२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

लकडाउनमा स्मार्टको राहत प्याकेज

Logo

काठमाडौं, वैशाख १६

दूरसञ्चार सेवा प्रदायक स्मार्ट टेलिकमले विश्वव्यापी महामारीका रुपमा रहेको कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी) को समयमा समस्यामा परेका ग्राहकहरुका लागि विशेष राहत प्याकेज घोषणा गरेको छ । बन्दाबन्दीका कारण फोनमा ब्यालेन्स नभएका (रिचार्ज गर्न नपाएका ) प्रयोगकर्ताका लागि राहत प्याकेज विशेष सहयोगी हुने आशा स्मार्टले गरेको छ । सामाजिक उत्तरदायित्वका (सी एस आर) रुपमा स्मार्टले आफ्नो फोनमा शून्य व्यालेन्स भएका प्रयोगकर्ताका लागि ३० मिनेट अन नेट र ३०० एमबी डाटा (फोरजी) निःशुल्क उपलब्ध गराइरहेको छ । यो अफरको समय ३० दिन निर्धारण गरिएको छ ।

यसैगरी लकडाउनमा घरै बसेर काम गरिरहेका ग्राहकहरुका लागि बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मका लागि रु. २९९ रुपैयाँंमा  ३० दिनका लागि ४५ जिबी डाटा उपलब्ध गराएको छ । त्यस्तै ७६.७५ रुपैयाँमा एक साताका लागि ३ जिबी डाटा उपलब्ध गराएको र साथै स्मार्टदेखि स्मार्टमा फोन गर्दा भने एक साताका लागि कुनै शुल्क नलाग्ने स्मार्टले जनाएको छ । स्मार्टले नेपालको ग्रामीण भेगमा सेवा प्रदान गर्दै आएको छ । सन् २०१३ मा स्मार्टले युनिफाइड लाइसेन्स प्राप्त गरेको थियो । स्मार्टले सन् २००८ देखि नै नेपालको ग्रामीण भागमा आफ्नो सेवा सुरु गरिसकेको थियो । स्मार्ट नेपालको तेस्रो ठूलो दूरसञ्चार सेवा प्रदायक संस्था हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]