२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

प्रेस मिटमै पत्रकारले “ठग” भनेपछि : एन आई सी एशिया बैंकका प्रतिनिधि लाजले भुतुक्क

Logo

विराटनगर, असार ३
कर्जाका नयाँ योजनाबारे जानकारी दिन शुक्रवार एनआईसी एसिया बैंकले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बैंकका प्रतिनिधिलाई पत्रकारको प्रश्नले लज्जित बनायो । बैंकको ठग पोलेसीले गर्दा ग्राहकले दुःख पाएको केहि घटनाहरु पत्रकारले सुनाएपछि पत्रकार सम्मेलनमा उपस्थित बैंकको प्रतिनिधिहरुको मुन्टो उचालिन नसक्ने गरी निहुरीयो । फुल एयर कण्डिसन सभाहलमा पनि पत्रकारको प्रश्नले प्रादेशिक प्रमुख दिपक थापा सहित आधा दर्जन एनआईसी एशिया बैंकका प्रतिनिधिको निधारबाट पसिना निकाल्यो ।
सम्मेलनमा पत्रकारहरुले एनआईसी एशिया बैंक आफ्नो योजनाहरुमा तथस्ट नरहेको गुनासो ग्राहकहरुबाट आएकाे बताएका थिए । बैंकले सहुलियत दरमा ऋण स्वीकृत गरेपनि, ऋण लिएको एक वर्ष नबित्दै ब्याज दर दब्बोर तेब्बर पार्ने बैंकको ठग पोलेसीले ग्राहकलाई प्रताणित बनाएको पत्रकारले सुनाए । सहुलियत ब्याजदरमा ऋण भन्दै बैंकले ग्राहकलाई आकर्षीत गर्ने र ऋण लिन जादा कम्पनीको पोलेसी परिवर्तन भयो भन्दै ग्राहकलाई एनआईसीले ठगी गर्ने गरेको पत्रकारहरुले अरोप समेत लगाए ।
केही पत्रकारहरुले आफुहरु स्वयम बैंकबाट ठगीएको प्रसंग सुनाउदै “बैक पनि, साथी पनि” भन्ने बैंकको नारालाई “बैक पनि, डाका पनि” मा परिणत गर्न भन्दै व्याङ्य समेत गरे ।
बैंकले हप्ता दिनमै ऋण स्वीकृती हुने प्रचार गरेतापनि, ऋण खोज्न आउने ग्राहकहरुले महिनौ दिनसम्म कागजपत्र लिएर धाउदा समेत ऋण पाउने नगरेको पत्रकारहरुले तितो यर्थाथ सुनाए ।
एनआईसी एशिया बैंकका प्रतिनिधिहरुले ग्राहक तथा सरोकारवालको गुनासो केहिले पनि सुन्ने नगरेको पत्रकारहरुले आरोप समेत लगाए । बैंकका प्रदेशीक प्रमुख दिपक थापालाई ईङ्गीत गर्दै एक पत्रकारले भने “वहाँलाई भेट्न प्रधानमन्त्रीलाई भट्नभन्दा पनि ग्राह्रो रहेछ, पत्रकार कुरा सुन्नहुन्न भने ग्राहकको कुरा त के सुन्नुहुन्छ होला र ?”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]