१८ साउन २०८३, सोमबार
03-08-2026 , Mon
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

किन घट्दैछ विराटनगर भन्सारको राजस्व ? भन्सार प्रमुखको असक्षमता वा मिलेमतो ?

Logo

विराटनगर, वैशाख १
विराटनगर भन्सार कार्यलय पछिल्लो समय राजस्व संकलनमा असक्षम बनेको देखिएको छ । यसको मुख्य कारक विराटनगर भन्सारको प्रमुख शिव भण्डारीनै हुन् भन्ने बुझिएको छ । तथ्याङ अनुसार विराटनगर भन्सारले पछिल्लो चार महिनादेखि सरकारको लक्ष्य अनुसार राजस्व संकलन गर्न सकिरहेको छैन । जसका कारण भन्सार विभागले पनि विराटनगर भन्सारलाई आघोषित रुपमा असक्षम भनेर फिगरआउट गरीसकेको विभागीय स्रोत बताउँदछ ।

राजस्व संकलनको आकडा
चालू आर्थिक वर्षको मंसिर महिनामा तीन अर्ब ९५ करोड ४० लाखको लक्ष्य दिएकोमा विराटनगर भन्सारले दुई अर्ब ४६ करोड १६ लाख मात्र राजस्व सकंलन गरेको थियो । पुस महिनामा पनि केन्द्र सरकारले तीन अर्ब ८७ करोड २१ लाखको लक्ष्य तोकेकोमा विराटनगर भन्सारले दुई अर्ब १९ करोड २४ लाखमात्र राजस्व संकलन गरेको थियो ।
त्यसैगरी माघ महिनामा तीन अर्ब ६८ करोड ८९ लाखको लक्ष्य तोकेकोमा दुई अर्ब ८२ करोड ८० लाख विराटनगर भन्सारले संकलन गरेको थियो । त्यस्तै फागुन महिनामा पनि सरकारले दिएको लक्ष्यअनुसारको विराटनगर भन्सार राजस्व संकलन गर्न सकेन । फगुनमा लक्ष्यअनुसार तीन अर्ब ९६ करोड ६९ लाख राजस्व संकलन गर्नुपर्नेमा तीन अर्ब चार करोड ८२ लाख मात्रमा विराटनगर भन्सार सिमित भयो । यसरी तथ्याङले पनि विराटनगर भन्सारका प्रमुख शिव भण्डिर असक्षम भएको देखाएको छ ।
चैत पनि आंशिक रुपमा लकडाउन भएकाले, चैतमा पनि राजस्व संकलन गर्न नसकेको बाहान दिन भन्सार प्रमुख भण्डारीलाई अब सजिलो भएको छ ।

राजस्व घट्ने दुई कारण
पहिलो कारण, व्यापारी तथा तस्करहरुसँग भन्सार प्रमुखहरुको हुने अवैध लेनदेन (सेटिङ)ले समेत राजस्व असुलीलाई प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । विषेशगरी व्यापारीहरुले अन्य देशबाट मालसमानहरु नेपाल भित्र्याउदा भन्सार प्रमुखसँगको सेटिङमा मालसामानहरुको मुल्याङ्कन घटाउने वा समानहरुको परिणाम कम देखाएर राजस्व कम तिर्ने गर्दछन् । एकआत पटक मात्र अवैध लेनदेन हुदा समेत राजस्वमा घटेको खासै देखिदैन तर उक्त क्रियाकपालप संस्थागत ढंगले बराम्वार हुने गरेको छ भने निरन्तर रुपमा राजस्व घट्ने गर्दछ । विराटनगर भन्सारको राजस्व पनि पछिल्लो चार महिनादेखि घटिरहेको देखिन्छ । राजस्वको घटि रहेका तथ्याङले पनि कतै विराटनगर भन्सारका प्रमुख शिव भण्डारी अवैध करोबार तिर त लागेको छैनन् ? भन्ने प्रश्न आम जनमानसमा उब्जाएको छ ।
दास्रो कारण, असक्षता । भन्सार प्रमुख असक्षम हुदा कुनै पनि नाकाको राजस्व संकलनलाई प्रत्यक्ष प्रभाव पर्ने गर्दछ । भन्सार प्रमुखले आर्को देशको वा अफ्नै देशको विभिन्न निकाय विच समन्यवनको गर्न नसक्दा मालसमान ल्याउन अबरोध सिर्जना हुदछ । उक्त अवरोध सिर्जना भए व्यापारीहरुको आयत गर्ने मनोबल घट्दछ र आयत अनि राजस्व दुवै घट्ने गर्दछ । विराटनगर भन्सारको प्रमुखले समन्यवन गर्न नसकेको कारण लडकडाउनको शुरुवाती दिनहरुमा भन्सार एजेण्ट तथा काम गर्ने श्रमीकहरुलाई आवतजावत गर्न कठिन्याई भएको थियो ।
माथि उल्लेख तथा व्याख्या भएका दुई कारण नै राजस्व संकलनलाई प्रत्यक्ष प्रभाव पर्ने गरेको हुन्छ । यदपी विराटनगर भन्सारका प्रमुख शिव भण्डारी अवैध कममा संलग्न रहेको जनचर्चा डटकमले भने ठोस दावी गर्दैन ।

विभागीय स्रोतकाे प्रशङ्ग आर्थिक दैनिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]

५ साउन, काठमाडौं । बिल लिने बानीलाई प्रोत्साहन दिन सरकारले नगद पुरस्कार योजना ल्याएको छ । अर्थ मन्त्रालयले “करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३” जारी गरी यो व्यवस्था लागू गरेको हो । योजनाअनुसार हरेक दिन एक जना उपभोक्ताले १ लाख ३३ हजार ३४ रुपैयाँ जित्नेछन् भने महिनामा दुई पटक हुने बम्पर उपहारमा दुई जनाले […]