२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

बथना–कटहरी रेल–वे दुई बर्षभित्र सम्पन्न हुने

Logo

विराटनगर, फागुन १
भारतको बथनाहादेखि मोरङको कटहरीसम्मको बन्ने भनीएको पूर्वाेत्तर सीमान्त रेलमार्ग अबको दुई वर्षभित्रमा सम्पन्न हुने भएको छ ।
भारत सरकारको सहयोगमा बन्न लागेको उक्त रेलवे लाइन सन् २०२२ सम्ममा सम्पन्न भैसक्ने पूर्वाेत्तर सीमान्त रेल मण्डलका प्रबन्धक रविन्द्रकुमार बर्माले जानकारी दिएका छन् ।
भारू ३ अर्ब ७६ करोडको लागतमा बन्न लागेको उक्त रेलवे लाइन १८ दशमलव ६ किलोमिटर लामो रहेको छ । सो रेलखण्डमा पर्ने भारतको बथनाहादेखि नेपालको सिमा क्षेत्र बुधनगरसम्मको काम पूरा भएर रेल सञ्चालनको परीक्षण समेत भईसकेको छ ।
मुआब्जा विवादका कारण नेपालमा पर्ने बुधनगरदेखि उक्ततर्फको साढे १० किलोमिटरको काम भने सम्पन्न हुनसकिरहेको थिएन । मुुआब्जाको विषयमा अदालतमा समेत मुद्दा चलिरहेकाले अदालतको आदेश अनुसार पछि–भरपाई गर्ने गरी कामलाई अघि बढाईएको मोरङका सिडियो कोशहरि निरौलाले बताए ।
उक्त रेल सेवा सुचारु भए पछी शुरूमा माल सामान ओसारपसारमा प्रयोग गर्ने र पछि यात्रु सेवा विस्तार गर्ने योजना रहेको छ । सो रेल सेवाको अन्तिम स्टेशन कटहरीमा हुनेछ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]