२६ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

ट्रेडमार्क चोरलाई किन विभागले कारवाही गर्न सक्दैन ?

Logo
प्रकाशित बुधबार, चैत्र ०४, २०७७

विराटनगर,चैत्र ४
कुनै पनि कम्पनीले अरु कम्पनीसँग लोगो र डिजाइन मिल्नेगरी ट्रेडमार्क प्रयोगमा ल्याउनु गरैकानुनी काम हो । तर नेपालका विभिन्न कम्पनीहरुले एकअर्काको ट्रेडमार्क चोरी गरिरहँदा पनि सरकारको अनुगमन नीति फितलो भएको कारण उत्पादकहरूको ट्रेडमार्क कपिराइटको अधिकार सुनिश्चित नभएको देखीन्छ ।

ट्रेडमार्क प्रयोग बारे अनुगमन तथा नियमन गर्ने सरकारी निकाय उद्योग विभाग समेत उक्त विषयमा मौन भईदिदा अहिले जथाभावी ट्रेडमार्क चोरी गर्नेले प्रसय पाएका छन् । अनुगमन गर्ने विषय त टाढै भयो, उत्पादकले ट्रेडमार्क चोरी भएको उजुर गर्दा समेत उद्योग विभागले चोरी गर्ने उद्योगविरुद्ध कारवाही अगाडि बढाउन सकेको छैन् । विभागमा परेको उजुरको समयमै छिनोफानो नहुदा अहिले ट्रेडमार्क चोरी भएका उत्पादकहरु मार्कामा परिरहेका छन् ।

पछिल्लो समय ट्रेडमार्क चोरीको विवादमा ‘हेल्लो’ र ‘सेल्लो’ नाम गरेको दुई फरक सूर्यमुखी तेल कम्पनीहरूको बीचमा व्यापकरूपमा युद्ध चलिरहेको छ । बागमती आयल इन्डस्ट्रिजले २०५९ सालदेखि ‘सेल्लो’ ट्रेडमार्क उद्योग विभागमा दर्ता गराई सूर्यमुखी तेलको उत्पादन गर्दै आएको छ । अर्कोतर्फ ‘हेल्लो’ ब्राण्ड भने २०७१ सालमा मात्र उद्योग विभागमा रजिस्टर भएको पाईएको छ । यो ट्रेडमार्क चोरीको मुद्दा उद्योग विभागमा पुगेको करिब दुई वर्ष बढी भईसक्दा समेत सरकारी पक्षबाट खासै ध्यान नदिँदा अर्को उद्योगले करोडौँको नोक्सानी व्यहोर्नुपरेको छ ।

सोही प्रकारको विवाद “भोला” र “मौका” दुई फरक गुड्का उत्पादक विच समेत देखिएको छ । मौका गुड्काले भोला गुड्काको डिजाईन डिट्टो मिल्ने गरी चोरी गरेको आरोप छ । भोला गुड्का श्रीराम टोब्याको उद्योगाले बुटवलबाट उत्पादन गरीरहेको छ भने मौका गुट्का नारायणराज प्रडक्ट कम्पनीले झापाबाट उत्पादन गरीरहेको छ । भोला गुड्काले पनि आफ्नो ट्रडमार्क चोरी गर्ने उद्योगहरुको विरुद्ध मुद्दा दायार गर्ने तयारी गरिरहेको बुझिएको छ ।
यस बाहेकपनि नेपालमा स्वेदशीकै थुप्रै कम्पनीहरुले एकआर्काको ट्रेडमार्क चोरी गरीरहेको तर सरकारको अनुगमन निति फितलो भएको कारण उत्पादकहरुको ट्रर्डमार्क कपीराईटको अधिकार सुनिश्चित नभएको उद्योगीहरुको गुनासो छ ।

