२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

लागानीको संभावना बोकेर स्वदेश फर्किए मन्त्री आङ्बो

Logo

विराटनगर, साउन १६
एकसाता लामो चीन भ्रमण पुरा गरी बिहीबार प्रदेश नं १ का अर्थिक मामिला मन्त्री ईन्द्र आङ्बोको टोली स्वदेश फर्किएको छ । भ्रमण पश्च्यात मन्त्री आङ्बाले निकट भविष्यमा चिनवाट ठुलो लगानीे प्रदेश भित्रने सम्भावना रहेको  प्रतिक्रिया दिएका छन् । सान्दोङको सुइफा हुवाइजियको निमन्त्रणामा भएको भ्रमण निकै फलदायी रहेको दावी गर्दै चिनिया लगानीकर्ता प्रदेशमा लगानी गर्न उत्सुक भएको उनले बताए ।

‘ चिनिया लगानीकर्ताहरुलाई प्रदेशमा लगानीको लागि प्रस्ताव गर्दा उनीहरु निकै नै सकारात्मक देखिए ’ मन्त्री आङ्बाले भने ‘ चिनिया लगानीकर्ताको टोली प्रदेशमा लगानीको संभावनाबारे अध्ययन गर्न निकट भविष्यमै आउँदैछन् ।’ चिनियाहरुसँग छलफलको क्रममा आफूहरूले खानेपानी, हाइड्रोमा र अन्य ठुला परियोजनाहरुमा लगानीको लागि आग्रह गरेको भम्रण टेलीकी सदस्य प्रदेश सासंद विन्दिया काकीले बताईन् । ठुला परियोजना बाहेक नेपालबाट चिनमा शुद्ध पिउने पानी निर्यात गर्न सिकने र कृषीको विविध परियोजनामा सहकार्य गर्न सकिने सम्भावना रहेको भ्रमण टोलीका सदस्यहरुको बुझाई छ ।
भ्रमण टोलीले चीनको औद्योगिक प्रान्त सिचुवान र सान्दुङको स्थलगत अवलोकन गरेका थिए । भ्रमण टोलीमा प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियत, सांसदहरू सर्वध्वज साँवा, तेजमान कन्दङ्वा र विन्दिया कार्की, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव भरतमणि रिजाल, मुख्यमन्त्री कार्यालयका उपसचिव टीकादत्त राई र मुख्यमन्त्रीका स्वकीय सचिव मकर खड्कासहभागी थिए । त्यस्तै निजि क्षेत्रबाट उद्योग वाणिज्य महासंघ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले सहभागीता जनाएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]