१३ जेठ २०८३, बुधबार
27-05-2026 , Wed
Gold Silver Price (Jestha 11, 2083, MON)
Fine Gold 1 Tola NRs. 293300
Silver 1 Tola Nrs. 5165

ग्याँस विक्रेता संघ मोरङको नेतृत्व साह

Logo

बिराटनगर, माघ २४
एल पि ग्याँस विक्रेता संघ मोरङको अध्यक्षमा गणेश साह सर्वसम्मत रुपमा चयन भएका छन् । शुक्रबार विराटनगरमा सम्पन्न भएको संघको १३ औं अधिवेशनले साहको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
अधिवेशनले वरिष्ठ उपाध्यक्षमा सुनिल बोहरा, प्रथम उपाध्यक्षमा दीपेन्द्र श्रेष्ठ, द्वितीय उपाध्यक्षमा कल्पना गौतम , सचिवमा सुधिर यादवर सहसचिव सुमन खरेल र कोषाध्यक्षमा सुनिता सिग्देललाई छनोट गरेको छ ।
अधिवेशनलाई सफल बनाउन ग्याँस बिक्रेता महासंघको केन्द्रबाट अध्यक्ष महेश्वर श्रेष्ठ र सदस्य चिरञ्जीवि अधिकारीले सहभागिता जनाएका थिए ।
कार्यक्रममा बेल्दै संघका नवनिर्वाचित अध्यक्ष गणेश साहले जिल्लामा भईरहेको अनाधिकृत ग्याँस बिक्री वितरणको कार्यलाई नियन्त्रण गर्न आफ्नो नेतृत्व आक्रमक भएर लागी पर्ने उद्धघोष गरे । अनाधिकृत बिक्रेताका कारण कालोबजारी बढ्दै गएको जिकिर गर्दै अध्यक्ष साहले आफ्नो नेतृत्वले व्यबसायमा शुद्धीकरणको अभियानको समेत सुचारु गर्ने बताए ।
त्यस्तै कार्यक्रममा बेल्दै संघका केन्द्रीय अध्यक्ष महेश्वर श्रेष्ठले अनाधिकृत बिक्रेता दशैभरी छ्यापछ्याप्ती रहेको भन्दै त्यस्ता बिक्रेताको पहिचान गर्न संघका सबै जिल्लाका नेतृत्वलाई निर्देशन दिए । ग्यास सुरक्षाबारे ज्ञान र तालिम नभएका अनाधिकृत बिक्रेताको कारण उपोभोक्ताको घर र चुलोमा समेत सुरक्षा चुनौती समेत बढीरहेको कार्यक्रमा अध्यक्ष श्रेष्ठले औलाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, जेठ ११। लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आज पनि तातो दिन र तातो लहर चल्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। दिपायल, धनगढी र नेपालगञ्जमा तातो हावाको लहर चल्नेछ। दिपायलको अधिकतम तापक्रम ३८–४० डिग्री सेल्सियस भने धनगढी र नेपालगञ्जको ३९–४१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। भैरहवा, घोराही र वीरेन्द्रनगरमा पनि तातो दिन हुनेछ। भैरहवाको तापक्रम […]

काठमाडौं, जेठ ११। नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा लागू गोलाप्रथा हटाउने तयारीको विरोध गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गोलाप्रथाको सट्टा प्रधानन्यायाधीशले पेशी तोक्ने व्यवस्था आए न्यायपालिका राजनीतिक प्रभावमा पर्ने चेतावनी दिए । यस्तो व्यवस्था आयो भने सशक्त आन्दोलन गर्ने उनको घोषणा छ । मिश्रले प्रधानन्यायाधीश नियुक्तिमा पनि […]

विराटनगर, जेठ ४ । बिराटनगरस्थित कान्तिपुर कलेजले आइतबार सञ्चालन गरेको कक्षा ११ को प्रवेश परीक्षामा ठूलो संख्यामा विद्यार्थीहरू सहभागी भएका छन्। एसईई परीक्षाको नतिजा प्रकाशित भएलगत्तै भर्ना प्रक्रिया खुला गरिएको थियो। प्रवेश परीक्षामा बिराटनगरका साथै आसपासका जिल्ला र  विभिन्न प्रदेशबाट विद्यार्थीहरू सम्मिलित भएकाे कलेजले जनाएको छ। विद्यार्थीहरूको व्यापक सहभागिताले संस्थालाई उत्साहित बनाएको कलेजका प्रिन्सिपल भुवन […]