२० साउन २०८३, बुधबार
05-08-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगरमा अनलाईन कक्षासंचालनको नाममा लुट, प्ले ग्रुपसँग पनि चर्को शुल्क माग

सरकारको निर्देशन विपरित
Logo

विराटनगर, जेठ ४
सरकारको निर्देशनविपरित विराटनगरका निजि विद्यालयहरुले अनलाईन कक्षा संचालनको नाममा अभिभावकबाट मनपरी शुल्क उठाइरहेको खुलासा भएको छ । सरकारले वैशाख २२ गते परिपत्रनै जारी गरी आनलाईन कक्षा संचालनको नाममा विद्यार्थीको अभिभावकसँग रकम नलिन देशका सबै विद्यालयहरुलाई निर्देशन दिईसकेको छ । साथै लडडाउनको अवधिमा एडमिसन फिस लागाएत कुनैपनि किसिमको रकम अभिभावकसँग माग नगर्न समेत परिपत्रमा भनिएको छ ।

नर्सरीकाे बच्चालाइ पनि अनलाइन कक्षामा भर्ती गराउन विद्यालयकाे दवाव, शुल्क १२५०० (भिडियाे)


तर उक्त निर्देशन विराटनगरका ठुला निजि विद्यालयबाटै उल्घंन भएको छ । विराटनगरको लिलिपुट स्कुलले विद्यार्थीको अभिभावकसँग अनलाईन कक्षाको संचालनको लागी १२ हजार ५ सय रुपैयाँ एभान्स माग गरेको छ । लिलिपुट विद्यालयबाहेक अरु विद्यालयहरुले पनि एडमिसनको लागी अभिभावकलाई किचकिच गरिरहेको गुसानो आउन थालेको छ । विद्यायहरुले ह्वाटएपमार्फत विभिन्न शिर्षकमा विद्यार्थीको अभिभावकसँग पैशा माग गरिरहेको पाईएको छ ।

यहाँ किलिक् गर्नुहाेस्  :  लिलिपुटले ह्वाटएपमार्फत पैशा माग गरेकाे व्हाेहरा

प्ले ग्रुपपसँग पनि फि अशुल
विराटनगरको लिलिपुट स्कुलले अनलाईन कक्षा संचालको नाममा प्ले ग्रुपका विद्यार्थीका अभिभावकसँग समेत १२ हजार पाँच सय माग गरेको छ । विद्यालयको उक्त हर्कत देखेर विद्यार्थिका अभिभावक समेत चकित परेका छन् । “कुकुरले गु पनि  खान नपाईकन, विद्यालयको संचालकले अनलाईन संचालनको लागी पैशा चाहियो भन्दै म्यासेज पठाए” एक अभिभावकले झन्किदै भने “मान्छेलाई दुई छाक कसरी टार्नु भइरहेको अवस्थामा अनेक बाहनामा पैशा माग्नु राम्रो कुरा होईन” । लिलिपुट स्कुलका संचालक चिरञ्जीवी तिम्सीना हुन् । सरोकारवालापक्षसँग छलफल नगरी कक्षा संचालन गर्न लागेपछि विद्यार्थिको अभिभावक समेत विद्यालयसँग रुष्ट बनेका छन् ।
सरकारले विद्यालयहरुलाई गरेको परिपत्रमा एक महिनाको फिसबाहेक सबै प्रकारको शुल्क छुट दिन प्रष्ट भनेको छ । नियमन गर्ने अधिकारकार पाएको विराटनगर महानगरपालिका भने उक्त विषयमा बेखबर र मौन छ । विराटनगर महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख दर्गा खतिवडाले हालसम्म त्यस्तो कुनै पनि खाल्को गुनासो नआएको बताएका छन् ।

लिलिपुटले ह्वाटएपमार्फत पैशा माग गरेकाे व्हाेहरा

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१२ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा भएको घटनासँगै सुरु भएको विरोध प्रदर्शनका कारण विराटनगरका विद्यालय तथा शैक्षिक संस्थाहरू बन्द भएका छन् ।आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच झडप भएको थियो । यसलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एक स्थानीय बासिन्दाको ज्यान गएको थियो भने थप ९ जना घाइते भएका थिए । यही घटनाको […]

विराटनगर, जेठ ४ । बिराटनगरस्थित कान्तिपुर कलेजले आइतबार सञ्चालन गरेको कक्षा ११ को प्रवेश परीक्षामा ठूलो संख्यामा विद्यार्थीहरू सहभागी भएका छन्। एसईई परीक्षाको नतिजा प्रकाशित भएलगत्तै भर्ना प्रक्रिया खुला गरिएको थियो। प्रवेश परीक्षामा बिराटनगरका साथै आसपासका जिल्ला र  विभिन्न प्रदेशबाट विद्यार्थीहरू सम्मिलित भएकाे कलेजले जनाएको छ। विद्यार्थीहरूको व्यापक सहभागिताले संस्थालाई उत्साहित बनाएको कलेजका प्रिन्सिपल भुवन […]

विराटनगर, फागुन १५ । विराटनगरस्थित कान्तिपुर स्कुलले आफ्नो स्थापनाको ११ वर्ष पूरा भएको उपलक्ष्यमा तीनदिने वार्षिकोत्सव तथा अभिभावक दिवसको आयोजना गरेको छ । स्कुल परिसरमा बिहिबारदेखि शुरु भएको यस उत्सवको विधिवत उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सम्पन्न गरे । उद्घाटन समारोहमा बोल्दै मेयर कोइरालाले वर्तमान समयमा विद्यार्थीलाई आर्टिफिसियल इन्टेलिजेन्ससहित आधुनिक प्रविधिसँग परिचित गराउनु विद्यालयको […]