२४ जेठ २०८३, आइतबार
07-06-2026 , Sun
Gold Silver Price (Jestha 11, 2083, MON)
Fine Gold 1 Tola NRs. 293300
Silver 1 Tola Nrs. 5165

नक्कली भाैचर बनाउने यातायात कार्यलय विराटनगरकाे दलाल पक्राउ

Logo

विराटनगर, साउन १५

यातायात व्यवस्था सेवा कार्यालय विराटनगरमा दलालीको काम गर्दै आएकाले नक्कली बैंक भौचर बनाएर ठगी गरिरहेको घटना सार्वजनिक भएको छ। यसरी ठगी धन्दा चलाउनेहरुमा विराटनगर महानगरपालिका-४ का २६ वर्षीय सिद्धार्थ चौधरी र २४ वर्षीय विनय गौतम रहेका छन्। प्रहरीका अनुसार उनीहरु नयाँ सवारी साधन पास गर्न तथा सवारीको कर बुझाउन आएका सेवाग्राहीको काम गरिदिने बाहनामा केही समयदेखि उक्त कार्यालयमा दलालीको काम गर्दै आएका युवाहरु हुन्।

आर्थिक वर्ष २०७६/०७७ को सवारी साधनको कर तिर्ने क्रममा नक्कली भौचर बनाएर काम गराएको पाइएको भन्दै उनीहरुविरुद्ध यातायात व्यवस्था कार्यालयले प्रहरीमा जाहेरी दिएको छ। दुवै जनालाई पक्राउ गरेर ठगी मुद्दा चलाउन मंगलबार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए। ‘प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेकामध्ये ठगी धन्दामा विशेष गरेर चौधरीको संलग्नता देखिएको छ’ उनले भने ‘तर यातायात कार्यालयले किटानी जाहेरी दिएपछि दुवै जनालाई पक्राउ गरेर घटनाको अनुसन्धान अघि बढाइएको छ।’ चौधरीले आफूले मात्रै यातायात कार्यालयमा नक्कली भौचर बनाएर एक लाख ५० हजार रुपैयाँ भन्दा बढी ठगी गरिसकेको बताएको प्रहरीका एक अधिकारीले जानकारी दिए।

आर्थिक कारोबार आफै नगर्ने कार्यालयले नयाँ सवारी साधन पास गर्दा र सवारीको कर तिर्दा प्रभु बैंकमार्फत कारोबार गर्ने गरेको छ। पास गर्दा र कर तिर्दा लाग्ने शुल्क बैंकमा बुझाएको भौचर सवारी धनीले पेश गरिसकेपछि यातायातले त्यही भौचरका आधारमा कार्य सम्पादन गर्ने गरेको छ। तर दलालीको काम गर्नेहरुले चाँडो काम सक्न सहयोग गर्नेलगायतका बहानामा सवारी धनीसँग निश्चित पैसा लिँदै बैंक भौचर भर्नेदेखि लिएर यातायातसँग सम्बन्धित अरु काम गरिदिने गरेका छन्।
यातायात व्यवस्था सेवा कार्यालय विराटनगरका अधिकृत नवराज गिरीले रकमको हिसाब नमिलेपछि खोजी थाल्दा दलालको ठगी धन्दा पत्ता लागेको बताए। उनकाअनुसार एउटा मिनी ट्रकको कर तिर्ने क्रममा पक्राउ परेका मध्ये चौधरीले ठगी गरेको खुलेको छ। त्यही क्रममा बैंक कर्मचारीसँग मिल्ने अक्षर भौचरमा भरेर ठगी गर्ने गरेको पाइएको हो।

