२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

तोरीको तेलमा कृतिम मुल्यवृद्धि । प्रशासन बेखबर, उद्योगी मालामाल

Logo

विराटनगर, पौष ०२

शिवचन्द्र राईस मिल विराटनगरका संचालक उद्योगी हरिवंश राठीको समुहले कार्टिलिङ गरेर तोरीको तेलमा व्यापाक मुल्यवृद्धि गरेको खुलासा भएको छ । उद्योगी राठीको नेतृत्वमा मुलुकका ठुला तेल उत्पादकहरुले आम जनताको ढाड सेक्ने गरी तोरीको तेलमा मुल्यवृद्धि गरेपनि प्रशासन तथा नियामक निकायहरु भने कृतिम मुल्यवृद्धि बारे बेखवर छन् ।

मुल्य वृद्धिको शिलशिला……….
राठीको समुहले तिहारसम्म १ सय ७० रूपैयाँ प्रतिलिटरमा कारोबार भएको तोरीको तेल एक्कासी तिहारपछि वृद्धि गरी २ सय ५ रूपैयाँसम्म पु¥यायो । यस्तो शिलशिला चलिरहदा पनि प्रशासन बेखबर र जनता चुपचाप रहेको थाहा पाएपछि यो समुहको मनोबल अझैं बढ्दै गयो । यो समुहले फेरी करिब दुई हप्तायता २ सय ५ रूपैयाँको तोरीको तेलमा मूल्यवृद्धि गरी प्रतिलिटर दुई सय २० रूपैयाँ पु¥याईदियो ।

एक महिनाभित्र ३० रुपैयाँसम्म तोरीको तेलमा वृद्धि………
सुनसरी मोरङ औद्योगिक करिडोरमै उद्योगीहरूको कार्टिलिङका कारणले बजारमा तोरी तेलको मूल्य मनपरी ढंगले वृद्धि गराएको खुद्रा व्यवसायीहरूले समेत बताएका छन्।् । उद्योगीहरूले यो एक महिनाको अवधिमा मात्र तोरीको तेलको भाउ प्रतिलिटर २० देखि ३० रूपैयाँसम्मले वृद्धि गराएको जानकारी खुद्रा व्यवसायीले दिएका छन् ।
उद्योगीले आफ्ना होलसेलरबाट बढेको मूल्यमा तेल आएको भनेर खुद्रा व्यापारीलाई जानकारी गराएका छन् । खुद्रा व्यापारीले पनि बढेको मूल्य कायम गरी तोरीको तेल बिक्रिवितरण गर्न थालेपछि उपभोक्ताहरूले हाल मँहगोमा तेल किन्नु परेको छ  ।

पुरानो तोरीबाट उत्पादित तेलकाे नँया दाम……
अन्तर।ष्ट्रिय बजारमा एक हप्ता अगाडि मात्र तोरीको दानामा थोरै मूल्यवृद्धि भएको र उक्त तोरीको दाना नेपाल आउन करिब तीनदेखि चार महिना लाग्ने स्रोतले बताएको छ । सोही तोरीको दानामा भएको मूल्यवृद्धिको बहानामा अहिले राठीको समुहले तोरीको तेलमा मुल्य वृद्धि गरिरहेको छ ।
मुल्यवृद्धि भएको दाना नआउदै पुरानै तोरीको दानाबाट उत्पादित तेलमा मूल्यवृद्धि गर्नु नियोचित नभएको उक्त क्षेत्रको जानकारहरुको समेत भनाई रहदै आएको छ ।
यही मौकामा उद्योगी राठीले महिनौँअघि उद्योगमा प्याकिङ अवस्थामा राखेका तेलको भाउ समेत वृद्धि गरी बिक्रिवितरण गर्न थालेका छन् । प्याकेटमा पुरानै एमआरपी भए पनि उद्योगीका होलसेलरले भने नयाँ मूल्य लगाउँदा ग्राहकलाई तेल बेच्न नसक्ने अवस्था सिर्जना भएको गुनासो पनि खुद्रा व्यवसायीहरूले गर्न थालेका छन्  ।

मुल्यवृद्धिको मास्टर डिजाईनर राठी……..
यी सवै कृतिम मुल्यवृद्धिको मास्टर डिजाईनर शिवचन्द्र राइस मिलका संचालक हरिबंश राठी रहेको गोप्य स्रोतले जानकारी दिएको छ । शिवचन्द्र राइस मिलले घैला ब्राण्डको तोरीको तेल, चामल तथा अन्य खाद्यान्यहरु उत्पादन गर्दै आएको छ ।
लकडाउन र विभिन्न बाहानामा कच्चा पदार्थमा मुल्यवृद्धि भएको र कामदारको लागत समेत बढको लगाएतको अनेकन बाहाना गर्दै राठी जस्ता उद्योगीहरुले दिनदहाडै आम नेपाली उपोभोक्तलाई मुर्ख बनाउदै आएका छन् । लकडाउन पश्च्यात नियामक निकायले प्रयाप्त मात्रामा बजार तथा उद्योगको अनुगमन नगर्दा, खातापाता चेकजाच नगर्दा र उद्योगीको आयत लागतको लेखजोखा नगर्दा उद्योगी मुल्यवृद्धि गर्न मौका पाउदै आएका छन् ।
नियामक निकायले खोजपड्ताल गरोस् वा नगरोस् तर आम नेपाली उपोभोक्ताले यस्ता ठगहरुको उत्पादनलाई बहिस्कार गरेर समाजिक दण्ड दिन जरुरी देखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]