१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

समाज लघुवित्तको आईपिओ बाँडफाँड आज हुन सकेन, भोली हुने संभावना

Logo

काठमाडौं, भदौ १४
समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर (आइपिओ) आज बाँडफाँड नहुने भएको छ । आज प्रि अलोटमेण्ट सकिएको र सोमबार बाँडफाँड हुने सम्भावना रहेको निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।
सिद्धार्थ क्यापिटलले यसअघि नेपाल धितोपत्र बोर्डले अनुमति दिएमा आज नै शेयर बाँडफाँड गर्ने तयारी गरेको थियो । शेयर बाँडफाँड कार्यालय मै गरिने र त्यसको प्रत्यक्ष प्रसारण क्यापिटलको फेसबुक पेज मार्फत गरिने समेत बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ ।
संस्थाले भाद्र ४ गते बिहीबारबाट ८६ लाख रुपैयाँ बराबरको ८६ हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये १ हजार कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४ हजार ३ सय कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी ८० हजार ७ सय कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएको थियो ।
कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गरेको छ ।

अर्थ संसार डट कमबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]