१० आषाढ २०८३, बुधबार
24-06-2026 , Wed
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

उद्योग वाणिज्य महासंघको निर्वाचन : प्रधानका लागि फलामको चिउरा

Logo

विराटनगर, साउन २
नेपाल उद्योग वाणिज्य महासंघको आगामी २५ र २६ गते हुने निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष पदमा किशोर प्रधानले उम्मेदवारी घोषणा गरेपछि अहिले प्रदेश १ को सुनसरी मोरङ औद्योगिक करिडोरमा चुनावी सरगर्मी सुरु भएको छ । प्रधानले उद्योग वाणिज्य माहासंघको भावी अध्यक्षलाई राखेर आफ्नो उम्मेदवारी घोषणा गर्दा भावी अध्यक्ष हुने निश्चित भएका शेखर गोल्छाका लागि आगामी कार्यकाल फलामको चिउरा हुने तर्क सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगीहरूको छ ।

उद्योग वाणिज्य महासंघको आगामी कार्यकालका लागि आफ्ना भावी अध्यक्ष शेखर गोल्छालाई अगाडि राखेर प्यानलसहितको उम्मेदवारी घोषणा गरेका प्रधानको विगत भने कहालिलाग्दो भएको सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगी एवं व्यवसायीको भनाइ छ । २०५१ सालमा मोरङको तत्कालीन टंकीसिनवारी गाविस हाल बुढीगंगा गाउँपालिकामा विराट फर्मा ल्याव प्रालि सञ्चालन गरी उद्योग संगठन मोरङमा प्रवेश गरेका किशोर प्रधानको औद्योगिक एवं व्यावसायिक क्षेत्रमा खासै प्रभाव नभएको जानकारी व्यावसायिक स्रोतले दिएको छ ।

चाकडी र चाप्लुसीमा विज्ञजस्तै नै बनेका प्रधानले आफूले सञ्चालन गरेको विराट फर्मा ल्याव प्रालिको व्यानरबाट उद्योग संगठन मोरङको महासचिवदेखि प्रथम उपाध्यक्ष हुँदै २०६१ सालमा मोरङ उद्योग संगठनको अध्यक्ष नै हातपार्न सफल भए । त्यसबेला लामो समय विराट फर्मा ल्याव प्रालि सञ्चालन गर्न नसकेपछि बैंकको ऋण बुझाउन समस्या भएसँगै ऋण चुक्ताका लागि भन्दै उद्योग नै बन्द गराएर सोही ठाउँमा केटीएम क्वालिटी गार्मेन्ट सञ्चालन गरेका थिए । तर उक्त गार्मेन्ट पनि लामो समय चल्न नसकेपछि उक्त उद्योग बिक्री गरी उद्योग सञ्चालन भएको जग्गा बिक्री गरी विराटनगर छोडेर काठमाडौँ नै बसी उद्योगी व्यवसायीको छाता संगठन उद्योग वाणिज्य महासंघमा राजनीति गर्न थाले । उनले सञ्चालन गरेको विराट फर्मा र केटीएम क्वालिटी गार्मेन्ट उद्योग रहेको बुढीगंगा गाउँपालिकाको जग्गा अहिले विराट मेडिकल कलेजले खरिद गरी मेडिकल कलेज सञ्चालन गरेको छ ।

आर्थिक वर्ष ०७६र०७७ सम्म आइपुग्दा किशोरकुमार प्रधानका नाममा रहेका दुवै उद्योग आन्तरिक राजस्व कार्यालयमा जिवितै रहेको छ । त्यसमध्ये २०५० सालमा आयकरमा दर्ता रहेको विराट फर्मा ल्याव प्रालिले २०५६ सालमा मूल्य अभिवृद्धि करको ३००९९९३९ मा दर्ता भएको देखिन आएको छ । उक्त फर्म भ्याट दर्ता भए पनि २०५७ सालदेखिको भ्याट बक्यौताबापत सात हजार अहिलेसम्म राजस्व दाखिला नगरेको दाबी समाचार स्रोतले गरेको छ । त्यसैगरी उक्त फर्मले ०७१ सालसम्म जीरो विवरण बुझाउँदै आएकोमा आर्थिक वर्ष ०६६र०६७ देखिको आय विवरण समेत आन्तरिक राजस्व कार्यालयमा दिएको छैन । उद्योग बन्द भई अवशेष समेत नभएको अवस्थामा आन्तरिक राजस्व कार्यालयको रेकर्डमा विराट फर्मा ल्याव प्रालि अहिलेसम्म पनि बन्द नभएको र फर्म चालू नै रहेको रेकर्ड कायम रहेको हो ।

