमुख भण्डारीलाई अब सजिलो भएको छ ।

राजस्व घट्ने दुई कारण
पहिलो कारण, व्यापारी तथा तस्करहरुसँग भन्सार प्रमुखहरुको हुने अवैध लेनदेन (सेटिङ)ले समेत राजस्व असुलीलाई प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । विषेशगरी व्यापारीहरुले अन्य देशबाट मालसमानहरु नेपाल भित्र्याउदा भन्सार प्रमुखसँगको सेटिङमा मालसामानहरुको मुल्याङ्कन घटाउने वा समानहरुको परिणाम कम देखाएर राजस्व कम तिर्ने गर्दछन् । एकआत पटक मात्र अवैध लेनदेन हुदा समेत राजस्वमा घटेको खासै देखिदैन तर उक्त क्रियाकपालप संस्थागत ढंगले बराम्वार हुने गरेको छ भने निरन्तर रुपमा राजस्व घट्ने गर्दछ । विराटनगर भन्सारको राजस्व पनि पछिल्लो चार महिनादेखि घटिरहेको देखिन्छ । राजस्वको घटि रहेका तथ्याङले पनि कतै विराटनगर भन्सारका प्रमुख शिव भण्डारी अवैध करोबार तिर त लागेको छैनन् ? भन्ने प्रश्न आम जनमानसमा उब्जाएको छ ।
दास्रो कारण, असक्षता । भन्सार प्रमुख असक्षम हुदा कुनै पनि नाकाको राजस्व संकलनलाई प्रत्यक्ष प्रभाव पर्ने गर्दछ । भन्सार प्रमुखले आर्को देशको वा अफ्नै देशको विभिन्न निकाय विच समन्यवनको गर्न नसक्दा मालसमान ल्याउन अबरोध सिर्जना हुदछ । उक्त अवरोध सिर्जना भए व्यापारीहरुको आयत गर्ने मनोबल घट्दछ र आयत अनि राजस्व दुवै घट्ने गर्दछ । विराटनगर भन्सारको प्रमुखले समन्यवन गर्न नसकेको कारण लडकडाउनको शुरुवाती दिनहरुमा भन्सार एजेण्ट तथा काम गर्ने श्रमीकहरुलाई आवतजावत गर्न कठिन्याई भएको थियो ।
माथि उल्लेख तथा व्याख्या भएका दुई कारण नै राजस्व संकलनलाई प्रत्यक्ष प्रभाव पर्ने गरेको हुन्छ । यदपी विराटनगर भन्सारका प्रमुख शिव भण्डारी अवैध कममा संलग्न रहेको जनचर्चा डटकमले भने ठोस दावी गर्दैन ।

विभागीय स्रोतकाे प्रशङ्ग आर्थिक दैनिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]