१९ पुष २०८२, शनिबार
03-01-2026 , Sat
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

‘आसनमा महिला, भाषणमा महिला र शासनमा महिला’ नारा सहित आजबाट तेस्रो बेटी सम्मेलन हुदै

Logo
प्रकाशित मंगलबार, माघ २७, २०७७

काठमाडौं, माघ २७
तेस्रो राष्ट्रिय बेटी (छोरी) सम्मेलन आजबाट हेटौंडामा हुने भएको छ । सम्मेलनमा देशका विभिन्न स्थानबाट समाजका विभिन्न तह र तप्कामा रहेका महिला, महिला अधिकारकर्मी र महिला हितका क्षेत्रमा काम गर्ने व्यक्तित्वहरुको उपस्थिति रहने छ ।
तिन दिने उक्त सम्मेलनमा समाजमा भईरहेका महिला हिंसा र महिलासँग संबन्धित कुप्रथाबारे विषेश छलफल गरिने छ । देशको सत्ता र शासनमा पनि महिलाले पुरुषसरह बराबर अधिकार पाउनु मागसहितको एजेण्डाबारे समेत सम्मेलनमा छलफल गरिनेछ ।
यो सम्मेलन माघ २६ देखी २९ गतेसम्म आयोजकले जनाएको छ । आयोजका अनुसार यस सम्मेलनमा देशभरबाट १०० जनाको सहभागिता रहनेछ जसमा ७५ प्रतिशत महिला र २५ प्रतिशत पुरुष रहनेछन् ।
विसं २०७५ मा प्रदेश नं १ उदयपुरको गाईघाटमा ‘सहन नपरोस् हिंसा र दुर्व्यवहार ः शिक्षा र स्वास्थलाई बनाऔँ चेलीबेटी सशक्तीकरणको हतियार’ भन्ने मूल नाराका साथ प्रथम राष्ट्रिय बेटी सम्मेलन र विसं २०७६ मा प्रदेश नं २ को राजधानी जनकपुरमा ‘विकृतिका बन्धनहरु तोड्दै अघि बढौं, मेची–महाकाली जोड्दै हिंसारहित समाज निर्माण गरौँ’ भन्ने नाराका साथ दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,१७ पुस । हरेक वर्ष पुस १७ गते मनाइँदै आएको राष्ट्रिय पोशाक दिवस आज नेपालसहित विश्वभर रहेका नेपालीहरूले विभिन्न कार्यक्रम गरी मनाएका छन्।विदेशी संस्कृति र पहिरनको बढ्दो प्रभावका कारण नेपाली मौलिकता संकटमा पर्न थालेपछि त्यसको प्रतिकारस्वरूप यो अभियान सुरु गरिएको अभियन्ताहरूले बताएका छन्। ढाका तथा भादगाउँले टोपी नेपालीपनको प्रतीकका रूपमा विश्वभर चिनिएको भन्दै यसको ऐतिहासिक र […]

विराटनगर, मंसिर २३ ।   पुस ९ गतेदेखि १९ गतेसम्म विराटनगरमा ‘विराट ट्रेड एक्स्पो’ आयोजना हुने भएको छ। मोरङ उद्योग व्यापार संघले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरी साे एक्स्पाे बारे विस्तृत जानकारी दिएकाे छ । विराटनगर–२ शान्तिचोकस्थित जिल्ला प्रहरी कार्यालय नजिकैको खुला स्थानमा सञ्चालन हुने यस मेलामा जर्मन प्रविधिको ‘ह्याङ्गर’ र अक्टानम सिस्टमसहित करिब २३० […]

काठमाडौँ११ मंसिर। ‘सामाजिक सुरक्षाः सर्वव्यापी स्वस्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिक जीवनको रक्षा’ भन्ने नाराका साथ आज आठौँ सामाजिक सुरक्षा दिवस मनाइँदै छ । ‘असल श्रम सम्बन्धको आधार सामाजिक सुरक्षा र रोजगार’लाई मूल मन्त्र मानेर आठ वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको घोषणा गरिएको दिनको सम्झनामा आज दिवस मनाउन लागिएको हो । प्रधानमन्त्री […]