२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

बथना–कटहरी रेल–वे दुई बर्षभित्र सम्पन्न हुने

Logo
प्रकाशित शनिबार, फाल्गुण ०१, २०७७

विराटनगर, फागुन १
भारतको बथनाहादेखि मोरङको कटहरीसम्मको बन्ने भनीएको पूर्वाेत्तर सीमान्त रेलमार्ग अबको दुई वर्षभित्रमा सम्पन्न हुने भएको छ ।
भारत सरकारको सहयोगमा बन्न लागेको उक्त रेलवे लाइन सन् २०२२ सम्ममा सम्पन्न भैसक्ने पूर्वाेत्तर सीमान्त रेल मण्डलका प्रबन्धक रविन्द्रकुमार बर्माले जानकारी दिएका छन् ।
भारू ३ अर्ब ७६ करोडको लागतमा बन्न लागेको उक्त रेलवे लाइन १८ दशमलव ६ किलोमिटर लामो रहेको छ । सो रेलखण्डमा पर्ने भारतको बथनाहादेखि नेपालको सिमा क्षेत्र बुधनगरसम्मको काम पूरा भएर रेल सञ्चालनको परीक्षण समेत भईसकेको छ ।
मुआब्जा विवादका कारण नेपालमा पर्ने बुधनगरदेखि उक्ततर्फको साढे १० किलोमिटरको काम भने सम्पन्न हुनसकिरहेको थिएन । मुुआब्जाको विषयमा अदालतमा समेत मुद्दा चलिरहेकाले अदालतको आदेश अनुसार पछि–भरपाई गर्ने गरी कामलाई अघि बढाईएको मोरङका सिडियो कोशहरि निरौलाले बताए ।
उक्त रेल सेवा सुचारु भए पछी शुरूमा माल सामान ओसारपसारमा प्रयोग गर्ने र पछि यात्रु सेवा विस्तार गर्ने योजना रहेको छ । सो रेल सेवाको अन्तिम स्टेशन कटहरीमा हुनेछ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]