१२ जेठ २०८३, मंगलबार
26-05-2026 , Tue
Gold Silver Price (Jestha 11, 2083, MON)
Fine Gold 1 Tola NRs. 293300
Silver 1 Tola Nrs. 5165

विराटनगरमा बरामद भएको १ करोड बढी अवैध भारतिय रुपैयाँ, सार्वजनिक हुनुभन्दा अघि गोलमाल भएको आशंका

Logo

विराटनगर, वैशाख २४
नेपालको पुर्वी नाका विराटनगरबाट बरामद भएको एक कारोडभन्दा बढी अवैध भारतिय रुपैयाँ सार्वजनिक हुनुभन्दाअघि गोलमाल भएको आशंका उत्पन्न भएको छ । मंगलबार विराटनगरको एकिकृत जाँच चौकीबाट पक्राउ परेको एक भारतिय ट्रकमा स्राते नखुलेको १ करोड ९ लाख ७९ हजार ७ सय ३० भारतिय रुपैयाँ बरामद भएको थियो । बरामद भएको पैशाको अकाडा हेर्दा केहि रकम गायब भएको हुनसक्ने अनुमान गरिएको छ । लामो समयदेखि आर्थिक अपराध क्षेत्रमा कलम चलाउदै आएका एक पत्रकार भन्छन् “कसैले पनि ठुलो मात्रमा पैशा पठाउदा रकमको आकडा पुरापुरी मिलेको हुन्छ । जस्तो १ करोड १० लाख, १ करोड ५० लाख । तर १ करोड ९ लाख ७९ हजार यो रकम अलिक पुरापुरी भएन । कसैले केही रकम गायब गरेको हुनसक्ने स्वाभाविक रुपमा आशंका उब्जन्छ ”

निरिक्षक कार्की

उक्त अवैध रकमसहितको ट्रकलाई शसस्त्र प्रहरीका निरिक्षक अनिल कार्कीको टोलीले पक्राउ गरेको बुझिएको छ । निरिक्षक कार्किकै टोलीले ट्रकमा शंकास्पद वस्तु देखेपछि उक्त चिजलाई खोतलने क्रममा अवैध पैशा भेटाएको थियो । तर प्रहरीले उठाएको उक्त कदम कानुनः गलत भएको कानुनविद बताउँदछन् । प्रहरीले एकलौटी ढंगबाट कुनैपनि शंकास्पद वस्तु खोतालखुतुल गरे त्यहाँ गोलमाल हुनसक्ने जनाकारहरु बताउँदछन् ।

भन्सार ऐन अनुसार कुनै पनि शंखास्पद पार्सल बरामद भएको खण्डमा भन्सार कार्यलय प्रतिनिधि र राजस्वको प्रतिनिधिलाई राखेर मात्र मुचुल्का उठाउन पाउने प्रावधान छ । भन्सार र राजस्वका प्रतिनिधिको उपस्थिती बिना प्रहरीले एकलौटी ढंगबाट बरामद भएको बस्तुलाई कुनैपनि खोल्को छडेखानी गर्न कानुनले बन्देज लगाएको छ । उक्त कानुनी प्रावधानको बारेमा प्रहरी जनकार हुदाहुदै पनि एकलौटी ढंगबाट कदम उठाउनुले पनि प्रहरी नियत र कार्यशैलीमा माथि ठुलो प्रश्न चिन्ह खडा गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, जेठ ११। लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आज पनि तातो दिन र तातो लहर चल्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। दिपायल, धनगढी र नेपालगञ्जमा तातो हावाको लहर चल्नेछ। दिपायलको अधिकतम तापक्रम ३८–४० डिग्री सेल्सियस भने धनगढी र नेपालगञ्जको ३९–४१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। भैरहवा, घोराही र वीरेन्द्रनगरमा पनि तातो दिन हुनेछ। भैरहवाको तापक्रम […]

काठमाडौं, जेठ ११। नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा लागू गोलाप्रथा हटाउने तयारीको विरोध गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गोलाप्रथाको सट्टा प्रधानन्यायाधीशले पेशी तोक्ने व्यवस्था आए न्यायपालिका राजनीतिक प्रभावमा पर्ने चेतावनी दिए । यस्तो व्यवस्था आयो भने सशक्त आन्दोलन गर्ने उनको घोषणा छ । मिश्रले प्रधानन्यायाधीश नियुक्तिमा पनि […]

विराटनगर, जेठ ४ । बिराटनगरस्थित कान्तिपुर कलेजले आइतबार सञ्चालन गरेको कक्षा ११ को प्रवेश परीक्षामा ठूलो संख्यामा विद्यार्थीहरू सहभागी भएका छन्। एसईई परीक्षाको नतिजा प्रकाशित भएलगत्तै भर्ना प्रक्रिया खुला गरिएको थियो। प्रवेश परीक्षामा बिराटनगरका साथै आसपासका जिल्ला र  विभिन्न प्रदेशबाट विद्यार्थीहरू सम्मिलित भएकाे कलेजले जनाएको छ। विद्यार्थीहरूको व्यापक सहभागिताले संस्थालाई उत्साहित बनाएको कलेजका प्रिन्सिपल भुवन […]