०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

विराटनगरमा प्याब्सन केन्द्रीय कार्यसमितिको बैठक बस्ने

Logo
प्रकाशित मंगलबार, माघ २०, २०७७

विराटनगर, माघ २०
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को केन्द्रीय कार्यसमितिको वैठक विराटनगरमा बस्ने भएको छ ।
विषेशगरी प्याबसनको केन्द्रीय कार्यालय काठमाडौंमा मात्र हुदै आएको कन्द्रिय कार्यसमितिको बैठक यसपालि भने विराटनगरमा हुन लागेको हो ।
विराटनगर स्थीत होटल इष्टर्नस्टारमा माघ २३ गते केन्द्रीय कार्यसमितिको वैठक बस्न लागको हो । त्यसको अघिल्लो दिन विराटनगरमै प्याब्सनको केन्द्रीय समितिको सचिवालय बैठक समेत बस्ने भएको छ ।
केन्द्रीय समितिको बैठकमा देशभारबाट नेतृत्व गर्दै आएका केन्द्रिय समितिका निर्वाचित पदाधिकारी, सल्लाहकार र कार्यसमितिका सदस्य गरी १ सय ५० जनाको सहभागित रहने छ ।
प्याब्सनका केन्द्रीय अध्यक्ष टीकाराम पुरीका अनुसार कोभिड–१९ ले गर्दा निजी विद्यालयहरुमा पर्न गएको प्रभावको न्यूनिकरण कसरी गर्न सकिन्छ भन्नेमा बैठक केन्द्रित रहनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं,२४ कार्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघसङ्गठनहरूलाई राजनीतिक दलका भातृ वा शुभेच्छुक संस्थाको रूपमा मान्यता नदिने महत्त्वपूर्ण निर्णय गरेका छन्। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यस्ताे जानकारी गराएका हुन् । संघसङ्गठनहरूलाई गैर-राजनीतिक चरित्रको स्वतन्त्र र व्यवसायिक प्रकृतिको बनाउन पुनर्गठन गर्न आह्वान गरिएको छ। साथै संघसङ्गठनहरूलाई गैर-राजनीतिक चरित्रको स्वतन्त्र […]

विराटनगर, २०८२ भदौ १८ त्रिवि प्राध्यापक संघ महेन्द्र मोरङ क्याम्पस विराटनगर एकाइ सभापतिमा नवीन अधिकारी चयन भएका छन् । ११ सदस्यीय समितिको उपसभापतिमा डा उपेन्द्र मेहता, सचिव ई जयनाथ यादव, सहसचिव डा राजेन्द्रप्रसाद चौधरी, कोषाध्यक्षमा डा युवराज साहू छन् । सदस्यहरूमा बाबुराम बुढाथोकी, डा तुलसी निरौला, माधव रेग्मी, सीताराम चम्लागाईं, अर्जुन तामाङ र सूर्यनारायण यादव […]

२९ श्रावण, विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ ल, विराटनगरमा भर्ना कार्यक्रम धमाधम भइरहेको छ। श्रावणको पहिलो साताबाटै सुरु भएको भर्ना कार्यक्रममा ठूलो संख्यामा विद्यार्थीहरुको चासो देखिएको छ। शैक्षिक सत्र २०८२ (सन् २०२५) का लागि ५ वर्षे बि.एल.एल.बि र ३ वर्षे एल.एल.बि शैक्षिक कार्यक्रममा नयाँ विद्यार्थी भर्ना लिईदैछ। उक्त शैक्षिक कार्यक्रमहरु बार्षिक प्रणालीमा संचालित हुने […]