१८ साउन २०८३, सोमबार
03-08-2026 , Mon
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

सतै प्रदेशको बजेट सार्वजनिक

Logo

काठमाडौं, आसर १

आज देशका सातै प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ का लागी बजेट सार्वजनिक गरेको छ ।

प्रदेश १ बजेट : ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार

मोरङ — प्रदेश १ सरकारले आर्थिक वर्ष २०७७र७८ का लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट ल्याएको छ ।
बजेटमा चालुतर्फ १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार र पूँजिगततर्फ २१ अर्ब ९२ करोड ५० लाख ४ हजार विनियोजन गरिएको छ । प्रदेश १को सरकारले वित्त व्यवस्थातर्फ ४ करोड र अन्तर सरकारी वित्त हस्तान्तरणतर्फ २ अर्ब ८८ करोड ८२ लाख ४५ हजार विनियोजन गरेको छ ।
आयतर्फ आन्तरिक स्रोतबाट ४ अर्ब ७५ करोड ७ लाख ४७ हजार संकलन गर्ने प्रदेश सकारको लक्ष्य छ । त्यस्तै नगद मौज्दात ६ अर्ब, राजश्वबाँडफाँडबाट १० अर्ब ३ करोड ४५ लाख, अनुदानबाट १५ अर्ब ११ करोड ३८ लाख र अपुग ५ अर्ब बजेट नेपाल सरकारबाट ऋण लिने प्रदेश सरकारको योजना छ ।
आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशसभामा सोमबार प्रदेश १ को बजेट प्रस्तुत गरेका थिए ।

प्रदेश २ बजेट : ३३ अर्ब ५६ करोड ९ लाख ९६ हजार

अगामी आर्थिक वर्षका लागि प्रदेश २ सरकारले ३३ अर्ब ५६ करोड ९ लाख ९६ हजार रुपैयाँ विनियोजन गरेको छ ।
बजेटमा चालूतर्फ १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार र पुँजीतर्फ १७ अर्ब ९८ करोड ८२ लाख बजेट विनियोजन गरिएको छ ।
आन्तरिक स्रोत राजश्वबाट १२ अर्ब २४ करोड २८ लाख ६० हजार रुपैयाँ र नेपाल सरकारबाट अनुदान १३ अर्ब ४० करोड ५९ हजार संकलन गर्ने सरकारको योजना छ ।
आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले सोमबार प्रदेशसभामा बजेट प्रस्तुत गरेका थिए ।

(प्रदेश ३) बागमती प्रदेश बजेट : ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७र७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट ल्याएको छ ।
बजेटमा चालुतर्फ २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार विनियोजन गरिएको छ । पुँजीगततर्फ २५ अर्ब १४ करोड १ लाख ५९ हजार बजेट विनियोजन भएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले प्रदेशसभामा बजेट प्रस्तुत गरेका थिए ।

(प्रदेश ४) गण्डकी प्रदेश बजेट: ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७र०७८ का लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँको बजेट ल्याएको छ ।
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेशसभामा बजेट प्रस्तुत गरेका थिए । बजेटमा चालूतर्फ १४ अर्ब ३४ करोड ५६ लाख ८४ हजार र पुँजीगततर्फ १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार बजेट विनियोजन गरिएको छ ।
प्रदेश सरकारले पहिलोपटक वित्तीय व्यवस्थापनतर्फ ५० करोड बजेट विनियोजन गरेको छ ।
वित्तीय समानीकरण अनुदान ७ अर्ब ११ करोड २६ लाख, सशर्त अनुदान ४ अर्ब २० करोड ८४ लाख, समपूरक अनुदान १ अर्ब ५७ करोड ३७ लाख , रोयल्टीबाट ३० करोड, आन्तरिक राजस्वबाट ४ अर्ब ६० करोड ८५ लाख ६० हजार संकलन गर्ने सरकारको योजना रहेको छ ।

प्रदेश ५ बजेट: ३६ अर्ब ३५ करोड २५ रुपैयाँ
प्रदेश ५ सरकारले आर्थिक वर्ष ०७७र०७८ का लागि ३६ अर्ब ३५ करोड २५ रुपैयाँको बजेट ल्याएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले सोमबार प्रदेशसभा वैठकमा बजेट प्रस्तुत गरेका हुन् । चालुतर्फ १२ अर्ब ५९ करोड २४ लाख ९८ हजार र पुँजीगततर्फ १८ अर्ब ६१ करोड ९९ लाख ५२ हजार र वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब १४ करोड ५० हजार रुपैयाँ रहेको छ ।
स्रोतमा राजश्व बाँडफाँटबाट ११ अर्ब ३४ करोड २ लाख, आन्तरिक राजश्वबाट २ अर्ब ३ करोड ७५ लाख, रोयल्टी बाँडफाँटबाट ८८ करोड ५६ लाख, वित्तीय समानीकरण अनुदान १७ अर्ब ६३ करोड ७१ लाख, सशर्त अनुदानबाट ५ अर्ब ८८ करोड ३६ लाख समपूरक अनुदानबाट ४८ करोड ३३ विशेष अनुदानबाट २१ करोड रुपैयाँ रहेको छ । आन्तरिक ऋणबाट १ अर्ब र नेपाल सरकारसँगको ऋणबाट १ अर्ब ऋण लिने भएको छ ।

(प्रदेश ६) कर्णाली प्रदेश बजेट : ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार
कर्णाली प्रदेश सरकाले आगीमी अर्थिक वर्षको लागी ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँको बजेट ल्याएको छ । पुँजीगततर्फ १९ अर्ब ६ करोड ९१ लख २१ हजार र चालुतर्फ ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार रहेको छ ।
सोमबार प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले उक्त बजेट पेश गरेका थिए ।

प्रदेश ७ सुदूरपश्चिम प्रदेश बजेट: ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजार
सुदूरपश्चिम प्रदेश सरकारले ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजारको बजेट ल्याएको छ । प्रस्तुत बजेटमा १४ अर्ब १८ करोड ७८ लाख चालु र १६ अर्ब ७२ करोड ८४ लाख पुँजीगत बजेट रहेको छ ।
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहरा बजेट प्रस्तुत गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]

५ साउन, काठमाडौं । बिल लिने बानीलाई प्रोत्साहन दिन सरकारले नगद पुरस्कार योजना ल्याएको छ । अर्थ मन्त्रालयले “करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३” जारी गरी यो व्यवस्था लागू गरेको हो । योजनाअनुसार हरेक दिन एक जना उपभोक्ताले १ लाख ३३ हजार ३४ रुपैयाँ जित्नेछन् भने महिनामा दुई पटक हुने बम्पर उपहारमा दुई जनाले […]