प्रधानको नाममा नै दर्ता कायम रहेको केटीएम क्वालिटी गार्मेन्टको अवस्था समेत सोही प्रकृतिमा नै रहेको छ । दुवै उद्योग फेल भएर राजनीति गर्न समस्या परेपछि पछिल्लो समय हिमालय पोलका नाममा आन्तरिक राजस्व कार्यालय विराटनगरबाट २०५४ सालमा ३००३९३२० बाट भ्याट दर्ता कायम भएको तथ्य पनि खुल्न पुगेको छ । उक्त फर्मले पनि भ्याटबापतको ३८ हजार बक्यौता अहिलेसम्म पनि बुझाएको छैन ।

विगतको निर्वाचनमा शेखर गोल्छासँग वरिष्ठ उपाध्यक्षमा चुनावी प्रतिस्पर्दा गरेर पराजित बनेका प्रधानले अहिले तिनै गोल्छासँग हातेमालो गरी वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिनुका पछाडि महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशीको दबाब रहेको व्यवसायी स्रोतको दाबी छ ।

उद्योगी जोशीले पनि अरुको इसारामा कुद्ने उम्मेदवार भेट्टाएपछि प्रधानलाई नै अगाडि सारेको उद्योगी व्यवसायीको भनाइ छ । वरिष्ठ उपाध्यक्षमा प्रधानको उम्मेदवारीका कारण प्रदेश १ को सुनसरी मोरङ औद्योगिक करिडोर पछिल्लो समय चुनावी सरगर्मीको रापमा परेको छ । तर प्रधानले अपेक्षा गरेअनुसारको सुनसरी मोरङ औद्योगिक करिडोरको मत उनलाई नजाने समाचारस्रोतको भनाइ छ ।

(आर्थिक दैनिकबाट)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

तस्बिर: निर्माणाधीन अरुण तेस्रो दिनेश खड्का । विराटनगर नेपाल विद्युत उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख हुँदै जाँदा देशको ऊर्जा नक्सामा कोशी प्रदेशको उपस्थिति दिनप्रतिदिन थप बलियो बन्दै गएको छ । केही वर्षअघिसम्म सीमित उत्पादन र पूर्वाधारको अभावका कारण सम्भावनाको प्रदेशका रूपमा मात्र चिनिने कोशी अहिले भने उत्पादन, लगानी, निर्माणाधीन आयोजना र भविष्यका सम्भावनाका हिसाबले देशकै अग्रपंक्तिमा उभिएको […]

काठमाडाैं, असार ४ । आर्थिक वर्ष २०८३/८४ को बजेट आज प्रतिनिधि सभाबाट पारित हुने तयारी पूरा भएको छ। सुचीअुनसार बिहान ११ बजेदेखि सुरु हुने सभा बैठकमा पारित प्रक्रिया अघि बढ्नेछ। बजेट पारित हुनुअघि प्रधानमन्त्री लगाएत गृह, अर्थ, शिक्षा तथा खेलकुद, विज्ञान तथा प्रविधि, कानुन तथा न्याय, पूर्वाधार विकास, ऊर्जा जलस्रोत, परराष्ट्र र रक्षामन्त्रीले आ–आफ्नो मन्त्रालयको […]

काठमाडाै‌ं, जेठ १०। बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीलाई अत्यधिक काममा लगाउन नपाउने गरी राष्ट्र बैंकले निर्देशन जारी गरेको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई कर्मचारी व्यवस्थापनमा प्रचलित कानून र आफ्नो निर्देशन कडाइका साथ पालना गर्न  कडा निर्देशन गरेको हो। नयाँ निर्देशन अनुसार, बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीलाई कार्यालय समयभन्दा बाहिर काममा खटाउनुपर्दा प्रचलित कानून […]