१७ आषाढ २०८२, मंगलबार
01-07-2025 , Tue
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

विराटनगरमा अनलाईन कक्षासंचालनको नाममा लुट, प्ले ग्रुपसँग पनि चर्को शुल्क माग

सरकारको निर्देशन विपरित
Logo
प्रकाशित आइतबार, जेठ ०४, २०७७

विराटनगर, जेठ ४
सरकारको निर्देशनविपरित विराटनगरका निजि विद्यालयहरुले अनलाईन कक्षा संचालनको नाममा अभिभावकबाट मनपरी शुल्क उठाइरहेको खुलासा भएको छ । सरकारले वैशाख २२ गते परिपत्रनै जारी गरी आनलाईन कक्षा संचालनको नाममा विद्यार्थीको अभिभावकसँग रकम नलिन देशका सबै विद्यालयहरुलाई निर्देशन दिईसकेको छ । साथै लडडाउनको अवधिमा एडमिसन फिस लागाएत कुनैपनि किसिमको रकम अभिभावकसँग माग नगर्न समेत परिपत्रमा भनिएको छ ।

नर्सरीकाे बच्चालाइ पनि अनलाइन कक्षामा भर्ती गराउन विद्यालयकाे दवाव, शुल्क १२५०० (भिडियाे)


तर उक्त निर्देशन विराटनगरका ठुला निजि विद्यालयबाटै उल्घंन भएको छ । विराटनगरको लिलिपुट स्कुलले विद्यार्थीको अभिभावकसँग अनलाईन कक्षाको संचालनको लागी १२ हजार ५ सय रुपैयाँ एभान्स माग गरेको छ । लिलिपुट विद्यालयबाहेक अरु विद्यालयहरुले पनि एडमिसनको लागी अभिभावकलाई किचकिच गरिरहेको गुसानो आउन थालेको छ । विद्यायहरुले ह्वाटएपमार्फत विभिन्न शिर्षकमा विद्यार्थीको अभिभावकसँग पैशा माग गरिरहेको पाईएको छ ।

यहाँ किलिक् गर्नुहाेस्  :  लिलिपुटले ह्वाटएपमार्फत पैशा माग गरेकाे व्हाेहरा

प्ले ग्रुपपसँग पनि फि अशुल
विराटनगरको लिलिपुट स्कुलले अनलाईन कक्षा संचालको नाममा प्ले ग्रुपका विद्यार्थीका अभिभावकसँग समेत १२ हजार पाँच सय माग गरेको छ । विद्यालयको उक्त हर्कत देखेर विद्यार्थिका अभिभावक समेत चकित परेका छन् । “कुकुरले गु पनि  खान नपाईकन, विद्यालयको संचालकले अनलाईन संचालनको लागी पैशा चाहियो भन्दै म्यासेज पठाए” एक अभिभावकले झन्किदै भने “मान्छेलाई दुई छाक कसरी टार्नु भइरहेको अवस्थामा अनेक बाहनामा पैशा माग्नु राम्रो कुरा होईन” । लिलिपुट स्कुलका संचालक चिरञ्जीवी तिम्सीना हुन् । सरोकारवालापक्षसँग छलफल नगरी कक्षा संचालन गर्न लागेपछि विद्यार्थिको अभिभावक समेत विद्यालयसँग रुष्ट बनेका छन् ।
सरकारले विद्यालयहरुलाई गरेको परिपत्रमा एक महिनाको फिसबाहेक सबै प्रकारको शुल्क छुट दिन प्रष्ट भनेको छ । नियमन गर्ने अधिकारकार पाएको विराटनगर महानगरपालिका भने उक्त विषयमा बेखबर र मौन छ । विराटनगर महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख दर्गा खतिवडाले हालसम्म त्यस्तो कुनै पनि खाल्को गुनासो नआएको बताएका छन् ।

लिलिपुटले ह्वाटएपमार्फत पैशा माग गरेकाे व्हाेहरा

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, १४ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता सार्वजनिक गरेको छ । आज (शुक्रबार) बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्नेबारे निर्णय गरेको थियो । गत चैत ७ गतेबाट सञ्चालन भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार […]

विराटनगर २८ जेठ : विराटनगर महानगरपालिकाले केही दिनदेखि बढेको अत्यधिक गर्मीलाई मध्यनजर गर्दै महानगरभित्र सञ्चालित सम्पूर्ण विद्यालयहरूलाई तीन दिनका लागि बन्द गर्न निर्देशन दिएको छ। प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलले एक सूचनामार्फत जेठ २८ देखि ३० गतेसम्म विद्यालयमा पठनपाठन बन्द गराउन आग्रह गरेका हुन् । महानगरपालिकाद्वारा विद्यालयहरूलाई पठाइएको पत्रमा भनिएको छ,’प्रस्तुत विषयमा केही दिनदेखि बढेको अत्यधिक […]

विराटनगर, जेठ ७ समाेबार विराटनगरको सगरमाथा सेकेन्डरी बोर्डिङ स्कूलले नयाँ शैक्षिक सत्र २०८२ मा भर्ना भएका ३२३ जना नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै सबै कक्षाका मनिटर चयन गरेको छ।