२३ कार्तिक २०८२, शनिबार
08-11-2025 , Sat
Gold Silver Price (18 Kartik 2082, TUE)
Fine Gold 1 Tola NRs. 238800
Silver 1 Tola Nrs. 3030

शक्तिको आडमा उपभोक्ता ठग्दै दुगडको सेन्चुरी

Logo
प्रकाशित सोमबार, फाल्गुण २४, २०७७

विराटनगर २४ फागुन 
प्रधानमन्त्री केपी ओलीका आर्थिक सल्लाहकार एव विराटनगरका उद्योगी मोतीलाल दुगडले शक्तिको दुरुपायोग गरेर कानुन विपरित भारतीय चर्चित भुजियाकोे हुबहु नक्कल गरेर उपभोक्ता झुक्याइ रहेका छन् ।

शक्तिको आडमा भारतीय विकानेर भूजिय कम्पनीको नक्कली सेन्चुरी स्पाइस एण्ड स्न्याक्सले भुजियाका तीन ब्राण्ड उपभोक्ता झुक्याउने गरि नेपाली बजारमा ल्याएका हुन ।

दुगडले मुङदाल, कुछकुछ र भुजियाको चारसय ग्रामको प्याकेटमा भारतीय उत्पादन विकानेरको हुबहु नक्कल गरेर प्याकेजिङ गराएका छन् । भारतिय ब्रण्डको उत्पादनको नक्कल गर्न माहिर दुगडले यसअघि पनि कुरकुरेलाई कुरमुरे भनेर नेपालमा बिक्री बितरण गरेका थिए ।

बजारमा किन्दा विकानेर र सेन्चुरी भनेर छुट्टाउन सकिदैन तर खादा स्वादमा फरक भएपछि मात्र प्याकेटमा ध्यान जनेगरेको उपभोक्ताहरुले बताउने गरेका छन् । उपभोक्ता झुक्कीने गरि उस्तै प्याकेट र नाम राखेर नक्कली उत्पादन बजारमा ल्याउनु उपभोक्तामाथिको ठाडो ठगी भएको उपभोक्तवादी संघसंस्थाको भनाई छ ।

मसलाबाट व्यवसायिक सफलता आर्जेका दुगडले भुजिया, अचार, शस र जामजेलीको समेत उत्पादन थालेका छन । सेन्चुरी स्पाइस एण्ड स्न्याक्स कम्पनीको नामबाट बजारमा आएका भुजियाको प्याकेटको डिजाइन भने हुबहु बिकानेरको जस्तो छ ।

ट्रेडमार्क कानुनले कुनैपनि उत्पादनको नक्कल गर्न पाइदैन । उद्योग राज्यमन्त्रि बनिसकेका दुगडले उद्योग विभागमा सहज पौच हुन सक्छ । अन्तर्राष्ट्रिय ब्राण्ड बनेको विकानेर भुजियाको नेपालमा ब्राण्ड दर्ता हुँदाहुँदै कसरी हुबहु दुगडको उत्पादन बजारमा आउछ ? भनेर विराटनगरका व्यवसायीहरुले प्रश्न गरेका छन् ।

पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन, २०४४ मा परिच्छेद २ को ६ मा पहिले नै अरु कसैको नाममा दर्ता भएको, दरखास्तवालाले दर्ता गराउन चाहेको पेटेण्ट आफैंले आविष्कार नगरेको र आविष्कार गर्ने व्यक्तिबाट हक पनि प्राप्त नगरेको रहेछ भने खारेज गर्न सकिने प्रावधान रहेको छ ।

त्यसैगरि परिच्छेद ३ को १२ (२) मा यस ऐन बमोजिम कुनै व्यक्तिको नाममा दर्ता भएको डिजाइन अरु कसैले नक्कल गर्न वा नामसारी नगराई वा अनुमति नलिई आफ्नो वा अरुको नामबाट प्रयोग गर्न गराउन नपाउने प्रावधान रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]