२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

बैंकिङ गतिविधिमा निगरानी बढाउन सरकारलाई उद्योगी व्यावसायीको अनुरोध

Logo

विराटनगर, असार ४
मोरङ सुनसरी कोरीडोरका उद्योगी तथा व्यवसायीहरुले बैंकहरुले मानोमानी ढंगले पैशा असुल गरको आरोप लगाएका छन् ।
बिहिवार उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र विराट व्यापार संघको संयुक्त बैठकले बैंकको उक्त कदमको प्रतिकार गर्ने समेत आपसी समझदारी गरेका छन् ।
बैठकपछि संयुक्त विज्ञप्ति जारी गर्दै कोभिड १९ का कारण धरासयी भएका उद्योग, व्यवसायीको पुनरुत्थानका लागि दुई प्रतिशत छुटको व्यवस्थाको कार्यान्वयन नभएको गुनासो गरेका छन् । नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकबाट कर्जा भुक्तानीका लागि समय दिए पनि बैंक तथा वित्तीय संस्थाले कर्जा असुलीलाई कडाइ गरेकामा समेत उद्योगी व्यावसायीहरुले गुनासो गरेका छन् ।
त्यस्तै, बैंकले उद्योगी व्यवसायीहरूको खाताबाट विना जानकारी रकम स्वतः काटेको, २ प्रतिशत ब्याज छुटको व्यवस्था कार्यान्वयन नगरेको, कर्जा नवीकरण शुल्क मनोमानी रुपमा लिइएकोमा उद्योगी व्यवसायीहरुले आपत्ती जनाएका छन् ।
बैंकले सरकारको निर्देशन समेत पालना नगरिरहेको भन्दै बैकिङ गतिविधिमा निगरानी बढाउन सरकारलाई उद्योगी व्यावसायीहरुले आग्रह समेत गरेका छन् । त्यस्तै लकडाउन पुर्णरुपमा खुलेको तिन मिहना पछि मात्र कर्जा, कर तथा राजस्व उठाउन अनुरोध गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]