त्यस्तै प्रधानमन्त्री केपी ओलीका आर्थिक सल्लाहकार एवं विराटनगरका उद्योगी मोतीलाल दुगडले समेत भारतीय चर्चित भुजियाकोे हुबहु नक्कल गरेर उपभोक्ता झुक्याइ रहेका पाईएको छ । दुगडले भारतीय “विकाजी” भूजियासँग डिजाईन र लोगो मेल खाने गरी नेपालमा “सेन्चुरी” ब्राण्डको भूजिया उत्पादन तथा विक्रि वितरण गर्दै आएको छ । हेर्दा उस्तै देखिने भएकाले पनि धेरै पटक झुकिने गरेको उपभोक्ताहरुको गुनासो छ । शक्तिको आडमा भारतीय विकाजी भूजियाको नक्कल गरी दुगडले सेन्चुरी ब्राण्डका विभिन्न प्रकारका बुजियाहरु नेपाली बजारमा बेचबिखन गरिरहेका छन् ।

ट्रेडमार्क कानुन अनुसार कुनैपनि उत्पादनको नक्कल गर्न पाइदैन । उद्योग राज्यमन्त्रि बनिसकेका दुगडले उद्योग विभागमा भएको सहज पहुचका कारण उनी कानुनबाट सहजै उम्कीने गरेका छन् ।
पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन, २०४४ मा परिच्छेद २ को ६ मा पहिले नै अरु कसैको नाममा दर्ता भएको, दरखास्तवालाले दर्ता गराउन चाहेको पेटेण्ट आफैंले आविष्कार नगरेको र आविष्कार गर्ने व्यक्तिबाट हक पनि प्राप्त नगरेको रहेछ भने खारेज गर्न सकिने प्रावधान रहेको छ ।

त्यसैगरि परिच्छेद ३ को १२ (२) मा यस ऐन बमोजिम कुनै व्यक्तिको नाममा दर्ता भएको डिजाइन अरु कसैले नक्कल गर्न वा नामसारी नगराई वा अनुमति नलिई आफ्नो वा अरुको नामबाट प्रयोग गर्न गराउन नपाउने प्रावधान रहेको छ ।

अब, उपोभोक्ताले नै चोर कम्पनीहरुको उत्पादनलाई बहिस्कार गरी कपीराईटको अधिकारलाई सुनिश्चित गराउनु जरुरी देखिएको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,१२ बैशाख। अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बन्द हुने भएको छ । इलोन मस्कको नेतृत्वमा रहेको नयाँ स्थापित सरकारी दक्षता विभागले संघीय खर्च कटौती गर्ने व्यापक प्रयासका स्वरुप एमसीसी केही महिनाभित्र बन्द गर्ने निर्णय गरेको हो । एमसीसीका कर्मचारीहरूलाई मे ५ देखि नै ‘अनपेड लिभ’ मा राखिने सम्भावना छ । कर्मचारी […]

झापा,११ वैशाख  । व्यवसायलाई थप चलायमान बनाउन झापा र सुनसरीका व्यवसायीहरुले व्यवसाय प्रवद्र्धनका लागि असल अभ्यास साटासाट गर्ने भएका छन् । बिर्तामोडका व्यवसायी र सुनसरीको धरानका व्यवसायीबीच व्यवसाय  प्रवर्धनकालागि असल अभ्यास साटासाट गर्ने भएका हुन् । कोभिडपछि सुस्ताएको व्यवसायलाई  चलायमान बनाउँदै महिलाहरुलाई आर्थिक उर्पाजनमा समेत थप टेवा पु¥याउने उद्धेश्यले उत्पादनदेखि बजारीकरणसम्मका लागि झापा र सुनसरीका […]

विराटनगर, वैशाख १० । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको उपभोक्ता संरक्षण विभागले स्वदेशी तथा आयातित सबै वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) लेबल अनिवार्य गर्ने निर्देशन जारी गरेपछि उद्योगी तथा व्यापारीहरू कारबाहीमा पर्न थालेका छन्। २० चैत २०८१ यता  विभागले गरेका अनुगमन र कारबाहीबाट उद्योगी–व्यवसायी एमआरपी लेबल राख्न बाध्य भएका छन् । विभागले गएको चैत […]