२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

रोकिएन ग्रामथान गाउँपालिकामा अवैध नदी उत्खनन्

Logo

विराटनगर, माघ ३०
मोरङ जिल्लाको ग्रामथान गाउँपालिका वडा नं. ४ र ५ मा रहेको लोहन्द्रा खोलाबाट गाउँपालिकाका कर्मचारी र व्यवसायीको मिलेमतोमा मापदण्डविपरीत खोला उत्खनन गरी बालुवा र गिटी निकाल्ने काम तीव्ररूपमा भइरहेको छ । खोलामै क्रसर उद्योगीदेखि व्यवसायीले अवैधरूपमा नदी दोहन गरिरहँदा पनि सरोकारवाला निकाय, स्थानीय सरकार र स्थानीय प्रहरी प्रशासन समेत मौन देखिएका छन् । नदी दोहन व्यापकरूपमा बढेपछि स्थानीयले अख्तियार दुरूपयोग अनुसन्धान आयोग इटहरीमा उजुरी समेत दिएका थिए ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग सुनसरीले समेत गत पुस २२ गते नै ग्रामथान गाउँपालिकामा पत्रचार गर्दै वास्तविकता खुलाउन निर्देशन दिएको थियो । तर ग्रामथान गाउँपालिकामा हुनेगरेको कर्मचारी र व्यवसायीबीचको सेटिङका कारण अवैधरूपमा भएको खोला दोहन अझै रोकिएको छैन ।

स्थानीयका अनुसार ग्रामथान गाउँपालिकाको वडा नं. ४ र ५ मा पर्ने लोहन्द्रा खोलाबाट पछिल्लो समय व्यवसायीहरूले अत्यन्त गहिरो खाडल बनाएर गिटी बालुवा निकालेको भन्दै त्यहाँका युवाको समूहले खोलामा पुगेर नदी दोहनमा अवरोध समेत गरेका थिए । तर पनि ढुंगा, गिटी र बालुवा दोहन तीव्ररूपमा भइरहेको उनीहरूको भनाइ छ । नदी दोहन दिनप्रतिदिन बढ्दै जाँदा पनि सुरक्षाको जिम्मा लिएर बसेको नेपाल प्रहरीको युनिट भने अनभिज्ञजस्तो बनेर बसको छ स्थानीयको आरोप छ ।

अख्तियारको पत्रलाई ध्यान नै नदिई तस्करहरूले पछिल्लो समय १५ फिटभन्दा गहिरो नहरजस्तो लामो खाडल बनाएर गिटी बालुवा निकालिरहेका छन् । उक्त कार्यले आगामी दिनमा ग्रामथान गाउँपालिकाको वडा ४ र ५ पूरै वडा समेत डुवान हुने जोखिम बढेर गएको छ । अख्तियारले पत्राचार गर्दा पनि खोला दोहन नरोकिएपछि ठेकेदार, कर्मचारी र जनप्रतिनिधि समेतको मिलेमतोमा अवैध उत्खनन भइरहेको स्थानीयको दाबी छ । जसले गर्दा अवैध खोला दोहनका विषयमा ग्रामथान गाउँपालिका नै विवादित बन्दै गएको छ ।

स्रोतका अनुसार जिल्ला समन्वय समिति मोरङले दिएको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनअनुसार ठेक्का लगाएर उत्खननको सम्झौता गर्नुपर्नेमा गाउँपालिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतबीच आपसी लेनदेनका विषय कुरा नमिलेका कारण अहिलेसम्म उक्त खोलाको ठेक्का समेत लागेको छैन । कर्मचारी र जनप्रतिनिधिबीचको आपसी द्वन्द्वका कारण व्यवसायी र ठेकेदार कम्पनीले अत्यन्त लापरबाहीपूर्ण तरिकाले एक्स्काभेटर समेतको प्रयोग गरी अवैधरूपमा लोहन्द्रा खोलाबाट गिटी बालुवा निकालेको स्थानीयवासीको आरोप छ ।

 (आर्थिक दैनिकबाट)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]