२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

८४औं वर्षमा नेपाल बैंक टेक्दै : सेवाग्राहीद्धारा उल्लाबारी शाखाको मुक्तकण्ठले प्रसंशा

Logo

उल्लाबारी, कार्तिक २९
नेपाल बैंक लिमिटेड स्थापना भएको कार्तिक ३० गते ८४ वर्ष पुग्दैछ । कार्तिक ३० गते सार्वजनिक विदा पर्ने भएकाले नेपाल बैंकका विभन्न शाखाहरुले वार्षिक उत्सवको पुर्वसन्दयामा विभिन्न कार्यक्रमको अयोजना गरी वार्षिक उत्सव मनाएका छन् ।
सो अवसरमा शुक्रबार बैंकको मोरङ जिल्ला, उल्लाबारी शाखाले आफनो सेवाग्राहीसँग अन्तरक्रिया गरेको छ । अन्तरक्रियाको क्रममा सेवाग्राहीहरुले आफुहरु बैंकको सेवाबाट सन्तुष्ट रहेको प्रतिक्रिया दिएका छन् । कार्यक्रममा सहभागी अधिकांस सेवाग्राहीहरुले उल्लाबारी शाखाले दिदै आएको सेवा उत्कृष्ट रहेको भन्दै बैंकको कर्मचारीको मुक्तकण्ठले प्रंशसा गरेका थिए । कार्यक्रमा उपस्थित स्थानीय सेवाग्राही शेरबहादुर भण्डारी र सभ्झना खतिवडाले बैंकको क्रमचारीको व्यवहार अत्यन्तै मिजासिलो रहेको प्रतिक्रिया दिएका थिए ।
त्यस्तै कार्यक्रममा बोल्दै बैकंका शाखा प्रबन्धक खेमराज उपाध्यायले बजार सुहाउदो र माग अनुसार बैकको सेवाहरु उल्लाबारी शाखाले प्रधान गर्दै आएको जानकारी गराए । नेपाल बैंक ब्याजदरको ममलामा समेत गाह्रक रिजाउन सफल रहेको प्रबन्धक उपाध्यायले मन्त्वयको क्रममा केही तथ्याङक समेत प्रस्तुत गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]