११ आषाढ २०८३, बिहिबार
25-06-2026 , Thu
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

तलब नदिएको भन्दै अस्पताल संचालक एवं कालोबजारी राजेश अग्रवालको घर घेराउ

Logo

विराटनगर, जेठ २१
पाँच महिनादेखि तलब नदिएको भन्दै विराटनगरमा रहेको श्री अस्पतालका कर्मचारीहरुले अस्पतालका संचालक राजेश अग्रवालको घर घेराउ गरेका छन् । सोमबार तलब नपाएको कर्मचारीहरु एकठित भई विराटनगरको बुद्धचौकमा रहेको संचालक अग्रवालको घर घेराउ गरेका हुन् ।
श्री अस्पतालमा हाल स्वास्थ्यकर्मी समेत गरी ४३ कर्मचारी कार्यरत्त छन् । लकडाउनको कारण आर्थिक अवस्था खस्किएकाले कर्मचारीलाई तलब दिन नसकेको संचालक अग्रवालको भनाई छ ।
आर्को तिर विगतका पाँच महिनादेखि कसैले पनि तलब नपाएकाे कर्मचारीहरुको गुनासो छ । अस्पतालले लकडाउनभन्दा तिन महिना अघिबाट नै तलब दिन छोडेको बताउदै पिडित कर्मचारीहरुले यो अस्पतालको बाध्यता भन्दा दमन गर्ने रणनिति भएको बताएका छन् ।
अग्रवालको मास्क कालोबजारी काण्ड
यीनै, श्री अस्पतालका संचालक राजेश अग्रवाललाई भर्खरै मात्र मास्क कालोबजारी गरेको कसुरमा वाणिज्य मोरङले ३ लाख जारिवाना गराएको थियो । चैत ९ गते, विराटनगरमै अग्रवालले संचालन गरेको श्री सर्जी इम्पेक्सबाट लुकाएर राखेको अवस्थामा ११ हजार ३ सय ५० पिस मास्क सरकारी अनुगमन टोलीले भेट्टाएपछि अग्रवाललाई जरिवाना गराईएको थियो ।
तर कानुनअनुसार अतिआवश्यक समान जम्माखोरी गर्नेलाई १० लाखसम्म जरिवाना र १ वर्षसम्म कैद वा दुवै हुने प्रावधान छ । उक्त मुद्दा हेर्ने अधिकार प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मा निहित छ तर कानुन अनुसार मोरङका प्रजिअले अग्रवाललाई हालसम्म दण्डित गर्न सकेका छैनन् ।
अग्रवालको पृष्ठिभुमि ( स्रोतका अनुसार )
करिब १५ वर्षअघि श्री सर्जी इम्पेक्स संचालनमा ल्याएसगै राजेश अग्रवालको भाग्य उदय भएको थियो । (१५ वर्षअघि) तत्कालिन समयमा सर्जिकल सामान बच्ने अरु कोही व्यापारी नभएकाले पुर्वक्षेत्रमा श्रीसर्जीको एक छत्र राज थियो ।
व्यापारमा एकछत्र राज भएकाले उही बेलादेखि नै सार्जिकल समानहरुको अधिक्तम मुल्य वृद्धि गरेर अग्रवालले अकुत अवैध धन आर्जन गरिरहेका थिए । ५/७ वर्षपछि सर्जिकल क्षेत्रमा अन्य प्रतिस्प्रधिहरु समेत बजारमा उत्रिएपछि अग्रवालको कालोधन्धाका बिस्तारै आरालो लाग्दै ठप्प नै भयो ।
अग्रवालको कालोधन्धा ठप्प भएपनि उनको कालो नियत भने कहिले पनि अन्त्य भएन । त्यसलगतै उनले पुर्वका सरकारी अस्पातलहरुमा कर्मचारीसँग सेटिङ गरी श्री सर्जीमार्फत सर्जिकल समानहरु पठाउन थाले । उनले सरकारी अस्पतालमा समेत लामो समयसम्म महंगोमा समान दिएर अकुत अवैध आर्जन गरे ।
राजेश अग्रवालले ति अवैध धनले विराटनगरमै श्री अस्पताल खोले । भनिन्छ नि, हरामको कमाईले कहिले आराम दिदैन । त्यस्तै नै भयो राजेश अग्रवालसँग पनि । उनले संचालन गरेको श्री अस्पताल विराटनगरमा खासै जम्न सकेन । र अस्पताल विस्तारै घाटमा जान थाल्यो ।
विरामीहरुसँग मनोमानी पैशा असुलन र अस्पतालमा आउने लफडाहरु मिलाउन अग्रवालले केही राजनितिक पृष्ठभुमी भएका गुण्डाहरु समेत अस्तालमा खटाएका थिए । अस्पतालमा परिचित डाक्टरहरु नियुक्त गर्नुपर्ने ठाँउमा गुण्डाहरु नियुक्त गरेपछि, स्थानीय स्थरमा अस्पताल बदनाम बन्दै गयो ।
अस्पताल चल्न छोडेपछि, अग्रवालले कोभिड १९को बेला पैशा कमाउने नँया जुक्ति निकाले । उनले ठुलो मात्रामा माक्स र सेनिटाईजरलाई स्टकमा राखी अभावको वेला पाँच गुणासम्म महंगोमा बेचेर कालोबाजरी गर्न थाले । मक्सको कोलोबाजरी गर्ने शिलशिलामै अग्रवाल चैत ९ गते ११ हजार थान मास्कसहित पक्राउ समेत परेका थिए । उक्त माक्स उनैले संचालन गरेको श्री सर्जि इम्पेक्सबाट भेट्टिएको थियो । अन्य गोप्य गोदामहरु समेत अग्रवालले अहिले पनि ठुलो मात्रामा माक्स स्टकमा राखेको स्रोत दावी गर्दछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दिनेश खड्का, विराटनगर पर्यटन भनेपछि सामान्यतया हामी पहाड, हिमाल, ताल वा सांस्कृतिक सम्पदाको मात्र कल्पना गर्छौं, तर विश्वभरि नै “खाद्य पर्यटन” (Food/Culinary Tourism) एक छुट्टै र फस्टाउँदो पर्यटकीय आकर्षणको रूपमा स्थापित भइसकेको छ। कोशी प्रदेश नेपालको पूर्वी भागमा अवस्थित भौगोलिक रूपमै अत्यन्त विविधतापूर्ण प्रदेश हो। तराईको समथर भूभागबाट सुरु भएर पहाड हुँदै हिमाली शिखरसम्म फैलिएको […]

