३१ भाद्र २०८२, मंगलबार
16-09-2025 , Tue
Gold Silver Price (22 Bhadra 2082, Sunday)
Fine Gold 1 Tola NRs. 212500
Silver 1 Tola Nrs. 2515

सतै प्रदेशको बजेट सार्वजनिक

Logo
प्रकाशित सोमबार, आषाढ ०१, २०७७

काठमाडौं, आसर १

आज देशका सातै प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ का लागी बजेट सार्वजनिक गरेको छ ।

प्रदेश १ बजेट : ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार

मोरङ — प्रदेश १ सरकारले आर्थिक वर्ष २०७७र७८ का लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट ल्याएको छ ।
बजेटमा चालुतर्फ १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार र पूँजिगततर्फ २१ अर्ब ९२ करोड ५० लाख ४ हजार विनियोजन गरिएको छ । प्रदेश १को सरकारले वित्त व्यवस्थातर्फ ४ करोड र अन्तर सरकारी वित्त हस्तान्तरणतर्फ २ अर्ब ८८ करोड ८२ लाख ४५ हजार विनियोजन गरेको छ ।
आयतर्फ आन्तरिक स्रोतबाट ४ अर्ब ७५ करोड ७ लाख ४७ हजार संकलन गर्ने प्रदेश सकारको लक्ष्य छ । त्यस्तै नगद मौज्दात ६ अर्ब, राजश्वबाँडफाँडबाट १० अर्ब ३ करोड ४५ लाख, अनुदानबाट १५ अर्ब ११ करोड ३८ लाख र अपुग ५ अर्ब बजेट नेपाल सरकारबाट ऋण लिने प्रदेश सरकारको योजना छ ।
आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशसभामा सोमबार प्रदेश १ को बजेट प्रस्तुत गरेका थिए ।

प्रदेश २ बजेट : ३३ अर्ब ५६ करोड ९ लाख ९६ हजार

अगामी आर्थिक वर्षका लागि प्रदेश २ सरकारले ३३ अर्ब ५६ करोड ९ लाख ९६ हजार रुपैयाँ विनियोजन गरेको छ ।
बजेटमा चालूतर्फ १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार र पुँजीतर्फ १७ अर्ब ९८ करोड ८२ लाख बजेट विनियोजन गरिएको छ ।
आन्तरिक स्रोत राजश्वबाट १२ अर्ब २४ करोड २८ लाख ६० हजार रुपैयाँ र नेपाल सरकारबाट अनुदान १३ अर्ब ४० करोड ५९ हजार संकलन गर्ने सरकारको योजना छ ।
आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले सोमबार प्रदेशसभामा बजेट प्रस्तुत गरेका थिए ।

(प्रदेश ३) बागमती प्रदेश बजेट : ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७र७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट ल्याएको छ ।
बजेटमा चालुतर्फ २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार विनियोजन गरिएको छ । पुँजीगततर्फ २५ अर्ब १४ करोड १ लाख ५९ हजार बजेट विनियोजन भएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले प्रदेशसभामा बजेट प्रस्तुत गरेका थिए ।

(प्रदेश ४) गण्डकी प्रदेश बजेट: ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७र०७८ का लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँको बजेट ल्याएको छ ।
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेशसभामा बजेट प्रस्तुत गरेका थिए । बजेटमा चालूतर्फ १४ अर्ब ३४ करोड ५६ लाख ८४ हजार र पुँजीगततर्फ १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार बजेट विनियोजन गरिएको छ ।
प्रदेश सरकारले पहिलोपटक वित्तीय व्यवस्थापनतर्फ ५० करोड बजेट विनियोजन गरेको छ ।
वित्तीय समानीकरण अनुदान ७ अर्ब ११ करोड २६ लाख, सशर्त अनुदान ४ अर्ब २० करोड ८४ लाख, समपूरक अनुदान १ अर्ब ५७ करोड ३७ लाख , रोयल्टीबाट ३० करोड, आन्तरिक राजस्वबाट ४ अर्ब ६० करोड ८५ लाख ६० हजार संकलन गर्ने सरकारको योजना रहेको छ ।

प्रदेश ५ बजेट: ३६ अर्ब ३५ करोड २५ रुपैयाँ
प्रदेश ५ सरकारले आर्थिक वर्ष ०७७र०७८ का लागि ३६ अर्ब ३५ करोड २५ रुपैयाँको बजेट ल्याएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले सोमबार प्रदेशसभा वैठकमा बजेट प्रस्तुत गरेका हुन् । चालुतर्फ १२ अर्ब ५९ करोड २४ लाख ९८ हजार र पुँजीगततर्फ १८ अर्ब ६१ करोड ९९ लाख ५२ हजार र वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब १४ करोड ५० हजार रुपैयाँ रहेको छ ।
स्रोतमा राजश्व बाँडफाँटबाट ११ अर्ब ३४ करोड २ लाख, आन्तरिक राजश्वबाट २ अर्ब ३ करोड ७५ लाख, रोयल्टी बाँडफाँटबाट ८८ करोड ५६ लाख, वित्तीय समानीकरण अनुदान १७ अर्ब ६३ करोड ७१ लाख, सशर्त अनुदानबाट ५ अर्ब ८८ करोड ३६ लाख समपूरक अनुदानबाट ४८ करोड ३३ विशेष अनुदानबाट २१ करोड रुपैयाँ रहेको छ । आन्तरिक ऋणबाट १ अर्ब र नेपाल सरकारसँगको ऋणबाट १ अर्ब ऋण लिने भएको छ ।

(प्रदेश ६) कर्णाली प्रदेश बजेट : ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार
कर्णाली प्रदेश सरकाले आगीमी अर्थिक वर्षको लागी ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँको बजेट ल्याएको छ । पुँजीगततर्फ १९ अर्ब ६ करोड ९१ लख २१ हजार र चालुतर्फ ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार रहेको छ ।
सोमबार प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले उक्त बजेट पेश गरेका थिए ।

प्रदेश ७ सुदूरपश्चिम प्रदेश बजेट: ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजार
सुदूरपश्चिम प्रदेश सरकारले ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजारको बजेट ल्याएको छ । प्रस्तुत बजेटमा १४ अर्ब १८ करोड ७८ लाख चालु र १६ अर्ब ७२ करोड ८४ लाख पुँजीगत बजेट रहेको छ ।
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहरा बजेट प्रस्तुत गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]

काठमाडौं, साउन ६। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गठाघर, भक्तपुर शाखामा कार्यरत कर्मचारी शान्ति राईले बीमा क्षेत्रमा ऐतिहासिक सफलता हासिल गरेकी छिन्। उनले सन् २०२६ को पहिलो मिलियन डलर राउन्ड टेबल (एमडीआरटी) सदस्यताको उपाधि प्राप्त गरेकी हुन्। यस उपलब्धिसँगै राईले नेपाली बीमा क्षेत्रमा नयाँ मापदण्डी स्थापना गरेकी छिन्। उनका अनुसार आफ्नो यो सफलताले केवल व्यक्तिगत […]