२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

अमन हार्डवेयर फेरी विवादमा : कर–छलीपछि कालोबजारी प्रकरणमा तानिए संचालक अग्रवाल

Logo
प्रकाशित बुधबार, माघ १४, २०७७

विराटनगर, माघ १४
विराटनगरमा संचालित अमन हार्डवेयर करछलीको विवादबाट उम्कन नपाउदै पुनः आर्को विवादमा तानिएको छ । उक्त हर्डवेयरका संचालक राजेन्द्र कुमार अग्रवालले कर मात्र छल्ने हाईन, विभिन्न निमार्णका समानहरु अवैध भण्डारण गरेर समयानुकूल कालोबजारी गर्ने गरेको नयाँ रहस्य खुलासा भएको छ ।
स्रोतले दिएको जानकारी अनुसार अग्रवालले दुई महिना अघि ६८ रुपैयाँ प्रति केजीमा खरिद गरेको छड हाल ८८ रुपैयाँमा बिक्रि गरिरहेका छन् । उक्त छडहरु अग्रवालले निर्माण–सिजन शुरु हुनुअघिनै (२ महिनाअघि) खरिद गरि गोप्य रुपमा राखेका थिए । सोही छडहरु अहिले सजिन शुरु हुन थालेपछि उनले महंगोमा बच्दै आएका छन् ।
अग्रवालले छड तथा अन्य निर्माणका समाग्रीहरु अग्रीम भुक्तानी गरी उद्योगमै छोडिदिने हुनाले समेत उनको अवैध स्टकबारे कसैले पत्ता लगाउन सकेका छैन । उनले छडमा मात्र नभएर निर्माणमा प्रयोग हुने सिमेन्ट, वायर, सेतो सिमेन्ट आधि समानहरु पनि यसैगरी अवैध भण्डारी गरी कलोबजारी गर्दै आएको स्रोतको दावी छ ।
जानकारहरुको अनुसार निर्माण समाग्रीहरुमा अचाकली मुल्यवृद्धि हुनुको पछाडि राजेन्द्र अग्रवालजस्ता व्यापारीको विषेश हात रहेको हुन्छ । व्यापारी–व्यापारी बिचको मिलेमत्तोमा उद्योग तथा बजारमा उपलब्ध सबै समान उठाएर बजारमा कृतिम आभावको सिर्जना गर्ने । र व्यापारीहरुले सोही उठाएर राखेको समानलाई उच्चमुल्यवृद्धि गर्ने गरेका छन् । प्राय नेपालको पुर्वीबजारीमा हुने कार्टलिङको मुख्य योजनाकार राजेन्द्र अग्रवाल नै हुने गरेको स्रोत बताउँदछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]