चौधरीले बैंकमा ट्रकको कर भनेर पाँच सय रुपैयाँ दाखिला गर्दै भौचर लिएको र यातायातमा भने त्यसैलाई केरमेट गरेर २४ हजार पाँच सय रुपैयाँ बुझाएको देखिने भौचर पेस गरेको गिरीले बताए। प्रारम्भिक चरणमा हिसाब मिलान गर्दा गल्ती अवस्थामा भेटिएको र ठगी गरेको प्रभु बैंक लिमिटेडको २३४९७५ नम्बरको भौचर पनि यातायात कार्यालयले प्रहरीलाई बुझाएको छ।‘सवारी धनीले कर वापत भनेर बैंकमा बुझाउन चौधरीलाई २४ हजार पाँच सय रुपैयाँ दिएका रहेछन्। तर चौधरीले बैंकमा पाँच सय रुपैयाँ मात्रै बुझाएछन्,’ अधिकृतले गिरीले भने, ‘यातायात कार्यालयमा भने बैंकले उपलब्ध गराएको भौचरको अगाडि आफै २४ थपेर कर वापत २४ हजार पाँच सय रुपैयाँ बैंकमा दाखिला गरेको भन्ने देखाएको पाइयो। हिसाब नमिलेपछि खोजी गर्दा यो कुरा पत्ता लागेको हो।’

उनकाअनुसार दलालले गरेको रकम ठगीको विवरण कार्यालयले निकाल्न थालेको छ। ‘कार्यालयमा धेरै बेरुजु देखियो र ठूलै रकमको हिसाब मिलेन,’ गिरीले भने, ‘दलालले झुक्याएर ठगी गर्दै बैंकमा कम रकम दाखिला गर्ने र बढी रकम बुझाएको देखिने भौचर कार्यालयमा पेस गर्ने गरेको पाइयो।’ उनले कार्यालयमा पहिल्यैदेखि भएका र हिसाब नमिलेका कारोबारका सबै विवरण संकलन गर्ने काम थालिएको बताए। कार्यालयमा सेवाग्राहीको भीडभाड धेरै भएका समयमा दलालले भौचर मिलाउँदै ठगी गर्ने गरेको पाइएको उनको भनाइ छ। गिरीले ठगी गरेको सबै विवरण पत्ता लगाएर दलालविरुद्ध कारबाही अघि बढाउन प्रहरीलाई प्रमाणका रुपमा उपलब्ध गराइने जानकारी दिए।

अन्नपुर्णपाेष्टबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ १०। बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीलाई अत्यधिक काममा लगाउन नपाउने गरी राष्ट्र बैंकले निर्देशन जारी गरेको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई कर्मचारी व्यवस्थापनमा प्रचलित कानून र आफ्नो निर्देशन कडाइका साथ पालना गर्न  कडा निर्देशन गरेको हो। नयाँ निर्देशन अनुसार, बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीलाई कार्यालय समयभन्दा बाहिर काममा खटाउनुपर्दा प्रचलित कानून […]

मोरङ, वैशाख ९ – प्रख्यात मास्टर शेफ सन्तोष साहले आफ्नो ‘मिथिला थाली’ र ‘जनकपुर फिस हाउस’ ब्रान्डलाई कोशी प्रदेशको राजधानी विराटनगरमा विस्तार गरेका छन्। बुधबार विराटनगरको दुधफार्म नजिकै मिथिला थालीको पाँचौं शाखा उद्घाटन गर्दै शेफ साहले मिथिला संस्कृति र परम्परागत खानपानको संरक्षण तथा प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता बताएका छन्। एउटै छानामुनि दुवै ब्रान्ड सञ्चालनमा ल्याइएको यो […]

विराटनगर, वैशाख १४  । विराटनगर वरपरका बोतल पानी व्यवसायीले पानीको मूल्यमा कार्टेलिङ गरेका छन्। कार्टेलिङ गरेर उनीहरुले जारको मूल्य दुई सय प्रतिशतले बढाएका छन्। यसअघि सामान्यतः खुद्रामा ४० रुपैयाँमा पाइँदै आएको पानी अहिले एक्कासि प्रतिजार ८० रुपैयाँ पुर्याइएको छ। यस विषयमा उत्पादकहरूसँग कुराकानी गर्दा उनीहरूले दुईवटा मुख्य कारण देखाएका छन्। पहिलो, पेट्रोलका कारण मूल्यवृद्धि भइरहेकोले […]