तस्बिर: निर्माणाधीन अरुण तेस्रो दिनेश खड्का । विराटनगर नेपाल विद्युत उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख हुँदै जाँदा देशको ऊर्जा नक्सामा कोशी प्रदेशको उपस्थिति दिनप्रतिदिन थप बलियो बन्दै गएको छ । केही वर्षअघिसम्म सीमित उत्पादन र पूर्वाधारको अभावका कारण सम्भावनाको प्रदेशका रूपमा मात्र चिनिने कोशी अहिले भने उत्पादन, लगानी, निर्माणाधीन आयोजना र भविष्यका सम्भावनाका हिसाबले देशकै अग्रपंक्तिमा उभिएको […]

काठमाडाैं, असार ४ । आर्थिक वर्ष २०८३/८४ को बजेट आज प्रतिनिधि सभाबाट पारित हुने तयारी पूरा भएको छ। सुचीअुनसार बिहान ११ बजेदेखि सुरु हुने सभा बैठकमा पारित प्रक्रिया अघि बढ्नेछ। बजेट पारित हुनुअघि प्रधानमन्त्री लगाएत गृह, अर्थ, शिक्षा तथा खेलकुद, विज्ञान तथा प्रविधि, कानुन तथा न्याय, पूर्वाधार विकास, ऊर्जा जलस्रोत, परराष्ट्र र रक्षामन्त्रीले आ–आफ्नो मन्त्रालयको […]