२८ बैशाख २०८२, आइतबार
11-05-2025 , Sun
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

विराटनगर भन्सार एजेन्ट संघको अध्यक्षमा परासर

Logo
प्रकाशित बिहिबार, फाल्गुण १३, २०७७

विराटनगर,फागुन १३
विराटनगर भन्सार एजेन्ट संघको अध्यक्षमा बिजेन्द्र परासर निर्वाचित भएका छन् ।
उनले प्रतिद्वन्दी प्रविण जोशीलाई १ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । कुल १७ मतदाताहरुले मतदान गरेकोमा परासरले ९ मत प्राप्त गरेका थिए ।
बुधबार विराटनगरमा सम्पन्न संघको चौथाै‌ अधिवेशनबाट परासर सहित ९ जना कार्यसमितिमा निर्वाचित भएका छन् । उक्त अधिवेशनबाट उपाध्यक्षमा सुर्दरशन दाहाल र हरी ठाकुर, कोषाध्यक्षमा बिनोद पैदार (निर्विराेध) , सचिबमा कृष्ण बहादुर थापा , सहसचिब दयानन्द मण्डल (निर्विराेध) का साथै सदस्यहरुमा भरत राज भट्टराई ,रमेश कर्ण , सुरेश अग्रवाल निर्वाचित भएका छन् । थप २ सदस्यहरु आगामी बस्ने कार्यसमिति बैठकले मनोनित गर्ने छ । त्यसैगरी नवल उपाध्यायलाई अध्यक्ष परासरले उपाध्यक्षमा मनाेनित गरेका छन् ।
जोशी र परासर दुबैले आआफ्नो प्यानल खडा गरी निर्वाचनमा भाग लिएका थिए । जसमा जोशी प्यानलबाट सचिबमा थापा र सदस्यमा भरत राज भट्टराई मात्र निर्वाचित भएका छन् ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं २६ बैशाख ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि राज्यले फेरि अर्को मुद्दा थपेको छ । तीनकुने घटनासँग जोडिएर यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराध अन्तर्गत अभियोग लगाइएको मिश्रमाथि अब आपराधिक उपद्रवसमेतको मुद्दा दायर गरिएको हो । आज (बिहीबार) जिल्ला अदालत काठमाडौंमा म्याद थपको प्रक्रिया दौरान मिश्रमाथि नयाँ आरोप थपिएको हो । […]

काठमाडौँ २३,बैशाख ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो […]

काठमाडौं ,२१ बैशाख ।  सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ । अप्रिलमा सबैभन्दा […]